"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
मोहनानदी देखि पश्चिम रैकातप्पा महाकालीनदी सम्मनको भूमिमा पर्दछ | कैलालीको मालवर भन्ने नाम पछि आएर नामाकरण भएको हो | राणा राज्यकालमा त्यो भूमिमा पनडौंनका धनसिंह मल्ल, मेघसिंह मल्लहरुको जिम्दारी चल्यो, डोटीबोगटानका मल्लहरु जिम्दार बने तब तिनको नामबाट मल्लको मल्वार भनिएको थियो | यो क्षेत्रमा मल्लहरुको जिम्दारीको अवशेष अझै पनि छ |
 
'''मोटा अक्षर'''==ग)=आधुनिकपक्ष:= ==
डोटी डडेल्धुराका पहाडी मुलका मान्छे र कैलाली कन्चनपुरका राना थारुको सम्बन्ध धेरै पुरानो र आत्मिय सम्बन्ध हो | डोटेली समुदायका मान्छेहरुका देबी-देवता र रानाथारु समुदायका शिव, पार्वती ,कालिका ,देबी ,दुर्गा, गोलादेउ (ग्वंशी) जस्ता देवतामा देखिने समानता ,विभिन्न समयका तिहारहरुमा गाईने गीत त्यहाँ खेलिने खेल र नाँचमा राम,कृष्ण ,शिव पार्वतीको इतिहास गाथामा आधारित गीत लय, रानाथारुहरुको होलिनाँचको पाईताला(खुट्टा)को चाल, डाल, ढोल र डोटेली समुदायको डेउडा गौरा पर्वमा खेलिने र गाईने गीत ,चैत ,भारत, ढोलले यी दुई समुदायको प्राचीन सम्बन्धलाई चिनाउँदै आएको छ | यति मात्र होइन यिनका बोलिका धेरै शब्दहरुमा एकरुपता छ | जस्तै खानु ,बिहि ,दर्पण , ठट्टा ,थाली ,गाली, कोला जस्ता धेरै शब्द यी दुवैमा भेटिन्छन् | डोटी र कुमाउँको कार्तिकेयपुरी राज्यका राजा /रजौटासँग सम्बन्धित भएकोले नै रानाथारुहरु डोटी र कुमाउ राज्यको स्वसासितक्षेत्र कैलाली ,कंचनपुर ,खटिमा ,हल्द्वानी सहितका नेपाल र भारतीय भूमिमा अझै भेटिन्छन् | कैलाली कंचनपुरमा बसोबास गर्ने शिक्षा र शसक्तिकरणको क्षेत्रमा पछाडी परेको मानिने रानाथारु डोटी र कुमाउँको कार्तिकेयपुरी राज्यका राजा /रजौटाका रैती थिए | विभिन्न कारणले त्यो समयमा राजारजौटाका वंशज यो समथर भूमिलाई पशुपालनको रुपमा संरक्षण गर्दै आफू पहाडी डाँडा पहाड उक्लेर बसोबास गर्नथाले भने राजाका रैती रानाथारु यो भूगोलको केही स्थानमा खेतीपाती गरि खान बस्ति बसेका थिए | यस्तै कैलालीको केही स्थानहरुमा कठरिया भनिने थारुहरु छिट पुट रुपमा बसोबास गर्ने गर्दथे | यी कठरिया डगौरा थारु भन्दा केही भिन्न पहिचानका थारु मानिन्छन् | कठरियाहरु पहाडबाट तराई आएर बसोबासगर्ने कठायतहरु हुन् भन्ने पनि गरिन्छ | यी मात्र होइन् बडायक र राउत भनिनेहरु पनि आफु पहाडबाट आएर तराइमा शासन गर्न बसेको बताउँछन् | डडेल्धुराको शिर्ष क्षेत्रमा राउत थर लेख्ने राउटे जाति भएकोले तराईमा रहेको राउत जाति यिनै राउटेसँग सम्बन्धित हुन् सक्ने धेरै सम्भावना छ |
कैलाली कन्चनपुरका खण्ड-क्षेत्र स्थानहरु तल्लीमाल (कैलाली) मल्लीमाल (कंचनपुर) मधेश, पर्गना तप्पा, बिचवा, घाट जस्ता नाम निसानले चिनिने गर्दछन् | आज यहाँका कयौन नामहरु बदलियाका छन् | ठाउँ र गाउँ पिच्छे फरक-फरक नाम बनेका छन् | कैलाली कंचनपुर मात्र होइन दक्षिण सिंगाही, लखनौ सम्मनको भूमि तत्कालिन डोटी राज्यको राज्यभूमि हो | बि.स. १८४७ साल भाद्र ३१ गते गोर्खाले डोटी राज्य बिजय गरेपछि डोटी राज्यको वर्तमान भारतको सिंगाही,लखनौ सम्मनको सम्पूर्णभूमि गोर्खा राज्यको हुन् गयो | त्यस पछि डोटी राज्यका राजा/रजौटा /नागरिक सबै गोर्खा राज्यका नागरिक बन्न पुगेका हुन् |
इस्ट इन्डिया कम्पनि भनिने अंग्रेजले सन् १ नोवेम्बर १८१४ ( बि.स १५ कार्तिक १८७१ ) मा नेपालको बिरुद्द विधिवत रुपमा युद्दको घोषणा गरेपछि नेपालको सिंगाही,लखनौ सम्मनको तराईको ठूलो भूभाग पश्चिममा कुमाउ गडवालको क्षेत्र इस्ट इन्डिया कम्पनिले बिजय गरेर लियो |
सम्बत १८७२ (सन् २ डिसेम्बर १८१५)मा भएको सन्धिबाट गुमेको यो भू–भाग मध्ये बि.स.१८७३ पुष ४ (८ डिसेम्बर १८१६) मा सुगौलीसन्धिबाट नेपालका राजा मन्जुर नभएपछि पुर्बी नेपालको तराईदिने सर्तमा सम्झौता भयो |
बिषय जंग बहादुर राणा :- सन् १८३३ (बि.स १८९०) मा जंग बहादुर राणाका बाबु बालनरसिंह कुँवर ५० बर्षको उमेरमा डडेल्धुरामा गोर्खा राज्यका हाकिम भएर आए | जंग बहादुर पनि आफ्नै बाबुसँग डडेल्धुरा आएका थिए | डडेल्धुरामानै जंग बहादुर सर्बप्रथम जागिरदार बनेका हुन् | सन् १८१७ जुन १८ (बि.स १८७४ ) मा जन्मेका जंग बहादुर बि.स १९०३ असोज ३ देखि १९१३ साउन सम्म र बि.स १९१४ जेठ देखि १९३३ फागुन सम्मन नेपालका प्रधानमन्त्री बने उनी राणा कुलका सर्बप्रथम श्री ३ थिए | जंग बहादुर राणाको मृत्यू ६० बर्षको उमेरमा बि.स १९३४ माभएको थियो | जंग बहादुरले भारतमा अंग्रेजको बिरुद्दमा भएको सन् १८५७ (बि.स १९१४)को शसस्त्र जनआन्दोलन दबाउँन अंग्रेजलाई सैन्य र प्राबिधिक सहयोग गरेको कारण अंग्रेज जंग बहादुरको सहयोग देखि खुशी भएर सन् १८६० (बि.स १९१७ ) मा तत्कालिन नयाँ मुलुक भनिने कैलाली ,कंचनपुर ,बाँके र बर्दिया नेपाललाई फिर्ता गरेको थियो | अंग्रेजबाट फिर्ता गरिएको भूमिलाई नयाँ मुलुक भनिन थालियो । नयाँ मुलुक अन्तरगत पर्ने राप्तीदेखि महाकाली सम्मको कैलाली ,कंचनपुर ,बाँके र बर्दियामा निकै ठूलो जंगल थियो । उक्त जंगल फडानी गर्नका लागि राणाले कोइलर भन्ने अंग्रेजलाई ठेक्का दिए । ठेक्का पाउँने ठेकेदारले यो कैलाली कन्चनपुरमा रेलसेवा चलाएर रेलबाट यस क्षेत्रको धेरै काठ भारत लग्यो । यसपछि यहाँ व्यापक रुपमा आवादी सुरु भयो । उत्तरको क्षेत्रमा त पहाडका मानिसहरुको गोठ गोठेरी भन्दै कहिँ कतै बसोबास सुरु भइसकेको थियो । दक्षिणको क्षेत्रमा बस्ती बसाल्नकालागि गोर्खा राज्यको पहुँचमा रहेका र स्थानीय ठुला बडा भनिनेहरुलाई राणाहरुले ठेक्का दिए । यसरी ठेक्का पाउँनेहरु जिम्दार कहलिन थाले | यस्ता जिमिन्दारहरु कोही ठकुरी थिए | कोही बाहुन थिए | राना (बडायक) थारु थिए | कोही महतो (थारु) थिए । चौधराई गर्ने भनेर चौधरी थर लेख्ने चौधरी महादेव,चौधरी बलासिंह (आजभोली सिंह थर लेख्ने ) ठकुरी पनि यहाँका जिम्दार थिए | यी चौधरी लेख्ने अलड़े ठकुरीको एक शाखा वर्तमान बर्दिया राजापुरको दक्षिणमा रहेको छेदियामा चौधराई गरेर बस्थ्यो | यो शाखा पनि थारुहरुलाई साथै ल्याएर कैलाली आयो | जमिन्दारहरुले आवादी गर्ने क्रममा विभिन्न ठाउँबाट बि.स १९७० /८०को दशक यता मान्छे लगे र मौजा राखे । आवादी गराउँने तथा मौजा राख्ने जिम्दारहरुलाई आवादीको ५% मिल्थ्यो | यसैले गर्दा दाङ देउखुर क्षेत्रबाट मलवारमा धन सिंह मल्ल, मेघ सिंह मल्ल, बोगटान तप्पमा अलड़े ठकुरी अन्तर्गतका चौधरी महादेव, चौधरी बालासिंहले तत्कालिन भारतको बाटो गरेर डगौरा थारुलाई डाँग देउखुरबाट ल्याएका थिए, उल्लेख्य रुपमा भोका गरिब मानिने थारुहरु यसै समयबाट ल्याईयो | दांगबाट ल्याएकोले दांगको दंगौरा र यस दंगौराको अपभारंस भएर डगौरा भनियो | यिनै डगौराहरु मध्ये धेरैले आजभोलिका दिनमा चौधरी थर लेख्न थालेका हुन् तर वास्तबमा भन्ने हो भने यिनका पनि धेरै थर थरीहरु छन्, यिनका भित्रको थर खोज्दै जानेहो भने यिनमा पनि दहित, अन्ग्रहवा, कंग्रहवा, रत्गैया ,पछालदंगे, कुश्मी, जोगेठवा, घरचोरुवा, जगनाथिया, सुखरोया जस्ता थरहरु भेटिन्छन् |
यसरी डोटी राज्य बिजय गर्ने गोर्खा राज्यका स्थानीय शासकले आफ्नो शासनकाल यता दाङ/देउखुरबाट डगौरा थारुलाई कैलाली कन्चनपुरमा ल्याएर बस्ति बसाएर कैलाली कन्चनपुरको पशुपालन गर्ने भूमि तथा सुदूर पश्चिमेलीको पशुपालन गर्ने चरिचरन क्षेत्र राणाहरुलेनै सखाप गराउँने काम गराएका थिए | डगौरा थारु डाँग देउखुरबाट आएर कैलाली कन्चनपुरमा बसोबास गर्दा गर्दा तिनको जनसंख्याले कैलाली कंचनपुरका भैसी पाल्ने चाक्ला चाक्ला जंगलका फाँट (चौर) घाँस पातका घना वन-जंगल, पानीका मूल भैसीको खाल बस्ने खोला नाला ताल तलैया सबै नासियो | कर्णाली देखि महाकाली सम्मकोक्षेत्रमा फैलिएका गोठ गोठेरीमा रहेका पशुहरुले खुल्ला रुपमा आहार बिहार गर्न नसक्ने अवस्था आयो | यसको कारण त्यो समयको डोटी डडेल्धुराका मान्छेको मुख्य रोजगारीको श्रोत मानिने आय आर्जनको मुख्य पेशा पशुपालन व्यवसाय क्रमिक संकटमा पर्दै नासिदै गयो | चरिचरन क्षेत्र नासिएकै कारण कैलाली कन्चनपुरको वन-जंगलमा हजारौ हजार गोठ - गोठेरी राख्ने, यहाँको जंगलमा भैशी पालन गर्ने डोटी राज्यलाई गोठ-गोठेरी बापत कर बुझाउँने डोटी डडेल्धुराका हजारौ मान्छेको पशुपालन व्यवसाय संकट ग्रस्थ हुँदै गए पछि ती पशुपालन गर्नेहरु आफ्नो पुर्खेउली पेशाबाट बिस्थापित् हुनु पर्ने बाध्यतामा पुगेर बिस्थापित भएका हुन् |आज यिनका पूर्वजको चिनोको रुपमा तत्कालिन भैशीका ठूला -ठूला घाँणा मात्र यिनका घर-घरमा देख्न सकिन्छ |
यो पशुपालन व्यवसायबाट बिस्थापित बनेकाहरु त्यस पछि बैकल्पिक रोजगारीकोलागि छिमेकी मुलुक भारतमा ज्याला मजदुरी, चौकीदारी गर्न बिबश बनेका हुन् | त्यसै समय देखि यो भूगोलका मान्छेको कामको खोजीमा भारत जानेहरुको संख्यामा बढोत्तरी भएको हो | आज यो संख्या धेरै छ I धेरै मान्छे भारतमै निर्भर बन्न पुगेका छन् | दाङ देउखुरबाट ल्याएका थारुहरुबाट यिनको जल, जमिन, जंगल पशुपालन गर्ने फाँट चौर र सिकार क्षेत्र अतिक्रमणमा परेको हो | अतिक्रमणमा परे पछि गरुन के डोटी राज्य बिजय गर्ने गोर्खा राज्यले बसाएको बस्तिको बिरुद्द कसरी बोलून त्यो समयमा गोर्खा भनिनेहरु सारै निर्दयी स्वभावका थिए | डोटी राज्यसँगको बि.स.१८४७ भाद्रमा भएको युद्दमा डोटी राज्यका ५०० सैनिक भेरीनदीमा खसी काटे जस्तै गरि निर्दयी अमानबिय कठोर तरिकाले काटेर बगाएको आतंकले डोटी राज्यका मान्छेलाई गोर्खा र गोर्खाको स्थानीय शासनको बिरुद्दमा बोल्ने आँट आउँदैन थियो | राणाहरुले यहाँका नागरिकहरुलाई मानव सम्झेका थिएनन्, किन भने चन्द्रसमशेर राणा आफ्ना भाईहरुलाई उपदेश दिदै भन्ने गर्दथेकि "जंग बहादुरले बोका माथि शासन गर्यो,म सिङ्ग भएका गोरुमाथि शासन गर्दैछु | तिमिहरुले बाघमाथि शासन गर्नुपर्ने दिन आउँदैछ |" यसरी नेपाली नागरिकहरुलाई गोरु, बाख्रा, बाघ जस्ता जनावर सम्झने राणा शासक थिए | यस्तो मान्यता राख्ने राणाहरुको शासनगर्ने शैली पनि ताना शाही थियो | यी तानाशाहको दर्दनाक पिडाबाट पिडितहरु आज पनि विकासको नारा दिएर बिनासको बिजारोपण गर्ने राजनीतिज्ञहरुबाट पिडितनै छन् | तत्कालिन डोटी राज्यका राजा /रजौटा कैलाली कन्चनपुरका घना वन-जंगलमा पशुपालन गर्ने गोठाला मानिने डोटी डडेल्धुराका ब्राह्मण, ठकुरी ,छेत्री ,बैस्से ,दलति ,तराईका बडायक ,राउत ,कठरिया, राना थारुहरु यहाँका आदिवासी हुन् | एक किसिमले भन्ने हो भने कैलाली कन्चनपुरको भूमि पशुपालन गर्ने चुरे भावर क्षेत्र हो | यहाँको चुरे पहाडबाट नेपाल भारतको सिमाना २/४ घन्टामै छिचोल्न सकिन्छ | डगौरा थारुहरु दांग देउखुरका आदिवासी हुन् | आदिवासी नभएपनि जे जस्तो इतिहास रहेपनि दांगबाट बसाई सरेर आएका डगौरा थारुले यहाँको पशुपालन क्षेत्रको रुपमा रहेको निख्खर बाँझो जमिन जोतेर खेति योग्य बनाएको ,बन्य जनावरको आतंक औलो सरोटोसँग पौठे जोरी खेल्दै कैलाली कन्चनपुरका बडायक ,राउत ,कठरियासँगै मिसिएर दु:ख सुख्ख काटेको कारण डगौरा थारुहरुको पनि सम्मान गर्नै पर्छ | यही जोत खन गरेको यिनको जग्गा पंचायत सरकारले डोटी तथा वर्तमान कैलाली अलाड़ जन्मथलो भएका मन्त्री खडक बहादुर सिंहको पालामा २०२१ सालमा कैलालीमा र २०२४ सालमा कन्चनपुरमा जग्गा नापी गरेको थियो | जग्गा नापी मार्फत जसले जति जोत खन गरेर जग्गा बनाएको थियो, त्यो उसैको नाममा दर्ता गरिदियो | यस पछि ती कैलाली कन्चनपुरका जग्गा धनि पुर्जा भएका नागरिक बनेका हुन् | यही जोतेको कारण यहाँको आदिवासी हुन् भनेर भन्न मिल्दैन इतिहासलाई बंग्याउँनु पनि हुँदैन् | त्यो भन्दा पुरानो इतिहास पनि हेर्नु पर्छ |
कैलाली कन्चनपुरमा जग्गा नापी गराउँने पन्च मन्त्री खडक बहादुर सिंहले टिकापुर पार्कको व्यवस्था गरेका थिए | यी पन्च मन्त्री, राजा महेन्द्र र पंचायतका निकै बफादार मानिन्थे | यिनको रचनाको पन्च गीत यस्तो थियो |
गाउँपन्च ,जिल्लापन्च, अञ्चलपन्च अनि |
राष्ट्रिय पंचायत हो चार तहले बनि ||
गाउँ घरको विकास होला भन्ने सबै जानी |
सरकारपनि खडाभयो पन्चमध्ये छानी ||
आहाकति दरिलो ,अहाकति हरिलो पन्चैकोसरकार |
ए बैनी ढुंगाफुटाल, हो दाजु फरुवा उचाल, मेची महाकाली मुलबाटो निकाल |
यो बाटोले पिरतीको मूलफुटाउला, छरिएका नेपालीको भेट गराउला
इलामको कान्छा तन्नेरीले,बैतडीको कोइ कान्छीको मन उडाउला ,ए बैनी ढुंगाफुटाल, ओ दाजु फरुवाउचाल... यो उनको जनजागरणको गीत थियो |
कैलाली कंचनपुरमा जग्गा नाप - नक्साको इतिहास
बि.स १९९० साल भन्दा पहिले जिम्मावाल ,बिर्ता, तप्पा र रैकर भनेर भोगचलन हुने गरेको जग्गा बि.स १९९० र २०१३ सालमा दुई पटक कैलालीमा मौजा नापी गरेर यहाँ देखि त्यहाँ सम्मन खोला नाला स्थानलाई सिमाना मानेर विभिन्न व्यक्तिलाई मौजा दिईएको थियो | १९९० को मौजा नापीको खासै आधार नभेटिए पनि २०१३ को मौजा नापीका केही नापनक्सा भएका आधार कैलालीमा भेटिन्छन् | बि.स २०२१ सालमा कैलालीमा जग्गाको नापनक्सा गरेर भोग चलन गर्नेको नाममा जग्गा हालिएको हो | भने कन्चनपुरमा मौजा नापी भएको थिएन् | कन्चनपुरमा बि.स २०२४ सालबाट जग्गा नापनक्सा गरेर भोगचलन गर्नेको नाममा जग्गा हालिएको हो | यसै समयबाट कैलाली कन्चनपुरका किसानहरु जग्गा धनि बनेका हुन् | त्यो समयमा मालपोत र नापी कार्यालय राजस्वसँग सम्बन्धित भएकोले अर्थमन्त्रालय अन्तर्गत राखिएको थियो |
कैलाली कन्चनपुरमा पहिलो निर्वाचन
कैलाली कंचनपुरको पहिलो जननिर्वाचनमा रहेको जनसंख्याको कुरा गर्दा यहाँको जनसंख्या त्यो समय न्यून देखिन्छ | किन भने यहाँ स्थाई रुपमा बसोबास गर्ने मान्छे धेरै कम थिए | २०१५ सालको आम निर्वाचनमा मुलुकभर १ सय ९ क्षेत्र थिए । जसमध्ये अहिलेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (कर्णाली पश्चिम) मा ९ वटा निर्वाचन क्षेत्र मात्र थिए । ती ९ वटा मध्ये कैलाली र कन्चनपुरमा एउटा मात्र निर्वाचन क्षेत्र थियो । जहाँबाट नेपाली कांग्रेसका नेता मुसिकोटे कल्याल लोकेन्द्रबहादुर शाह निर्वाचित भएका थिए । त्यतिबेला कैलाली कन्चनपुरमा खासै स्थायी बसोवास थिएन् । पहाडबाट धेरै जस्ता पशुपालक र सिकारीहरु यहाँ गोठ बनाएर अस्थाई रुपमा बस्थे भने भारतबाट अहिर भनिनेहरु अहिलेका राउटेजस्तै फिरन्ता जीवन बिताउँदै कहिले काहिँ यस भू–भागमा आँउथे । यो भू–भागमा सबैभन्दा पहिले खेतीपाती लगाएर स्थायी रुपमा घर टहरा बनाएर बसोवास गर्ने बडायक, राउत, राना र कठरियाथारु हुन् | त्यसपछि क्रमिक डगौराथारु र सुदूरपश्चिमको पहाडी समुदायका पहाडका मान्छेहरुनै हुन् । त्यसपछि क्रमिक सबैको आगमन भएको हो | आज चारजात छतीस बर्णको साझाफुलवारी भएर रहेको यो सुदूरपश्चिम हामी सबैको साझा भूमि बनेको छ | हामीले मिलेर बस्नु मिलेर रमाउँनु पर्छ | आदिवासीको हिसाबले कुरा गर्ने हो भने डगौरा थारुहरु पहाडीया भन्दा निकै पछि कैलाली र कन्चनपुरमा आएका हुन् र बसोबास गर्न थालेका हुन् । खासगरी धेरैजसो दगौरा थारुहरु २०२१ सालमा चलेको जग्गा नापी र विश्व स्वास्थ्य संगठनको सहयोगबाट भएको मलेरिया तथा औलो उन्मुलनपछि कैलाली कन्चनपुरमा बसोवास गर्न थालेका हुन् । थारुहरु सँग-सँगै मुलुकका सबै जिल्लाका मान्छेहरुको बसोवास कैलाली कन्चनपुरमा हुन् थाल्यो । यो बसाई सराई हुँदै बृदिभएको थप जनसंख्याले यहाँको वनजंगल जंगली जनावर व्यापक रुपमा सकिदै र नासिदै गए | २०४० साल यता पूर्व-पश्चिम राजमार्ग बने पछि यहाँ बसाई सरेर आउँनेको संख्यामा अझै बृदि हुँदै गयो | २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सक्रियतामा पूर्व-पश्चिम राजमार्गको निर्माण सम्पन्न भएपछि र कर्णालीनदीमा पूल बनेपछि कैलाली कन्चनपुर क्षेत्रमा शहरीकरण सुरु भयो । मुलुककै आकर्षक बसोवास स्थलका रुपमा यो क्षेत्रको विकास भयो ।
नेपालमा संघीय राज्यको बिषयमा कुरा उठे पछि मुख्य तया माओबादी युद्द पश्चात आफ्ना अधिकारका लागि आफ्नो पुर्खेउली थात - थलो खोज्न थालियो | माओबादी युद्दको समयमा कैलाली कन्चनपुरका थारुहरुलाई उनको बस्ति भएको स्थानमा उनको राज्य हुने भनेर उस्काहट गरिएको थियो | थारुहरुलाई विभिन्न सपना देखाईएको थियो | इतिहासको बास्तबिकता बुझिएको थिएन | हल्का रुपमा बुझ्नेहरुले कैलाली कंचनपुरलाई आफ्नो उत्पति थलो आफ्ना बाबु बजेको बिर्ता देख्न थाले, यो आफ्नो पुर्खाको बिर्ता भएको आफू त्यहाँको भूमि पुत्र भएको भन्दै गलत तर्क गर्न थाले | यही समयमा प्रदेशको सीमांकनको समाचार दिने क्रममा केही मिडियाहरुले वास्तविक इतिहास र सत्यता नबुझेर इतिहास नबुझेका व्यक्तिको कुरालाई आधार मानेर कैलाली–कन्चनपुर भनेको थारुकै पुरानो थातथलो हो भन्ने गलत प्रचार बाजी गरे । आई.एल.ओ.महासन्धि अनुसार आदिवासीको लागि व्यवस्था गरिएको अधिकारको पैरवी गर्नेहरुले थारुहरुलाई गलत सपना बाँडे एन.जी.ओ./ आई.एन. जी. ओ. यिनै बिषयमा सचेत गर्न थारु बस्तिका गाउँ घर छिरे तर यहाँको वास्तविक इतिहाससँग सम्बन्धित यो भूगोलको आदिवासी मानिने तत्कालिन डोटी राज्य अन्तर्गतका डोटी डडेल्धुराको मान्छेलाई जागरुक गर्ने कुनै पनि संघ-संस्था भएन किन भने ती जनजाति भित्र परेनन् र गलत आफ्बाह फैलाउँनेहरुको नजरमा आदिवासी पनि भएनन् |
वास्तबमा भन्ने हो भने, डगौरा (चौधरी ) थारुहरुको थात थलो भनेको दाङ - देउखुरको आसपास हो । किवदन्ती अनुसार त्यहाँका दैङीशरण भन्ने थारु राजालाई सल्यानी राजाले बन्दी बनाएर दाङ कब्जा गरेको बताईन्छ । दंगीसरणराजा हुन् वा त्यहाँका थारुबस्तीका बड्घरमानिने स्थानिय प्रशासन चलाउँने प्रशासक हुन् त्यो पुस्टि हुने आधार छैन तर सल्यान राज्यअन्तर्गत रहेको दाङलाई बहादुर शाहले नेपालमा मिलाएका हुन् । जहाँसम्म कैलाली–कन्चनपुरको कुरा हो, यहाँका केही गाउँ ,टोल क्षेत्रमा जातिय जनसंख्या कमि र बेसी कुनै जाति बिशेषको होला तर अधिकांस गाउँ, टोल क्षेत्रमा थारुहरुको बाहुल्यता छैन् | राष्ट्रिय जनगणना २०६८ अनुसार कैलाली, कंचनपुरमा जातिय जनसंख्याको कुरा गर्ने हो भने कैलाली कन्चनपुरको जम्मा जनसंख्या १२ लाख २६ हजार ९ सय ५७ हो | यस मध्ये कैलाली कन्चनपुरमा राना र डगौरा थारुहरुको मात्र जनसंख्या ४ लाख ३७ हजार ९ सय ९६ छ | रानाथारु कैलाली कंचनपुरको आदिवासी हो र उसको माग थरुहट राज्य छैन् | उसले आफ्नो अधिकार र पहिचान मात्र खोजेको भेटिन्छ | यस कारण थारुको यो जनसंख्यालाई रानाथारु र डगौराथारुमा छुट्टयाउँदा डगौरा (चौधरी) थारुको मात्र जनसंख्या २ लाख ७१ हजार ५ सय ८३ छ, त्यस्तै कैलाली कन्चनपुरका रानाथारुको जनसंख्या १ लाख ६६ हजार ४ सय १३ छ भने अन्य समुदायको जनसंख्या ७ लाख ८८ हजार ९ सय ६१ छ |
यो अवस्था रहेको कैलाली कंचनपुरमा जातिय सामाजिक सद्भाव बिगार्दै एउटा जातिको नाममा थरुहट राज्य हुनु पर्छ भन्नु मुर्खतापूर्ण माग हो | किन भने यहाँको इतिहास माथि बताई सकिएको छ | ऐतिहासिकताको आधारमा भन्ने हो भने यो क्षेत्रको भूमि डोटी राज्यसँग सम्बन्धित राजा /रजौटाहरुको विर्ता थियो | अहिले के देखिरहेको छ भने जो जसले २०३६ साल वा त्यसभन्दा केही वर्ष अघि पछि कैलाली कंचनपुर प्रवेश गरेर नागरिकता लिएका छन् । तिनीहरु नै आदिवासीको आधिकार चाहियो भन्दै बढी आन्दोलित भएका छन् । थारुको हकमा त्यही देखिएको छ । कैलाली कन्चनपुरमा दाङबाट २०२१ साल अघि आएका थारुहरु पहाडियासँगै मिलेर बसेका छन् । २०३६ सालसम्म आएका थारुहरु पनि सहिष्णु छन्, तर त्यसपछि आएका संकुचित दृष्टिकोण राख्ने राजनैतिक जातिय अधिनायकवादको दिवासप्ना देख्ने कैलाली र कन्चनपुरका थारुहरुलाई भने आदिवासीको अधिकार र अग्राधिकार (केही अवधी सम्मन राज्यका हरेक निकायमा जातिय नेतृत्व गर्ने अधिकारको व्यवस्था) सहितको जातिय छुट्टै थरुहट राज्य चाहिएको छ । आज यिनै बढी आन्दोलित छन् | यिनैले सोझा साझा थारुहरुलाई आन्दोलित हुन् सामाजिक सद्भाव बिगार्न विभिन्न खाले भ्रम फैलाई रहेका छन्, | यसलाई नेपालका नेता भनौदा आफू संगठित राजनैतिक पार्टीसँग थरुहट र मधेशी शब्द जोड्नेहरु मध्ये केहिले आफ्नो राजनैतिक स्वार्थको लागि मलजल गरिरहेका छन् |