"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
'''सुगौली सन्धि''' नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा [[ब्रिटिश इस्ट इन्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू [[गजराज मिश्र]] र [[चन्द्र शेखर उपाध्याय]] तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।
 
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रांसकाफ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत [[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग [[कुमाउँ]](वर्तमान उत्तराखण्ड), [[गढवाल]](वर्तमान उत्तराखण्ड), [[सतलज नदी]]को पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।
 
तराई क्षेत्रका केही भागहरू सन् १८१६मा१८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७को१८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका [[बाँके जिल्ला|बाँके]], [[बर्दिया जिल्ला|बर्दिया]], [[कैलाली जिल्ला|कैलाली]] र [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]]) सन् १८६५मा१८६५ मा नेपाललाई फर्काइयो जसलाई [[नयाँमुलुक]] भनिन्छ।
 
नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि [[एडवार्ड गार्डनर]] नैं प्रथम पश्चिमी प्रतिनिधि भए। उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई [[लाजिम्पाट]] भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्। सुगौली सन्धिलाई सँच्याउने अर्को [[सदाको निम्ति शान्ति एवं मैत्री सन्धि]] डिसेम्बर १९२३मा१९२३ मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो। भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो।
 
== सुगौली सन्धिअघि ==
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित