"चाकाकेदार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११:
==पंरणे र मष्टा देवताको विवाद==
डोटी जिल्ला मान्नाकापडी गाविस अन्तरगतको कापडीको धामी गाउँबाट दुधेमष्टाको बयाँल चाकाकेदारमा आउथ्यो । उता पातल दहबाट समैजीको वयाँल केदारमा आउथ्यो । दिगदना कोरईबाट एक वयाँल (मेलघट्टी) को आउँथ्यो । आएर चाका केदारमा सबै जम्मा भएर ठूलो भेला लगाएर जाँत गर्ने गर्दथे । यी देवताहरुका बीचमा के कारणले हो ऐतिहासिक कालमा विवाद हुन गयो । त्यो विवाद भए पछि कापडी धामी गाउँको वयाँल फक्र्यो । धामी गाउँमा अर्को वर्ष मष्टाको जात्रा त्यहीनै भयो (जाँत पर्वको अष्टमी तिथिमा) त्यस जाँतमा त्यताबाट पँरणे देवताको नाम र शक्तिीले वुरुङ्गी बजाएर त्यसको शक्तिले पिपलको हाँङ्गो टुटेर मष्टाको दाईनो घुम्टाई दियो । त्यो घुम्टो दाईनो कुनै देवताले उठाउन सकेनन् ।उता (धामीगाउँको) चिमल्टेईतो देवता वुरुङ्गीमा पसेर वुरुङ्गी बजाउन वन्द गरिदियो । त्यो विवाद अझसम्म पनि मिलेको छैन अझै पनि देख्न सकिन्छ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/चाकाकेदार" बाट अनुप्रेषित