"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
{{Wikify|date=जुन २०११}}
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते [[जंगबहादुर राणा]]ले भण्डारखालको भोजमा बस्नेत र भण्डारी भारदार परिवारको वंशहत्या मच्चाएका थिए । [[कोत पर्व]] पश्चात प्रधानमन्त्री जंगबहादुरद्वारा कान्छी रानी राज्यलक्ष्मीको पुत्र रणेन्द्रलाई राज्यारोहण गराउने आदेशको अवज्ञा गर्दा उनी रानीको आँखी भए । [[गगन सिंह भण्डारी]]का २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । त्यसपछि कान्छी रानीले बस्नेत परिवारका अग्रज [[वीरध्वज बस्न्यात]]लाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् ।<ref>''जंगबहादुर'' लेखक:श्रीकृष्ण श्रेष्ठ</ref> राजा [[राजेन्द्र विक्रम शाह]]की रानी राज्यलक्ष्मीले [[जंगबहादुर राणा|जङ्गबहादुर]]लाई भण्डारखालको भोजमा विष खुवाई हत्या गर्ने उद्देश्यले निमन्त्रणा पठाइन् । पण्डित विजयराज पाण्डे र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले [[वीरध्वज बस्नेतबस्न्यात]], [[वजीर सिंह भण्डारी]] र बद्री सिंह भण्डारी लगायतका १५ भन्दा बढीको हत्या गरे । यस हत्यामा बस्नेत भारदार परिवार कमजोर हुन पुगे । रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् । युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा भारदार परिवार]] र [[पाण्डे भारदार परिवार]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार बस्नेतलाई[[बस्नेत परिवार]]लाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref>https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>
 
{{stub}}