"उदयदेव मन्दिर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५:
आजभन्दा लगभग ५ हजार वर्ष पहिले भारतको ऐतिहासिक सिन्धु सभ्यतामा ‘चन्द्र’ वंशीय राजाहरुको राज्य थियो । प्राचीन कालका ययाती, सन्तनु, कुरु, र भगवान श्री कृष्ण समेत ‘चन्द्र’ वंशका पुर्वजहरु मानिन्छन् । कालान्तरमा ‘चन्द्र’ शब्द अप्रभंस भएर ‘चन्द’ मा परिणत भयो । यसरी चन्द राजाहरु हाल पाकिस्तानको सिन्धप्रान्तबाट भारतको हिमाञ्चलप्रदेश हुँदै उत्तराञ्चलमा पर्ने देवप्रयाग (दुबानगर) र कत्युरी हुँदै ‘स्वर’ भन्ने ठाउँमा पुगे र त्यहाँ आफ्नो राज्य स्थापित गरे । त्यसै ‘स्वर’ भन्ने ठाउँमा तात्कालिन मुस्लीम शासकहरुको जवर्जस्ती धर्मान्तरणकृत्य सहनगर्न नसकेर महाकाली पारगर्दै नेपालको वैतडीमा प्रवेश गरेका हुनाले बैतडीको पाटनलाइ ‘स्वराड’ भन्ने गरिएको हो । भारतको दुबानगरबाट चन्दराजा संगै यस ठाउँमा आएर बसोवास गर्नेहरुमा राईसम बिष्ट, तोयमेलोनायक, जर्गालभाट, जसुभणारी, बाममहतो, कुसमुसेऔजी भट्टरीभाण,अनिचाड, अनिकठायत ,कालुधनाडी, र ब्रह्मा भाट थिए । अहिले ति सबै जातीहरु पाटन क्षेत्रका आदिवासी मानिन्छन् । चन्दहरुको राज्यविस्तार सँगै कालान्तरमा डोटी राज्यमा कीर्तिचन्द, जुम्लामा भागरथी चन्द, आछाममा छत्र चन्द, बझाङ्गमा रतनमणि चन्द, बर्दियामा छत्रविक्रम चन्द र कञ्चनपुरमा कञ्चनदेव चन्दले राज्य गरेको इतिहास पाइन्छ ।
==ब्रह्म उदयदेवको परिचय :==
<ref>स्थानिय भनाइ </ref>
आजभन्दा ४७३ वर्ष अगाडि अर्थात् सम्वत् १६०० तिर वैतडी जिल्लाको ‘स्वराड’ राज्यमा उदयदेव चन्दको जन्म भएको थियो । त्यतिबेला सुदूरपश्चिम नेपालका ‘स्वराड’ लगायत अधिकांश राज्यहरु जुम्ला राज्यका अधिनमा पर्दथे । पहिलेका चन्दराजाहरु महाकाली भगवतीलाई ईष्टदेवी र सिद्घनाथलाइ कुलदेवता मान्ने गर्दथे ।चन्द वंशावली अनुसार राजा विनयदेव चन्दका उदयदेव, रानादेव, भानादेव, र जगतदेव गरी चार छोराहरु थिए । यी चार भाइ मध्ये जेठा उदयदेव ‘काली माता’ का अनन्य भक्त थिए । उनी बढी जसो माता काली र शिवको ध्यानमा लिन भइरहने गर्दथे । उनको ईच्छा र अभिरुची राज्य सञ्चालन तर्फ नभै ‘काली उपासना’ र सिद्घि प्राप्त गर्ने तर्फ बढि ध्यान केन्द्रित भएकोले गर्दा उनको राज्य साँघुरो र राज्यकाल छोटो हुन गएको थियो भन्ने किंवदन्ती छ । दुर्गा र कालीका उपासक उदयदेवले कैयौं प्रकारका दुर्लभ सिद्घिहरु समेत प्राप्त गरेका थिए भन्ने किंवदन्ती छ । एकदिन उनी पाटन नजिकै रहेको सुर्नया नदीको किनारमा पर्ने ‘तिप्तरे सिद्घ’को गुफामा ध्यान गर्न गए । त्यस पछि उनी दरबारमा फर्किएनन्। त्यहीं बाटै अलप भए । उनको खोजी गर्दै जाँदा उनी कतै नभेट्टीए पछि आकासवाणी भयो “मेरोे अस्तित्व शिवशक्तिमा विलय भएको छ । महाकाली र सिद्घनाथको परिसर भित्रै पश्चिम पट्टी एउटा शिला छ त्यस शिलालाइ उत्खनन गरी स्थापना गर्नु र त्यसैलाइ मेरो स्वरुप मानी पूजागर्नु ”। त्यसपछि आकासवाणीबाट ईङ्गीत गरिएको ठाउँमा उत्खनन् गर्दा सो शिला पनि भेट्टियो । उक्त शिलालाइ त्यहीं नजिकैको स्थानमा स्थापना गरी सम्वत् १६६२ देखि नियमित पूजा–आजा चलाइएको इतिहास छ । जो हालसम्म निरन्तर रहिआएको छ ।
स्थानीय भाषामा गाइने यस मागल गीतले यो कथानकलाइ थप प्रष्ट पारेको छ :