"लोसार" का संशोधनहरू बिचको अन्तर

→‎सोनाम लोसार: सामान्य सुधार
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ४८:
* तमु लोसार
* सोनाम लोसार
* ग्याल्बो लोसार
प्रशंग लाेसारकाे।
 
"लोसार" नयाँ वर्ष वा नयाँ साल (जसको अर्थ 'लो' भन्नाले वर्ष वा साल र 'सार' भन्नाले नयाँ भन्ने हुन्छ।) नेपालका विभिन्न जातजाती, बौद्ध धर्म अनुयायी र खासगरी मंगोल मूलका केही प्रजातिहरूले धुमधामका साथ मनाउने एउटा चाड हो, जसमा हामी शेर्पा पनि पार्न आउछ, यो हाम्रो पनि चाड हो, परम्परा हो र यसलाई मनाउनु वा संरक्षण गर्नु हाम्रो पनि कर्तव्य हो।
 
लोसारको इतिहास हेर्ने हो भने यो इस्वी संवत् भन्दा एक सया सत्ताइसौं वर्ष पहिले भोटको राजा पु दे खुङग्यल् को पालोबाट शुरु भाएको पाइन्छ। आजा सम्म २१४३ औं लोसार मनाई सकेर, आब हामी २१४४ औं 'चरा वर्ष' को लोसार मनाउन गईरहेको छौ।
 
बौद्ध धर्म अनुयायी वा लोसार मनाउने समुदायले यस्ता 'लो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन्। जस्तो : मुसा वर्ष, गाई वर्ष, बाघ वर्ष, बिरालो वर्ष, गरुड वर्ष, सर्प वर्ष, घोडा वर्ष, भेडा वर्ष, बाँदर वर्ष, चरा वर्ष, कुकुर वर्ष, सुँगुर बर्ष। बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ।
 
यसरी प्रतेक वर्षको अन्तिममा वा जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि लोसार (नयाँ बर्ष) आउनुभन्दा केहिदिन पहिले देखिनै गोन्पाहरुमा लामाहरू आमन्त्रणगरी भव्य पूजा गरिनुका सथै, घर घरमा पनि आउन लागेको लोसार (नयाँ बर्ष) को स्वागतको लागि आआफ्नै चाहन र हैसियत अनुसारको जमर्को गर्ने गरिन्छ। जस अन्तर्गत 'ञिश्युगु' अर्थात कृष्णपक्षीय चतुर्दशीको दिन अथवा जान लागेको पुरानो बर्षको विदाई कार्यक्रममा ‘गुथुग्’ (नौ किसिमका विभिन्न चीज वा गेडागुडीहरू जस्तो : मासु, चिज, मुला, जंगली गुलियो आलु, (जडीबुडी) हरियो साग, गहु, जौं, नुन आदि हालेर पकाइएको खोले) पकाई घरको जहान परिवार सबै एकै ठाउँमा जम्मा भई रमाइलो गरी गुथुग् खान्छन् र त्यसपछि विशेष गरी घरहरू सजाइन्छ।
 
लोसारको पहिलो दिन (जुन दिनलाई लामा लोसार पनि भन्ने गरिन्छ) विहान उज्यालो हुनु पुर्व नै पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन। बिहान चाडैं आफ्नै मौलिक भेषभूषामा सजिएर विभिन्न चिजविज हालेर बनाएको पीठोको परिकार (क्षेमर) र अमृत खाने गर्छन्। आफ्नो समूहका ठूलाबडा र गोन्पा तथा बौद्ध (चैत्य) को दर्शन गरी शुभ आशिर्वाद लिन्छन्।
 
लोसार को दोस्रो दिन (जुन दिनलाई ग्याल्पो लोसार पनि भन्ने गरिन्छ) आफ्नै मौलिक भेषभूषामा सजिएर विशेष गरी आफ्नै घरमा आफन्तजन भित्र मिठो खानेकुराको सथै मनोरञ्जन लिने गर्छन।
 
लोसार को तेस्रो दिन (जुन दिनलाई तेन्सुङ् लोसार पनि भन्ने गरिन्छ) घरको माथि, घरको आँगन र डाँडा पाखाहरुमा ध्वजाहरू फरफराउँछन्। साङसेरक्येम (कुलदेवता बुझाउन) लगाउँछन्। आफ्नै मौलिक भेषभूषामा सजिएर गोन्पा वा सार्वजनिक स्थलमा भेलाभई एक आपसमा टासीदेलेग आदानप्रदान गर्दै मिठो खानेकुराहरू आदान–प्रदान गरी लोसार मनाउने वा मनोरञ्जन लिने गर्छन।
 
यसरी शेर्पा समाजमा व्यक्तिगत र सामाजिक रूपमा ठूलो हर्षोल्लासकासाथ तीन देखि पन्ध्र दिनसम्म लोसार मान्ने परम्परा छ।
लोसार होस य अरु कुनै चाडपर्व, धार्मिक कामकाज, परम्परा, रितिरिवाज जुनैको पनि आफ्नै बिशेषता छ, र यो सबैले आआफ्नै चाहन र हैसियत अनुशारको गर्न वा मनाउन सकिन्छ।
 
तर बिडम्पन भन्नुपर्ला हिजोआजा हाम्रो समाजमा कसैले चाडपर्वको आफ्नै बिशेषता जे छ त्यहि अनुसार नभएर आफ्नो हैसियत वा व्यक्तिगत नाम र दम अनुसारको पर्व मनाउन खोज्दा, र अरुले पनि जत्ति सक्दो त्यसको नक्कल गर्न खोज्दा कता कता पछिल्लो पिढीहरुलाई नराम्रो सन्देश पाे गइरहेको छकि जस्तो पनि देखिन्छ। यसको एउटा जिउदो प्रमाण यो छ कि बौद्ध धर्म अनुयायीहरु र अरु पनि धेरैले भनिरहेको छ्न कि बौद्ध धर्मको कामकाज र चाडपर्वहरु महँगो छ भनेर, तर वास्तबमा त्यो गलत छ, तेस्तो बिल्कुलै छैन। यो सबैले आआफ्नै चाहन र हैसियत अनुशारको गर्न वा मनाउन सकिन्छ।
 
==तमू लोसार==
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित