"निर्मला पन्त बलात्कार र हत्या" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''निर्मला पन्त बलात्कार र हत्याकाण्ड''' नेपालमा भएको एक हत्याकाण्ड हो। यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरी निर्मला पन्त बलात्कार पछि मारिएकी थिइन्। वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो।
स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरे। प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागी थप एक युवकको मृत्यु भयो। त्यसपछि बनेको छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ। <ref>http://ujyaaloonline.com/story/7341 </ref>
 
[[श्रेणी:नेपालका हत्याकाण्डहरू]]