"धनञ्जय गोत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८६:
४. भगवान् विष्णुका अवतारहरू
 
विराटपुरूष पूर्णपरमात्माले मानवलाई सत्कर्मप्रति उत्प्रेरित गराउन विभिन्‍‍न युगमा भिन्‍न- भिन्‍नरूपमा यस पृथ्वीमा अवतार लिनुभएको प्रसङ्ग पुराणहरूमा पाइन्छ । सबै अवतारहरू विराटपुरूषका फरक-फरक रूप हुन् । वराहपुराणमा भगवान् विष्णुका चौबीस अवतारको वर्णन गरिएको छ । यीमध्ये मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि अवतारलाई मुख्य दश अवतार मानिन्छ । भगवान् विष्णुले सत्ययुगमा मत्स्य, कुर्म, वराह र नृसिंहअवतार लिनुभएको थियो । यसैगरी, त्रेतायुगमा वामन,परशुराम र राम अवतार तथा द्वापर युगको अन्त्यतिर कृष्ण अवतार र कलियुगमा भगवान् विष्णुले दशौं अवतारकारूपमा बुद्धअवतार लिनुभएको चर्चा वराह पुराणमा गरिएको छ । श्रीमद्भागवद्गीतामा भगवान् श्रीकृष्णले जब जब धर्मको पतन र अधर्मको उन्‍नति हुन थाल्छ तब म धर्मको पुनस्थापनाका लागि हरेक युगमा प्रकट भई दुष्टको विनाश र भक्तको उद्धार गर्छु भनी बताउनु भएको छ-
यदा यदा हि धर्मस्य ग्लनिर्भवति भारत।भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।
परित्राणाय साधुनां विनासाय दुष्कृताम् धर्मसंस्थापनार्थाय सम्भवामि युगेयुगे ।।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।
परित्राणाय साधुनां विनासाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगेयुगे ।।
पूर्वीय दर्शनअनुसार भगवान् विष्णुका सबै अवतार धर्मको रक्षा र लोककल्याणकारी उद्देश्यले भएको पाइन्छ । सृष्टिको प्रारम्भमा जब वेदलाई राक्षसगणले अपहरण गरी समुद्रमा लगेर लुकाएका थिए तब भगवान् विष्णुले मत्स्य अवतार लिई वेदको रक्षा गर्नुभएको थियो । वेद भगवान‍्बाट उत्पत्ति भएको प्राचीन,प्राकृत ज्ञान भण्डार हो।वेदलाई श्रुतिज्ञान पनि भनिन्छ । भगवान् मनुले वेदलाई ‘सर्वज्ञानमयो हि स: अर्थात् सबै प्रकारको ज्ञानलेयुक्त विद्या भनी बताउनुभएको छ । वेद,पुराण र महाभारतलाई सर्वप्रथम संस्कृत भाषामा लिपिबद्ध गर्ने काम पराशर ऋषि र सत्यावती (मत्स्यगन्धा) बाट हस्तिनापुरको यमुना नदीको तटमा ईसापूर्व ३००० मा जन्मनुभएका वेदव्याशले गर्नुभएको थियो ।
भगवान् विष्णुले, देवता र दानव मिली समुद्र मन्थन गर्दा कछुवाकोअवतार लिई मदानी बनाईएको बिन्दाचल पर्वतलाई आफ्नो शरीरमा धारण गरी देवगणलाई अमृतपान गराउनु भएको थियो । यसैगरी, हिरणाक्ष नामक राक्षसबाट रसातलमा लुकाइएकी पृथ्वीलाई उद्धारगर्न विष्णु भगवान‍्ले वराहअवतार लिनुभएको थियो । हिरण्यकश्यपबाट भक्त प्रह्लादको रक्षा गर्न भगवान‍्ले नृसिंहअवतार लिनुभएको वर्णन पुराणहरूमा पाइन्छ । यसैगरी, भगवान् विष्णुले वलि राजा र रावणको घमण्ड नष्ट गर्न क्रमशः वामन तथा रामअवतार लिनुभएको थियो भने असुरहरूबाट ब्राह्मण र देवगणको रक्षा गर्न परशुरामअवतार लिनुभएको थियो । द्वापरयुगमा धर्मको रक्षा गरी कर्मयोग, ज्ञानयोग र भक्तियोगको शिक्षा दिन भगवान् विष्णुले कृष्णअवतार लिनुभयो । भगवान् श्रीकृष्णले श्रीमद्भागवतगीतामा दिनुभएको उपदेश सम्पूर्ण मानवका लागि कल्याणकारी छ । श्रीमद्भागवद्गीता पाठ गर्दैमा कुनै फल प्राप्त हुँदैन तर जसले गीताको शिक्षा वा उपदेशलाई आफ्नो आचरण वा व्यवहारमा उतार्छ त्यो पुण्यकर्मको भागी बन्दछ । यस्तै, हत्या, हिंसाको मार्ग परित्याग गरी अहिंसाको मार्ग अपनाउन तथा चार आर्य सत्यको ज्ञानद्वारा तत्वज्ञान प्रदान गर्न भगवान् विष्णुले बुद्धअवातार लिनुभएको थियो ।
Line ११९ ⟶ ११७:
ब्रह्माजीद्वारा उत्पन्‍न भगवान् रूद्रको अर्धनारीश्वर शरीरको पुरूष स्वरूपबाट मन्य, मनु, महिनस, मआन, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव र धृतव्रत नामक रूद्रहरू तथा नारी स्वरूपबाट धी, वृत्ति, उशना, उमा, नियुत्, सर्पि, ईला, अम्बिका, ईरावती, सूधा र दीक्षा नामक रूद्रिणी उत्पन्‍न भए जसलाई हिन्दू धर्मावलम्वीहरू एघार रूद्रीकारूपमा पूज्‍‍‍ाा गर्दछन् । त्यसपछि ब्रह्माजीले सृष्टि सञ्चालन गर्न आफ्नो मनबाट मरीचि, आँखाबाट अत्रि, मुखबाट अंगिरा,कानबाट पुलत्स्य,नाभिबाट पुलह,हातबाट क्रतु, छालाबाट भृगु, प्राणबाट वसिष्ठ,औंलाबाट दक्ष प्रजापति, छायाँबाट कन्दर्भ, कोखबाट नारद आदि दशपुत्र उत्पन्‍न गर्नुभयो । सृष्टि बिस्तारका लागि शक्तिशाली ऋषिमुनि, रूद्रादि देवताहरू उत्पन्‍न गर्दा पनि अपेक्षाकृतरूपमा सृष्टि बिस्तार हुन सकेन ।
यसपछि ब्रह्माजीले पुनः सङ्कल्प गरी मैथुनि क्रियाबाट सृष्टि बिस्तार गर्न आफ्नो शरीरबाट एकपुरूष र एक कन्या उत्पन्‍न गर्नुभयो जसको नाम स्वयम्भुव मनु र शतरूपा राखियो । ब्रह्माजीले आफूले उत्पन्‍न गरेका सबै देवगण तथा देवी र वनस्पति जगत‍्लाई वंश बिस्तारको लागि विशेष रजगुण प्रदान गरी आफ्नो वंश बिस्तार गर्न आदेश दिनुभयो । ऐतरेय उपनिषदमा सबै प्राणीको उत्पत्ति उद्विज्ज, स्वेदज,अण्डज र जरायुजकारूपमा हुन्छ भनी बताइएको छ । ब्रह्माजीको प्रारम्भिक सृष्टि पश्चात् रजवीर्यको अन्तरक्रिया वा समिश्रणबाट सालनालसहित, अण्डा, पसिना वा बीजको माध्यमबाट मानव,पशुपन्‍क्षी तथा वनस्पतिको उत्पत्ति र विकास हुन थाल्यो । यी सबैका परमात्माको अ‌ंश रहेको हुन्‍छ । सबै आत्मालाई ब्रह्माजीले आहार, निद्रा, भय र मैथुन जस्ता गुणहरू समानरूपमा प्रदान गर्नु भएको छ । केवल ज्ञान नै मानव र पशुबीचको अन्तर हो । यसैकारण मनुस्मृतिमा भनिएको छ -
आहार-निद्रा-भय-मैथुनं समानमेतत्पशुभिर्नराणाम् धर्मो हि तेषामधिको विशेषो धर्मेण हीनाः पशुभिः समानाः ॥
आहार-निद्रा-भय-मैथुनं च समानमेतत्पशुभिर्नराणाम् ।
धर्मो हि तेषामधिको विशेषो धर्मेण हीनाः पशुभिः समानाः ॥
 
 
९. मनुका सन्ततिद्वारा सन्तानोत्पत्ति र सृष्टि बिस्तार
Line १९९ ⟶ १९५:
हाम्रा अग्रज ऋषिमुनिले हजारौं वर्षको अभ्यासद्वारा मानवलाई असल जीवन जिउँने कला Art of Good Living सिकाएका छन् जसलाई हामी हिन्दू धर्म भन्दछौं । संक्षेपमा धर्म भनेको असल जीवन जिउँने कला हो । ऋषिमुनिले असल कार्यलाई धर्म र खराब कार्यलाई पापको संज्ञा दिई मानवलाई असल कार्य गर्न प्रेरित गरेका छन् । अरूको भलो गर्नु नै धर्म हो । अरूलाई कुनै प्रकारको हानी नोक्सानी वा चोट पुर्‍याउनु पापकर्म हो । कर्मको फल यसै जीवनमा पाइन्छ, अर्को मानव जीवन छैन । मानवलेजस्तो कर्म गर्दछ त्यस्तै फल पाउछ । असल कार्य गरे सम्मान पाउछ, खराब कार्य गरे सजायको भागिदार
बन्दछ । तसर्थ आफूलाई जुन काम, कुरा, व्यवहार वा आचरण राम्रो लाग्दैन त्यस्तो काम, कुरा,आचरण वा व्यवहार अरूप्रति गर्नु हुँदैन । धर्म र पाप व्यक्तिको काम, आचरण र व्यवहारबाट प्रदर्शित भएको हुन्छ । धर्मले मानवलाई आदर्शवादी, नैतिक र चरित्रवान बनाउन सहयोग गर्दछ ।हिन्दू धर्मले विश्वलाई वसुधैव कुटुम्वकम‍्को धारणा अनुरूप एक परिवार मान्दै सबैको कल्याणको कामना गर्दछ । ऋग्वेदको आ नो भद्रा: क्रतवो यन्तु विश्वत: भन्‍ने ऋचाले हामीमा चारैतर्फबाट कल्याणकारी विचार आउन् Let noble thoughts come to us from every side भन्‍ने कामना गर्दछ । त्यस्तै, वैदिक ग्रन्थले सबै प्राणी सुखी र निरोगी होउँन्,कसैलाई कुनै प्रकारको दु:ख, कष्ट नहोस्, पृथ्वी, वन, उपवन, वनस्पति, अौषधि, जल, आकाश, अन्तरिक्ष, विश्वेदेव, ब्रह्मा आदिले हामीलाई शान्ति प्रदान गरून् भन्‍ने मङ्गलभावको कामना गर्दछ ।
सर्वेभवन्तु सुखिन: सर्वे सन्तु निरामया:। सर्वेभद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग भवेत् ।
ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:पृथिवी शान्तिराप: शान्तिरोषधय: शान्तिः।वनस्पतये: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:सर्वँ शान्ति: शान्तिरेव शान्ति: सा मा शान्तिरेधि॥ ॐ शान्ति: शान्ति: शान्तिः॥
 
Line २१८ ⟶ २१५:
 
१८.४ हिन्दू धर्मको सारतत्व
'सत्यं वद। धर्मं चर । स्वाध्यायान्मा प्रमद: । मातृ देवो भव। पितृ देवो भव। आचार्य देवो भव। अतिथि देवों भव।'
मातृ देवो भव। पितृ देवो भव। आचार्य देवो भव। अतिथि देवों भव।'
तैत्तिरीयोपनिषद् शिक्षावल्लीको उक्त ऋचाले मानवलाई सत्य बोल्नु, धार्मिक सदाचारमा बस्‍‍नु, स्वअध्ययनमा अल्छि नगर्नु, माता, पिता, गुरू र अतिथिलाई देवता समान मानी सेवा गर्नु नै धर्म हो भनी बताएको छ । पूर्वीय दर्शनले धर्मलाई व्यवहारिक रूपमा प्रयोग गर्न नैतिक शिक्षा प्रदान गरेको छ - तीर्खा लागेको व्यक्तिलाई प्यास मेटाउन पानी दिनु, भोकाएको व्यक्तिलाई प्रेम पूर्वक भोजन गराउनु, कतै आश्रय नपाएको व्यक्तिलाई आश्रय दिनु, अनाथ बाल, बालिका, वृद्ध, अशक्त र दीन दुःखीको सेवा गर्नु, मन वचन र कर्मले कसैको हत्या, हिंसा र चोरी नगर्नु, नारी जातिलाई देवीका रूपमा सम्मान गर्नु, सबैसँग सत्य र प्रिय बचन बोल्नु, अर्काको कुनै वस्तु वा सम्पत्ति हरण नगर्नु, अर्काको अहित नचिताउनु तथा पशुपन्‍क्षीलाई आहारा दिई सेवा गर्नु आदि धार्मिक कार्य हुन् । उपनिषद्हरूले “सेवा ही परमो धर्म” भन्दै परोपकारलाई ठूलो धर्म बताएका छन् । अठारपुराणका रचयिता वेदव्याशले सम्पूर्ण पुराण रचना गरेपछि अन्त्यमा, धर्मको सारतत्वलाई “परोपकार: पुण्याय पापाय परपीडनम्” अर्थात् अरूको भलो वा सेवा गर्नु नै धर्म हो, कसैलाई कुनै प्रकारको दु;ख वा कष्ट दिनु पाप हाे भनी एक वाक्यमा धर्मको परिभाषा गर्नु भएको छ । यही नै हिन्दू धर्मसहित सबै धर्मको सारतत्व हो । तसर्थ मानवले आफ्नो अमूल्य जीवनलाई सबैको कल्याणकारी कार्य अर्थात् सेवामा समर्पित गर्नुपर्दछ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि यात्री कवितामा मानिसलाई इश्वरको दर्शन गर्न मठ, मन्दिर वा तीर्थयात्राको चक्करमा नलागी दीन दु:खीको सेवा गरी इश्वरको दिव्य मुहार हसाउन सल्लाह दिनु भएको छ -
कुन मन्दिरमा जान्छौ‌ं यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो !
कुन मन्दिरमा जान्छौ‌ं यात्री, कुन मन्दिरमा जाने हो,
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ, मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो !
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।
 
१८.५ जीवात्मा, पुनर्जन्म र मोक्ष प्राप्ति
Line २३५ ⟶ २२९:
 
पूर्वीय दर्शनअनुसार ईश्वर सर्वत्र सर्वव्यापक छ । सबै प्राणीको आत्मामा ईश्वरको निवास हुन्छ । चर्म चक्षुबाट ईश्वर वा परमात्माको दर्शन गर्न सकिँदैन । ईश्वरको दर्शन गर्न सर्वप्रथम आफूभित्रको अन्तस्करण सफा गर्नुपर्दछ । भित्री ज्ञानको सहायताले मात्र भगवान‍्को दर्शन गर्न सकिन्छ । तसर्थ भगवान‍्को दर्शन गर्न चाहने व्यक्तिले ईश्वरको खोजी बाहिरी संसारमा होइन आफूभित्रको अन्तस्करणमा खोज्‍नुपर्दछ । यसको लागि आफ्नो मनलाई सधै स्वच्छ र पवित्र राख्‍नुपर्दछ । यो कार्य तत्वज्ञानबाट सम्भव हुन्छ । तत्वज्ञान भनेको अनुभवको गहिराइबाट हासिल गरिने वास्तविक ज्ञान हो । तत्वज्ञानले नै मनमा रहेका विसंगतिलाई सफागरी सुषुप्तावस्थामा रहेको भगवान‍्को अंशलाई उजागर गराई पूर्ण परमात्मासँग मिलन गराउँछ । तत्वज्ञान प्राप्त गर्न चञ्चल मन, तृष्णा, चित्त तथा अहंकारलाई बुद्धि र विवेक प्रयोग गरी नियन्‍‍त्रण गर्नुपर्दछ । अनियन्‍‍ित्रत चञ्चल मनलाई नियन्‍‍त्रण गर्न त्यति सहज छैन । मन नियन्‍‍त्रण नगरेसम्म तृष्णा कम हुँदैन, तृष्णा रहेसम्म चित्त नियन्‍‍त्रण हुँदैन । अहंकार रहेसम्म आत्मशुद्धि हुँदैन । आत्मशुद्धि नभएसम्म परमात्मको दर्शन हुँदैन । परमात्माको दर्शन नभएसम्म मुक्ति मिल्दैन । श्रीमद्भागवद्गीताको अठारौं अध्यायमा भगवान् श्रीकृष्णले परमात्माको दर्शन र मुक्तिमार्गको विषयमा भन्‍‍नुभएको छ -
बुद्धया विशुद्धया युक्तो धृत्यात्मानं नियम्य च ।
बुद्धया विशुद्धया युक्तो धृत्यात्मानं नियम्य च । शब्दादीन् विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ।।
विविक्तसेवी लघ्वाशी यतवाक्मायमानस:। ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रित:।।
विविक्तसेवी लघ्वाशी यतवाक्मायमानस:।
अहंकारं बलं दर्पं कामं क्रोधं परिग्रहम् विमुच्य निर्मम: शान्तो ब्रह्मभूयाय कल्पते ।।
ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रित:।।
अहंकारं बलं दर्पं कामं क्रोधं परिग्रहम्।
विमुच्य निर्मम: शान्तो ब्रह्मभूयाय कल्पते ।।
अर्थात् जुन व्यक्ति ‌(जो) आफ्नो बुद्धिद्वारा निर्मल भएर धैर्यपूर्वक मनलाई नियन्‍‍त्रण गर्दै इन्द्रिय तृप्तिका सबै विषयलाई त्यागी, इर्ष्या, राग र द्वेषबाट मुक्त भई अल्प आहार लिदै शरीर, मन र वाणीलाई नियन्‍‍त्रण गर्दै एकान्त स्थलमा समाधिमा बस्दछ वा जो अहङ्कार, बल, घमण्ड, काम, क्रोध, भौतिकवस्तुको सङ्ग्रह र मिथ्या भावबाट मुक्त भई शान्त छ, वा जो भौतिक विषयवस्तुबाट विरक्त छ त्यो निश्चय नै आत्म साक्षात्कारको स्थितिमा पुग्दछ र परमात्माको दर्शन गर्दै पुनर्जन्मबाट मुक्ति पाउछ । यही नै मुक्तिमार्गको उपाय हो । यसैकारण श्रीमद्भागतवद्गीतामा भगवान् श्रीकृष्णले मानवलाई फलको आशा नराखी निष्काम कर्म गर्न उपदेश दिनुभएको छ -
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥
१८.७ ब्रह्मानन्दको खोजी
Line २६४ ⟶ २५५:
 
<big><big><big>big> धनञ्जयगोत्रीय मरासिनीको पुर्ख्यौली स्थान</big></big>
 
१. मानव जातिका प्रथम पुर्खा
Line २८४ ⟶ २७५:
५. कान्यकुब्जका प्रशाखाहरू
 
कान्यकुब्ज ब्राह्मणका तीन प्रशाखा (सरयुपारिण, जुझौतिया र बङ्गाली) थिए । सरयुपारिण प्रशाखाभित्र महाकाली (शारदा) र कर्णाली नदीको जल प्रवाहसम्मको अन्तरवेदीको पूर्वीक्षेत्र रहेको थियो भने जुझौतियाभित्र अयोध्या, साकेत र कोशल रहेका थियो । यस्तै, बङ्गाली प्रशाखाभित्र बङ्गाल रहेको थियो । हाम्रा पूर्वज सरयुपारिण प्रशाखाभित्रको कुमाउ, गणवाल र वरपरको क्षेत्रमा बसोबास गरेका थिए । ईशाको छैठौंदेखि बाह्रौं शताब्दीबीच कान्यकुब्ज मौखरी, बर्धन, गाहडवाल आदि राजवंशको राज्यस्थलको रूपमा रहेको थियो । तुर्कद्वारा भारतमाथि गरिएको आक्रमणपछि कान्यकुब्ज विध्वंश हुँदा त्यहाँका ब्राह्मण, क्षेत्री कान्यकुब्जकै पूर्व र उत्तरी क्षेत्रतर्फ लागे । कान्यकुब्ज क्षेत्र नै हाम्रा धेरै पहिलेका पुर्खाको प्राचीन स्थलभएको तथ्य भारतीय विद्वान् श्री दिवाकर शर्माले वि.सं १९६८ मा प्रकाशित गरेको भारत
गोत्र–प्रवर–दीपिका नामक मैठाणीकृत ग्रन्थले प्रमाणित गर्दछ । उक्त ग्रन्थमा धनञ्जय गोत्र र यस गोत्रभित्रका होमेगाइँ, रिजाल, भुसाल, रोकाहार, भुडाल, भुर्तेल आदि नेपाली थरसँग मिल्दोजुल्दो थरको प्रारूप पाइन्छ । उक्त थरमध्ये धनञ्जयगोत्रीय मरासिनी रिजाल थरसँग सम्बन्धित छ । धनञ्जयगोत्रीय मरासिनीको प्राचीन थर रिजाल थियो । धनञ्जयगोत्रीय रिजाल मरासिनीका गोत्रीय बन्धुबान्धव हुन् । दैलेखबाट पूर्वतर्फ बसाइँ गर्नुभन्दा पहिले धनञ्जय मरासिनीले आफ्नो थर रिजाल लेख्दथे । वर्तमान समयमा पनि धनञ्जय मरासिनीमध्ये कसैले आफ्नो थर रिजाल लेख्‍‍ने गरेका छन् ।
 
६. कान्यकुब्जमा गुप्त तथा तुर्क सुल्तानको आक्रमण
Line २९२ ⟶ २८४:
७. मुगल सम्राटको आक्रमण र हिन्दू पलायन
 
मुस्लिम शासक बाबरले ई.सं १५२६ मा दिल्लीका सुल्तान इब्राहिमलोदीलाई पानीपतको प्रथम युद्धमा हराएपछि भारतमा मुगल साम्राज्य स्थापना भयो । यसपछिका दिनहरू पनि हिन्दूका लागि सुखद रहेनन् । मुस्लिम राज्यहरू बिस्तारका साथसाथै हिन्दू राज्यहरू पतन हुन थाले । मुस्लिमहरूले हिन्दूमाथि अत्याचार जारी राख्दै गए । जवरजस्ती धर्म परिर्वतन गराउने, मन्दिर भत्काउने, मूर्ति फोर्ने, लुट्ने आदि
काम भए । ई.सं. १७०४ मा सिख राजा गुरू गोविन्द सिंहका दुवै छोरा इस्लाम धर्म नमानेको कारण घाँटी काटी मारिए। ई.सं. १७०७ तिर मुस्लिम सम्राट औरङ्गजेवको उदयभयो । उनले भारतमा विशाल मुस्लिम साम्राज्यको स्थापना गरे । ई.सं.१७५३ मा अहमदसाह अब्दालीको नेतृत्वमा अफगान सेनाले हिन्दू बसोबास गरेका स्थान मथुरा, वृन्दावन र गोकुलमा आक्रमण गरी हिन्दूहरूको नरसंहार सुरू गरे । मुस्लिमबाट मन्दिरमा आगो लगाउने, भत्काउने, मूर्तिको अपमान गर्ने, स्‍‍त्रीको इज्जत लुट्ने, साधु तथा पूजारीको बध गर्ने र बच्चाका शरीर टुक्राटुक्रा गरी काट्ने जस्ता अमानवीय कामहरू भए । ब्राह्मणहरूको जनै काट्ने, उनीहरूलाई जवरजस्ती अभक्ष चीजहरू ख्वाउने कार्य हुन थाले । परिणामस्वरूप त्यहाँबाट हिन्दूहरू पलायन हुन बाध्य भए ।
 
८. कान्यकुब्जबाट कर्णाली प्रदेशमा आगमन
 
मुसलमानको चरम यातना सहन नसकी आफ्नो जीवन र धर्म रक्षाका लागि कान्यकुब्जका ब्राह्मण तथा क्षेत्री समुदाय ई.सं. १०१५ देखि १७०८ काबीच कान्यकुब्जबाट पलायन भई सुरक्षित स्थान खोजी गर्ने क्रममा कर्णाली प्रदेशबाट नेपाल प्रवेश गरेको प्रसङ्ग नेपालको प्राचीन र मध्यकालीन इतिहासमा उल्लेख गरिएको छ । यसैक्रममा धनञ्जयगोत्रीय रिजाल थरका ब्राह्मणका पूर्वज वर्तमान भारतको उत्तराखण्डको पिथौरागढ, गढवाल, कुमाउ, हुँदै नेपालको सुदूर पश्चिमाञ्चल क्षेत्रबाट बहने कर्णाली नदीको किनारै किनार जुम्लाको सिञ्जा क्षेत्रमा आई बसोबास गरेको ताम्रपत्र जुम्लामा प्रयागदत्त रिजालका घरमा छ भनी श्री अम्बिकाप्रसाद मरासिनीले २०६३ सालमा प्रकाशित गर्नुभएको “धनञ्जयगोत्रका मरासिनीहरूको वंशावली” नामक पुस्तिकामा उल्लेख छ । कान्यकुब्जबाट पलायन हुनुपूर्व मरासिनीका पूर्वज मठ मन्दिरका
पूजारी थिए । नेपालमा आएपछि पनि आफ्नो परम्परागत धर्म, संस्कृतिलाई अनुसरण गरिरहेको पाइन्छ ।
 
८.१.खस समुदायको नेपाल आगमनको समय
Line ३१२ ⟶ ३०६:
९. एेतिहासिक सिञ्जा उपत्यका र कनकासुन्दरी मन्दिर
 
सिञ्जा उपत्यका आर्य र खसजातिको ऐतिहासिक स्थल हो । नेपालका सबै आर्य समुदाय भारतको उत्तराखण्डअन्तर्गतको गडवाल, कुमाउ हुँदै सर्वप्रथम सिञ्जामा आई त्यहाँबाट पहाडि क्षेत्रमा बिस्तार भएका
भएका हुन् । यस उपत्यकाभित्र एघार गा.वि.स.रहेका छन् । सिञ्जा समुद्र सतहबाट करिब ९५०० फिटको उचाईमा रहेको छ । पुस, माघमा हिउँपर्ने यो उपत्यका निकै सुन्दर, रमणीय र ऊर्वर छ । सिञ्जामा वर्षेवालीअन्तर्गत धान, जौ, गहुँ, मकै, कोदो, फापर आदि प्रसस्त मात्रामा उत्पादन हुने गर्दछ भने फलफूलअन्तर्गत स्याउ, ओख्खर र विभिन्‍‍न प्रकारका तरकारी उत्पादन हुने गर्दछ । यस क्षेत्रलाई कर्णाली अञ्चलकै खाद्य भण्डारकारूपमा लिइन्छ । सिञ्जाको पूर्वीक्षेत्रबाट सिञ्जा नदी बहेको छ । यसलाई हीमा नदी पनि भनिन्छ । उक्त नदी कालीकोट जिल्लाको नाग्मा भन्‍ने स्थानमा आई तीला नदीसँग मिली बहेको छ । सिञ्जाबाट नै वर्तमान नेपाली भाषाको उत्पत्ति भएको हो । पूर्व मध्यकालमा शक्तिशाली खस साम्राज्यको मुख्य राजधानी रहेको सिञ्जाको लामठाना हाल भग्‍नावशेषमा परिणतभएको छ । कनकासुन्दरी मन्दिर नै यहाँको एेतिहासिक मन्दिर हो । यही मन्दिरको नामबाट गाउँ विकास समितिको नाम पनि कनकासुन्दरी रहेको छ । कनकासुन्दरी देवी र त्रिपुरासुन्दरी देवी (जाल्पादेवी) को मन्दिर नजिकै पुराना राजप्रसादका भग्‍नावशेष छन् । यहाँ दुईवटा बाघका प्रस्थर मूर्ति पनि छन् जसलाई स्थानीय व्यक्तिहरू आकाशबाट झरेको श्यूबाघ भन्दछन् । यसको वरिपरी धोबाघाट, हाउँबाडा, साउँबाडा, हाङसिञ्जा र गोठीज्युला नामक गाउँहरू छन् । कालीकोटको नाग्माबाट एकदिनको पैदल यात्रापछि सिञ्जा पुग्‍‍न सकिन्छ । हाल नाग्माबाट सिञ्जासम्म यातायात सुविधा पनि छ । गाडीबाट चार घण्टामा पुग्‍‍न सकिन्छ । सिञ्जाको पाण्डुगुफा गा.वि.स. अन्तर्गत पाण्डुसेरा भन्‍ने स्थानमा सडकदेखि तल एउटा गुफा छ । द्वापरयुगमा बनवासका समयमा पाण्डवहरू यसै गुफामा गुप्तवास बसेका थिए भन्‍ने जनश्रुति
पनि छ । हाल गुफाभित्र सिंहासन आकृतिका पाण्डवका मूर्ति छन् । उक्त गुफाको नजिकै एउटा दह र दुईवटा पहरा छन्, एउटा पहरोको आकार महिलाकोजस्तो छ यसलाई द्रौपदी र अर्को पहरो पुरूष आकारको छ यसलाई युधिष्ठिरको स्वरूपकोरूपमा स्थानीय व्यक्तिहरू बताउने गर्दछन् ।
 
९.१. खश साम्राज्यका सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू
Line ३३३ ⟶ ३२८:
११. पुर्खाको अर्घाखाँची जिल्लाको बामरूकमा आगमन र बिस्तार
 
दैलेख जिल्लाको मडासैनबाट मरासिनीका पूर्वज पहाडी भू-भागहुँदै जाजरकोट, रूकुम, रोल्पा र प्यूठान जिल्ला हुँदै अर्घाखाँची जिल्लाको अर्घा भन्‍ने स्थानमा वि.सं.१२०० देखि १३०० तिर आएको अनुमान
गरिएको छ । त्यतिबेला नेपालमा बाइसे, चौबीसे राज्यहरू थिए । बाइसे राज्यअन्तर्गत अर्घामा तत्कालीन समयमा मगर राजाले शासन चलाएका थिए । अर्घामा केही समय बसेपछि पूर्वजहरू बामरूकमा आई बसोबास गर्न थाले । उत्तरमध्यकालीन समय अर्थात् वि.सं.१४९० मा शिवराम शाहले अर्घाको टाकुरामा स्वतन्‍‍त्र राज्य स्थापना गरे। उनी देवीका उपासक थिए । उनले अर्घामा महाकाली देवीको स्थापना गरी ता‍न्‍‍‍ित्रक विधिअनुसार देवीको पूजा गर्ने परम्पराको थालनी गरे । भगवतीका पूजारी रामभक्त भुसाललाई पूजा गर्ने विधि योगेश्वर मरासिनीले सिकाएका थिए भनी प्रा. डा. राजाराम सुवेदीले “अर्घाखाँचीको मध्यकालीन इतिहास” सम्बन्धी लेखमा उल्लेख गर्नुभएको छ । उक्त लेख अर्घाखाँची सम्पर्क सदनले २०६१ सालमा चिनारी नामक पुस्तकमा प्रकाशित गरेको छ । इतिहासविद् प्रा.डा. राजाराम सुवेदीको उक्त लेखका आधारमा उत्तरमध्यकालीन समयमा अर्घामा धनञ्जय मरासिनीको बसोबास रहेको पाइन्छ । उपलब्ध प्रमाणका आधारमा बामरूक नै अर्खाखाँची र गुल्मी जिल्लामा बसोबास गरेका धनञ्जयगोत्रीय मरासिनीको पछिल्लो मुख्य पुर्ख्यौली स्थल मानिएको छ ।
 
बामरूक, अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट पश्चिम उत्तर प्यूठान जिल्लासँग जोडिएको, हंसपुर गाउँ विकास समितिको वडा नं. ८ मा पर्दछ । अर्घाखाँची जिल्लामा आई बसोबास गरेका धनञ्जयगोत्रीय मरासिनीका मूलपुरूष हेमन्तु भएको अनुमान छ । हेमन्तुका चार भाइ छोरा थिए-रामचन्द्र, फर्सु, एकदेव र कान्तु । हेमन्तुभन्दा पूर्व बामरूक वा अर्घामा कुनै मरासिनी थिए ? थिएनन् ? भन्‍ने जानकारी तथा अभिलेख हालसम्म प्राप्त गर्न सकिएको छैन । यो थप अनुसन्धानको विषय बनेको छ । दैलेखको मडासैनबाट विभिन्‍‍न स्थान हुँदै अर्घा आएका रिजालहरूलाई मडासैन भन्‍ने स्थानबाट आएको हुँदा मडासैनी भन्‍न थालियो । पछि यो शब्द अपभ्रंश भई मरासिनी बन्‍‍न पुग्यो र कालान्तरमा मरासिनी थरमा परिणतभयो । बामरूकमा बसोबास गर्न थालेपछि मरासिनीको जनसङ्ख्या बिस्तार हुन गयो । यहाँबाट पनि मरासिनीका पूर्वज अर्घा, खिदिम, पोखराथोक, किमडाँडा, डिभर्ना, ढिकुरा, डेवा, गोखुङ्गा, ठूलाचेक्मी, भ्वाँग, तम्घास, अर्खले, भाडगाउँ,बाग्लुङ् र प्यूठान आदि स्थानमा गई बसोबास गर्न थालेको पाइन्छ । वर्तमान समयमा यी स्थानहरूबाट पनि रूपन्देही, कपिलबस्तु, नवलपरासी, दाङ, देउखरी, बर्दिया र काठमाडौं आदि स्थानमा मरासिनीको बसाइँ सराइ गर्ने क्रम चलिरहेको छ । हाल बामरूकमा मरासिनीको जनसंख्या र बसोबास न्यून हुँदै गएको छ । बामरूकका केही मरासिनीहरू रूपन्देही जिल्लाको बुटवल नजिकै सेमलारमा बसाइँ सराइगरी मरासिनीको कुलायन मन्दिर निर्माण गर्नुका साथै श्री १००८ सन्त शशिधर स्वामी स्मृति प्रतिष्ठानसमेत स्थापना गर्नुभएको छ ।
Line ३५६ ⟶ ३५२:
१३.३ गोखुङ्गाबाट पीपलथुम आगमन
 
करेचुलीबाट गोखुङ्गा गएका ठूलाचेक्मीका मरासिनीका पूर्वजहरू “वि.सं. १७९६ तिर गोखुङ्गाबाट वर्तमान अर्घातोस गाउँ विकास समितिको पीपलथुम भन्‍ने स्थानमा आई बसोबास गर्न थालेको अनुमान
गरिएको छ । चेक्मीका पुर्खाले किशान र चिदिपानीदेखि तल रहेका झिरबाङ्, डुमादी, चिसापानी र चौवाका खेत रोप्‍ने गर्दथे, ती खेतमा गोखुङ्गाबाट काम गर्न टाढा भएकोले पीपलथुममा आई उक्त खेत भोगचलन गर्न थालेका हुन् । पीपलथुममा बसोबास गर्न थालेको केही समयपछि पशुचरण एवं बसोबास योग्य ठाउँको खोजीका क्रममा पुर्खाहरू ठूलाचेक्मीमा आएका हुन् । वि.सं २०२२ सालसम्म ठूलाचेक्मीका केही मरासिनीले डुमादी, चिसापानी र चौवाका खेत कमाउने गर्दथे । गोखुङ्गाबाट पीपलथुम आउने पुर्खाको नाम काठु, किर्तु र मतु थियो, यिनीहरू तीन भाइ थिए” भनी अम्बिकाप्रसाद मरासिनीजीले मरासिनीको पुर्ख्यौली नामक लेखमा उल्लेख गर्नुभएको छ । ठूलाचेक्मीको छाप, पैयाँपाटा र ठूलाघरका मरासिनीले धेरै पछिसम्म पनि डुमादी, चिसापानी र चौवा खेतका फाँटबाट धान, पराल ल्याउने गरेको यस पंक्तिकारलाईसमेत स्मरण छ । यद्यपि वर्तमान समयमा सबै मरासिनीले सो स्थानमा रहेको पुर्ख्यौली खेत बेचिसक्नु भएको छ, तर चेक्मीका मरासिनीको खेत विगतमा डुमादी, चिसापानी र चौवामा रहेको यथार्थ हो ।
 
१३.४ पीपलथुमबाट ठूलाचेक्मीमा आगमन
Line ३६९ ⟶ ३६६:
 
अर्घाखाँची जिल्लाको बामरूकबाट बिस्तारभएको धनञ्जयगोत्रीय मरासिनीको बसोबास अध्ययन गर्दा वर्तमान समयमा गुल्मी जिल्लाको ठूलाचेक्मी, खन्‍नेचौर, अत्तरकाँडा, बाल्काटे, सेउँवा, लामडाँडा, लप्सी, बर्दवास, रोहिँदी, अर्खले, गोवने, भाडगाउँ, सिमिचौर, हस्तिचौर, इस्मा, पौंदी अमराई तथा अर्घाखाँची जिल्लाको मरेङ गा.वि.स.को आँपकाटे, खस्कोट र निउँरे, भगवती गा.वि.स.को बाहिगाउँ, भ्वाँग, काहुले तथा अडबिसे, खिदिम, पोखराथोक गा.वि.स.को पीपलडाँडा, ढिकुरा गा.वि.स.को सुरसिं र डेवा, किमडाँडा गा.वि.स.को किमडाँडा, अर्घा गा.वि.स.को अर्घा र धरमपानी तथा डिभर्ना गा.वि.स.को डिभर्ना, पाल्पा जिल्लाको गोखुङ्गा, रूपन्देही जिल्लाको सेमलार, अमुवा, नवलपरासी जिल्लाको गैडाकोट, कपिलवस्तु जिल्लाको इमिलिया, बनगाँई, बाग्लुङ् जिल्लाको गल्कोट, प्यूठान जिल्लाको पीपलनेटा, दाङ जिल्लाको देउखरी, वाँके जिल्लाको नेपालगञ्ज र बर्दिया जिल्लामा छरिएर रहेको पाइन्छ । रूपन्देही जिल्लाको सेमलारमा बसोबास गरेका मरासिनीहरू बामरूकबाट आएका हुन् भने इमिलियाका मरासिनीहरू अर्घाखाँची जिल्लाको मरेङ गा.वि.स.को आँपकाटेबाट बसाइँ सराइ गरी गएका हुन् ।
वर्तमान समयमा पहाडी जिल्लाहरूबाट रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बर्दिया तथा काठमाडौं आदि जिल्लामा मरासिनीको बसाइँ सर्ने क्रम चलिरहेको छ । बामरूकबाट बसाइँ सराइ गरी खिदिम गएका मरासिनी पोखराथोकबाट हाल रूपन्देही, दाङ, बर्दिया, नवलपरासी, चितवन तथा काठमाडौं आदि स्थानहरूमा स्थानान्तरण हुँदै गरेका छन् । धनञ्जयगोत्रीय मरासिनीको वंशवृक्षमा ठूलाचेक्मी र खिदिमका मरासिनीको वंश तुलनात्मकरूपमा निकै वृद्धि भएको छ । ठूलाचेक्मीबाट नै निउँरे, अत्तरकाँडा, आँपकाटे, बाल्काटे, खन्‍नेचौर र लामडाँडा आदि स्थानमा मरासिनीहरूको वंशवृक्ष बिस्तार भएको छ । खस्कोटमा बसेका मरासिनीका पूर्वजहरू भ्वाँग र जुभुङ्बाट आएको अनुमान छ । बर्दबासका मरासिनी आँपकाटे र खस्कोटबाट गएको देखिन्छ । भाडगाउँ, अर्खले, रोहिँदी, गोवने, उपल्लो तम्घास, तम्घास, सिमिचौरका र पौदी अमराइका मरासिनीबीच नजिकको सम्बन्ध पाइन्छ । यसैगरी, भ्वाँग, अडबीसे र बाहिगाउँमा बसोबास गरेका मरासिनीहरू एउटै हाँगाबाट बिस्तार भएको देखिन्छ । गुल्मी जिल्लाको इस्मा, बाग्लुङ् जिल्लाको गल्कोट र दगातुमडाँडामा बसोबास गरेका मरासिनीहरू अत्तरकाँडाबाट बसाइँ सराइगरी गएको देखिन्छ । गुल्मी जिल्लाको हस्तिचौरका मरासिनीहरूका पुर्खा मरेङ गा.वि.स.को खस्कोटबाट गएको
पाइन्छ । वर्तमान अवस्थामा मरासिनीहरू परम्परागत कृषि पेशाबाट ब्यापार, उद्योग धन्धा, सरकारी सार्वजनिक सेवा र चिकित्सासेवातर्फ अगाडि बढ्न थालेका छन् ।यसप्रकार धनञ्जयगोत्रीय मरासिनीका पूर्वजको पाइला पछ्याउँदै जाँदा पीपलथुम, गोखुङ्गा, करेचुली, खाँचीकोट, खिदिम, बामरूक, अर्घा, दैलेख, अछाम, सिञ्जा, कुमाउ, गढवाल, कन्‍नौज, कास्मिरघाटी, सिन्धु नदीको किनार, अफगानिस्तान, इरान, टर्की र मध्य पश्चिम एसिया, उत्तरी युरोप तथा अफ्रिका महादेशको त्रिकोणात्मक क्षेत्रमापर्ने आरारत पर्वतमालाको आसपाससम्म पुग्‍‍न सकिन्छ । यसैगरी, पूर्वीय दर्शनअनुसार पुर्खाको प्राचीन वंश खोज्दै जाँदा ब्रह्माजीसँग पुग्‍‍न सकिन्छ ।
 
सन्दर्भ सामग्री
"https://ne.wikipedia.org/wiki/धनञ्जय_गोत्र" बाट अनुप्रेषित