"शक" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
[[चित्र:MenWithDragons.jpg|thumb|230px|स्काइथियनहरूको स्वर्ण अवशेष]]
[[चित्र:PazyrikHorseman.JPG|thumb|230px|घोडामा सवार ३०० ईसापूर्वमा [[मध्य एसिया]]को पजाइरिक क्षेत्रका एक शक (स्काइथियन)]]
'''शक''' (पुरानो फारसी: Saka, संस्कृत: शक, युनानी(ग्रीक): Σάκαι; ल्याटिन: ''Sacae'', चिनियाँ: 塞, पुरानो Sək, नयाँ Sai) भन्नाले [[फारसी भाषा]] र [[संस्कृत भाषा]]मा स्काइथियन (स्किथियन)लाई बुझाउँछ जो [[:en::Eurasian Steppes|युरासियन स्टेप्समा]] बसोबास गर्ने पूर्वी ईरानी (फारसी) लडाकू जातिय समुह थियो।<ref> [https://books.google.com.np/books?id=pCiNqFj3MQsC&redir_esc=y Barbara A. West (2009) The Encyclopedia of the peoples of Asia and Oceania; Infobase Publishing pp 713-717]</ref> आधुनिक लेखकहरू शकको प्रयोग पूर्वी स्टेप्समा र [[तारिम बेसी]]मा बस्ने ईरानी(फारसी)हरूलाई गर्दछन् ।<ref> Christopher Beckwith (2011) Empires of the Silk Road; Princeton University Press; p=68</ref> शकको सही नश्ल (Race)को पहिचान गर्न कठिन छ किनकि प्राचीन भारतीय, ईरानी, युनानी (ग्रीक) र चिनियाँ स्रोतले अलग-अलग विवरण दिने गर्छ। इतिहासकार मान्दछन् कि 'सबै शक स्काइथियन थिए, तर सबै स्काइथियन शक थिएनन्', अर्थात् 'शक' स्काइथियन समुदायको एक जाति थियो। शक एक प्राचीन [[ईरानी भाषा परिवार]]को भाषा बोल्दथे र यिनका अन्य स्काइथियन-[[सरमतीय]] जातिसँग सम्बन्ध थियो।
 
रेने ग्रुसेटका अनुसार शकहरू स्काइथो-सरमतीय परिवारका शाखा थिए जो युरेसिया फाँटको दक्षिणपश्चिम इलाकाका ईरानी गणबाट उत्पत्ति भएका थिए ।<ref> Rene Grusset (1970) The Empire of Steppes; Rutgers University pp 29-31</ref> यिनीहरू [[मध्य एसिया]]को सोग्दिया र ब्याक्ट्रियामा बसाइँ सरे । त्यसपश्चात शकहरू दक्षिणपश्चिम [[भारतीय उपमहाद्वीप]]मा आएर शासन गर्न थाले जसलाई ''इन्डो स्कैथियन्स् साम्राज्य'' भनियो । इन्डो स्कैथियन्सहरूको क्षेत्र [[पञ्जाब]], [[हरियाणा]], [[राजस्थान]], [[गुजरात]], [[सिन्ध]], [[खाइबर पख्तूनख्वा]] र [[अफ्गानीस्थान]] पर्दछ जहाँ [[शक सम्बत]]को थालनी भयो । त्यस्तै अर्को समुह दक्षिणपश्चिम [[चीन]]को [[तारिम बेसी]] र [[ताक्ला मकान मरुभूमि]]मा आए जहाँ उनीहरू [[काश्गर]] र [[खोतान राज्य]]मा आइ बसेका थिए जो चिनियाँ शासक हान र टाङ्ग वंशको ठेक्काराज्य थियो। यस क्षेत्रमा ककेसियनहरूको खप्पर अझैँ पाइन्छ र यो चीनको एकमात्र गैरमंगोलियाई ककेसियन बहुसङ्ख्यक भएको क्षेत्र हो ।
 
==शक र नेपाली==
"https://ne.wikipedia.org/wiki/शक" बाट अनुप्रेषित