"पाल (थर)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
''' पाल '''[[नेपाल]] तथा [[भारत]]को विभिन्न स्थानहरूमा बसोवास गर्ने [[ठकुरी]] थर हो । पालन गर्ने संरक्षण गर्ने भएका कारण पाल थर भएको मान्यता छ । नेपालको इतिहासमा[[कत्युरी राजवंश]]का पाल राजाको इतिहास स्वर्ण अक्षरले लेखिएको छ । मध्यकालीन इतिहास अनुसार [[कुमाउँ]]-[[गढवाल]] र डोटी क्षेत्रमा[[कत्युरी राजवंश]]का पाल राजाहरूको राज्य थियो । यी पाल राजाका वंशज [[दार्चुला जिल्ला|दार्चुला]] जिल्लाको लेकम गर्खा(उकूं, देथला र निस्ल) , कुमाऊको अस्कोट र [[डोटी बोगटान]] क्षेत्रमा फैलिएर रहेका छन् । कुमाऊको गडवालमा पनि पाल वंशजको राज्य रहेको थियो । गडवालका पाल राजाका वंशज बर्तमानमा शाह थर लेख्छन । वर्तमान नेपालमा पर्ने दार्चुलाको उकुं दरवार , [[डडेल्धुरा जिल्ला|डडेल्धुरा]] जिल्लाको अजयमेरु दरवार ,[[डोटी राज्य|डोटी]]को निरोलिको दरवार यिनै पाल राजा द्वारा बनाउन लगाईएको थियो । ठकुरी पालहरूको इतिहास बैदिक आर्य राजपुतसंग जोडिएको छ । अयोध्याका राजा [[राम]]सँग जोडिएको छ । [[शौनक गोत्र|शौनक]] गोत्रीय , सुर्यवंशी रघुकुल तथा
== कत्युरी वंशजका रजवारको इतिहास ==
कत्युरी पाल राजाका वंशज अस्कोटी र बोगटानी को इतिहास सम्बन्धमा के मान्यता छ भने कार्तिकेयपुर राजधानीको बिघटन पश्चात [[कत्युरी राजवंश]] को प्रमुख शाखा मध्ये एक शाखा शाखा आठ वटा कोट को राज्य समाली बसेको कारण अस्कोटी भनियो । अर्को शाखा बाह्र(१२) वटा कोट को राज्य समाली बसेको कारण बोगटानी भनियो भन्ने गरिएको पनि भेटिन्छ । अस्कोटी [[रजवार]] ,बोगटानी [[रजवार]] र दार्चुलाको लेकम गर्खा का पाल [[रजवार]] का पूर्वज एकै हुन् । एकै वंशजकाहरु मध्ये अस्कोट र दार्चुलाका वंशज पाल थर लेख्छन भने डोटी बोगटान का वंशज बम (थर) लेख्छन । यिनको वर्तमान को बास स्थान फरक -फरक भए पनि यिनका गोत्र, वंश, इतिहास, मान्यता र देवता एकै गण (आल ) का छन् । यिनलाई [[रजवार]] भन्ने गरिन्छ ।<ref name=" लाल बहादुर बम ठकुरी "> , कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०), विभिन्न व्यक्ति हरुसंगको भेटघाट, सोधपुछ, जानकारी संकलन |</ref>
|