"चेपाङ जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ३:
[[File:Chepang Man.jpg |thumb|right|200px|
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो। २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसंख्या ६८,३९९ रहेको छ । यिनीहरू मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका बसेका पाइन्छन्। चेपाङहरूको जीवन वनजङ्गल र जमिनसँग अति नजिकसँग जोडिएको छ । त्यसैले उनीहरूको
बसोबास वनजङ्गल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर रहेको पाइन्छ । घरहरू सामान्यतया एकतले ढुङ्गा र माटोले बनेको र खरले छाएको पाइन्छ । कतिपय चेपाङहरूको घर भने काठ तथा
चेपाङहरूको पहिचान आफ्नो संस्कार, भेषभूषा, भाषा, संस्कृति एवम् परम्परागत सीपको आधारमा बनेको छ
परापूर्व कालदेखि आफ्ना दैनिक व्यावहारिक चलनमा आफ्नै भाषा (लैको) भाषा प्रयोग गरिन्थ्यो। चेपाङको आफ्नै भाषा भए पनि लिपि भने भने पाइएको छैन ।
चेपाङहरूको परम्परागत धर्म प्राकृतिक धर्म हो। जस अनुरूप चेपाङहरूले सिमेभुमे देखि रूखलाई सम्म पूजा गर्छन्। खेतीबाली लगाउनुभन्दा अगावै भुइँ झ्यासा (भूमि पूजा) गर्ने गरिन्छ । यो पूजा प्रायः माघ र फागुनमा गर्ने गरिन्छ । बाली पाकिसकेपछि सबैभन्दा पहिले नजिकको थानी भूमिलाई चढाइसकेपछि मात्र मकै खान्छन् भने निबुवा, बिमिरो, पिडाँलु, घैंया धान आदि चाहिँ छोनाम गरी पितृलाई नबुझाइकन खाँदैनन्। भदौमा पूजा गरिने छोनाम ‘न्वागी’ चेपाङहरूको सबैभन्दा ठूलो धार्मिक पूजा हो। कतिपय चेपाङले पछिल्लो समयमा क्रिश्चियन धर्म पनि अँगालेका छन। चेपाङहरू लोकसंस्कृतिमा धनी छन्। सङ्गीत र गीतको हिसाबले यिनमा थुप्रै विषयको लोकगीत र सङ्गीतको भण्डार छ । उनीहरू विवाह, चाडपर्व, सामाजिक जमघटमा विभिन्न भाकाका गीतहरू गाउँछन्। चेपाङहरू लोककथा, काव्य, उखान आदि जस्ता परम्परागत साहित्यमा पनि धनी छन्।
प्राकृतिक सौन्दर्यता, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ।
|