"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

 
==क) पौराणिकपक्ष:===
पौराणिक ग्रन्थहरुमा उल्लेख भएको सौर्यनदी ,गंगा नदीको उत्तरी तटीय क्षेत्रमा अवस्थित कैलाली कंचनपुर घना वन-जंगलले ढाकिएको क्षेत्र हो | पौराणिककाल देखि पशुपालन गर्ने यो वन-जंगलक्षेत्र आजको होइन, यसको प्राचीन र पौराणिक इतिहास छ | प्राचीन कालमा सूर्यवंशी राजा मनुका दश छोरा मध्ये प्रिषध नाम गरेका कान्छाले गुरु बशिष्ठका गाईको सुरक्षाकोलागि नियुक्त भएको समय अँधेरी रातमा भूलवस बाघ काट्न प्रहारगरेको तरवारले गुरुवशिष्ठका नन्दिनी (गाई) अन्जानवस काटेको र त्यसै दिन देखि उनि भुलवस भएको गल्तीले अधम क्षेत्री पनि नभई सूद्रजातिको भूल जाति भएको देखत भूली तथा भुली गाउँ पनि यही ठाउँमा छ | यही भूल (चमार) जातिका शाखा मानिने केही तराईका जातिले आफू भूल तथा चमार भन्नाको कारण पनि यही यो | यहाँ अयोध्यापति राजा दिलिपले आफ्नो कुलको प्रतिष्ठाको लागि नाम चलाउँन सक्ने कुलका प्रख्यात पुत्र रघुवंशी रघुको प्राप्ति होस् भनेर कुलगुरु वशिष्ठका गाई चराएका थिए | आयोध्यपति राजा राम्रको पाँचवटीवन पनि यही पूर्वकर्णाली नदी र पश्चिम महाकाली नदीको बीचमा अवस्थित वन-जंगल थियो | यहाँका डाँडाखोला चौर पर्गंनाहरु तिनका रमाउँने स्थान थिए | भगवान कृष्णका गाई यो भूमिबाट दक्षिण पर्ने मथुरामा मात्र घाँस-पातको खोजीमा बिहार गर्दैन थिए | ती गाई र गोला(गोठाला) पनि यो भूमिमा समय समय आईपुग्थे यहाँका वन-जंगल डाँडा पहाडमा पनि सयल गर्दथे | त्यसैले यहाँ कृष्णको कुलमानिने यदुवंशी/ चन्द्रवंशी राजाका वंशज पनि छन् | भगवान मर्यादा पुरुष राम र कृष्ण यहाँ आएको कुरा पुराणहरुमा पनि वर्णन गरिएको छ | अयोध्याका राजाको कुलसँग सम्बन्धित बेलौरी दक्षिणमा पर्ने कुनै समयको रानीवन क्षेत्र कैलालीको राजघाट जहाँ राजाको सैन्य मुकाम हाँत्ती घोडा राखिने गरिन्थ्यो र त्यहाँको राजघाटनदी (वर्तमानको कान्द्रानदी), रामशिखरझाला जहाँ भगवान रामको शिखर यात्राको क्रममा झाला परेको थियो, त्यो स्थानको नामबाट बनेको रामशिखरझाला र त्यहाँ सीताको नामसँग सम्बन्धित सीताकुंड, भजनी क्षेत्रको रजबाडा/रजवारा जस्ता नामाकरण पनि त्यही पौराणिक कालखण्डमा नामाकरण भएका स्थानहरु हुन् | हाम्रा वैदिक धर्मग्रन्थ मानिने पुराणहरु पनि यिनै भूगोलमा टेकेर यिनै भूमिको वर्णन गर्दै उत्तरी क्षेत्रमा पर्ने पहाडी हिमाली क्षेत्रमा ध्यानमग्न भएर तत्कालिन बेद्ब्यास, ऋषिमुनी, महात्माहरु द्वारा लेखिएका थिए | वैदिक कालमा भनौ वा पौराणिक कालमा भनौ यो भूमि देवी-देवताहरुको तपोभूमि ,विहारभूमि ,मन्त्रणाभूमि थियो | शिवमहापुराणमा बर्णन गरिएका देवताहरुको युद्द यही सुदूरपश्चिमको बाझांग, डोटी क्षेत्रहुँदै बग्ने सेतीनदीको दक्षिण-पश्चिम क्षेत्रमा रहेका कार्तिकेय गणका देवता र सेतीनदी पूर्व-उत्तर क्षेत्रमारहेका मस्टो गणका देवतामा आधारित घटना परिघटनामा केन्द्रित भएर लेखिएको छ | मस्टोको उग्ररुपलाई खपरे(तारकासुर) दैत्य भनिएको छ | शिवमहापुराणमा वर्णित बज्रांगको नामबाट बाझांग जिल्लाको नामाकरण भएको हो | बज्रांगको कोखबाट ताराकासुरको जन्म भयो भने बझांग जिल्लाको कोखमा मष्टा देवताको उग्ररुप मानिने दाड़े/खापर मष्टाको जन्म भयो | बज्रांग र बाझांग एकै भए जस्तै ताराकसुर र खपरे/दाड़ेमष्ट एकै हुन् | बर्तमानको सुदूरपश्चिमको भूमि स्वर्गभूमि हो | स्वर्गका राजा इन्द्रको राजधानी खप्तड हो | त्यहाँ स्वर्गका राजा इन्द्रको दरवार थियो | इन्द्रको यो दरवार र उनको सम्पूर्ण सम्पति खपरे(ताराकसुर) गणले लुटेर उनको दरवार नस्ट गरेर इन्द्रलाई त्यहाँबाट लखेटेका हुन् | त्यस पछि त्यहाँ खापरेको राज्य भयो | मष्टा गणका उग्ररुप मानिने खापर त्यहाँ स्थापित भएपछि खापरेको नामबाट खप्तड नाम रहन गएको हो | इन्द्रलाई लखेटेपछि खप्तडमा रहेका शिव र पार्वतीलाई खापरेले जेल हाल्यो जेलमा परेको कारण यिनको तिथि कार्तिक शुक्ल चतुर्दशीमा यिनको जाँत नहुने भयो अझै शिव र पार्वतीको ढुंगाको शिला त्यहाँ देख्न सकिन्छ | शिवमहापुराणको अध्यन गर्दै यहाँको वस्तुस्थितिसँग मेलखाने बिषयको तुलना र सेतीनदी पूर्व र पश्चिमको सामाजिक धार्मिक इतिहास खोतल्ने हो भने, शिवपुराण यही माटोमा लेखिएको प्रस्ट हुन्छ | अयोध्यपति भगवान रामसँग युद्द गर्न जवाल-सवाल गर्ने अनि लडाई गर्न ललकार्ने परशुरामको तपो भूमि पनि यही भूगोलको उत्तरी क्षेत्र महाकाली नदीको पुर्बी तटमा भगवान परशुराम कुण्डको रुपमा चर्चित छ | शिव महापुराणमा वर्णित हाम्रा वैदिक देवगण (मोहन्याल ,बेताल, केदार ,मलिकार्जुंन, भागेश्वर, मंलेश्वर लटिनाथ,लाटो ,गन्याप) जसले अवैदिक असुर मानिने खपरे /ताराकासुर पक्षका गणलाई युद्दमा परास्त गरेर बध गरेका थिए .| त्यो भूमि पनि यही भूमि थियो | यो कुरा हाम्रा धर्म ग्रन्थका पुस्तक र वैदिक देवगणको इतिहासबाट पनि पुष्टि हुन्छ | यहाँका वैदिक देबी-देवताहरु पनि तिनै आयोध्यपति राजाका वंशजका देबी देवता थिए र छन् | कैलाली जिल्लाको उत्तरी अग्लो पहाडी डाँडामा स्थापित स्वामी मोहन्याल देवताको जात्रामा दशौ हजार मान्छेले पानी पिउने र त्यहाँ पुजा पाठकोलागि आबस्यक पर्ने पानीको न्वालो भगवान रामले त्यहाँको पहरोमा बाँण हानेर पानी निकालेका हुन् भन्ने पौराणिक मान्यता भएको यो स्थान र यसको दक्षिण तर्फमा रहेको ढुंगाको ओराडभित्र ढुंगाको चट्टानमा शिव ,पार्वतीका मुर्ति यसको केही पूर्व सिद्दको स्थान ,बाघको आकृतिको ढुंगाको चट्टान पनि यही छन् | कैलाली र कंचनपुरका समथर मैदानी भूमिमा डोटी र डडेल्धुराका नागरिकहरुका मुख्य देवताहरु प्राचीन कालदेखि उत्तर दक्षिण भूगोल भागबण्डा गरेर पूर्वमा कर्णालीनदी देखि पश्चिममा महाकालीनदीसम्म स्थापित छन् | यिनै मोहन्याल, ग्वंशी,समैजी .सिद्द्नाथ ,बैजनाथ जस्ता देवताको नामले पूर्वमा कर्णालीनदी देखि पश्चिम महाकालीनदीसम्म दक्षिणमा मोहना भारतको सिंगाही सम्मन सिमाना बिभाजन गरिएको छ | पूर्वकर्णालीनदी देखि पश्चिम महाकालीनदी सम्मनको क्षेत्र हेर्न स्थापना गरिएका गुरु वशिष्ठका सन्तान कौडिन्य गोत्रीय ब्राह्मणको हात र वैदिक मन्त्र बाटै पूजिने "स्वामी कार्तिकेय मोहन्याल " देवता तिनै आयोध्यपति राजाका वंशजले स्थापना गरेका देवता थिए | यिनको मुख्य स्थान कैलाली जिल्लाको मसुरिया देखि उत्तरी पहाडी डाँडामा सिंहासनको नामबाट परिचित छ | ग्वंशी समैजी पनि यिनैसँग सम्बन्धित वैदिक देवता हुन् | यहाँका सिद्दनाथ, बैजनाथको नामबाट परिचित देवता पनि पौराणिक कालमा स्थापित वैदिक देवता हुन् | ग्वंशी समैजी देवता कंचनपुर जिल्लाको कृष्णपुर् गाउँ विकास समितिको उत्तर मालुबेलामा छन् र त्यो भन्दा माथि ग्वंशी समैजिको मूल स्थान मछेलिमा छ | ग्वंशीको एक प्राचीन शिला १२ वनको दैद्वारीमा छ | यहाँको गोदावरी तीर्थ स्थल क्षेत्र वरपर प्राचीन शिवको शिला र देवी देवतासँग सम्बन्धित धेरै वस्तुहरु छन् |
दक्षिण हंसुलिया क्षेत्रमा मोहन्याल देवताका नाममा स्थापित थान र घाँट अझै भेटिन्छन् | इतिहासको बिषयमा कलम चलाउँने डा.देबी ओझाले मोहन्यालको नाम लेखिएको घाँट हसुलियामा २०३६ सालमा भेट्नु भएको थियो | पूर्व कर्णालीनदी देखि पश्चिम शिवगंगासम्म "मोहन्याल" देवताको भूमि मानिन्छ | शिवरुपी बेहड़ाबाबा पनि यही भूमिमा छन् | शिवगंगानदीको माथि पहरोमा नौवटा मूल भएको नौमूले भन्ने स्थान छ | तीन वटा नदी मिलेर बनेको यो शिवगंगाको इतिहास बाहिर ल्याउँनुपर्ने आवस्यकता छ | यहाँको शिवगंगानदी तीर्थ स्थल हो | यहाँ छिमेकी मुलुक भारतबाट माघे सक्रान्तिमा नुहाउँन आउँनेहरु भेटिन्छन् भने हाम्रो समाज यसको बारेमा अनभिज्ञ जस्तै बनेको छ | शिवगंगा देखि पश्चिम मछेलीसम्मन "ग्वंशी समैजी" को भूमि मानिन्छ | मछेली देखि बेतकोट दैजीसम्म "बैजनाथ"को भूमि मानिन्छ | बेत्कोट देखि महाकालीसम्मन "सिद्धनाथ"को भूमि मानिन्छ | यिनै आधारले गर्दा यो भूमि पौराणिक मान्यता र इतिहाससँग सम्बन्धित भूमि हो |
यसै कारणले मोहन्याल, समैजी, ग्वांशी समैजी ,सिद्दनाथ ,बैजनाथ देवताहरुको नामबाट कैलाली र कंचनपुरका धेरै बिद्यालय, क्याम्पस ,सामुदायिक वन र सहकारी संस्थाहरुको नामाकरण भएका हुन् | जुन स्थानमा जुन देवताको महत्व छ,जुन देवताको भूमि हो, त्यहाँ ती देवताको नामबाट तिनका मन्दिर र सार्वजनिक स्थलको नाम राखिने हाम्रो मान्यता भएकोले यिनै देवताको भूगोल मानिने कैलाली र कन्चनपुरमा यिनैको नामबाट बुज्रुक्क महानभावहरुको पहलमा सार्वजनिक स्थलहरुको नामाकरण गरिएको कुरा यहाँहरुको अगाडी जगजाहेर छ |
ख)= पुरातात्विक तथा ऐतिहासिकपक्ष :=
कंचनपुर जिल्ला शुक्लाफांटा आरक्ष भित्र भताभुंग अवस्थामा खण्डहरको रुपमा रहेको सिंह पाल, कनचनपाल राजाको दरवार तिनै आयोध्यपति शौनक गोत्रीय ,सूर्यवंशी रघुकुलका रघुवंशी जाट पाल राजाका वंशजको दरवार थियो | कंचनपुर जिल्ला कृष्णपुर् गाउँ विकास समिति मालुबेलाको उत्तरमा पर्ने सानो डाँडाको टाकुरोमा तारागडी भन्ने स्थान खण्डहरको रुपमा रहेको छ, यो तारागडी तत्कालिन पाल राजाले युद्दको लागि सुरक्षित किल्लाको रुपमा सम्बत १२५० - १३७० को बीचमा गडी भनेर स्थापना गरेका थिए |
अयोध्यसँग सम्बन्धित भएका, मथुरासँग सम्बन्धित भएका वैदिक देबीदेवता मान्ने वैदिक आर्यन होउन वा गुंगेपुरांग ताकलाखार हुँदै जुम्ला आएको नागराजको वंशजसँग सम्बन्धित भएका मस्टो अन्तर्गतका देबीदेवता मान्ने खस आर्यन होउन यिनका बीचको एक आपसको युद्दले गर्दा कुनै कालखण्ड एकको त् कुनै कालखण्ड अर्काको गरि तिनकै राज्यभूमि भएको यो क्षेत्रमा कहिले वैदिक आर्यन त् कहिले खस आर्यनबाट राज्यसत्ता चल्दै आएको थियो |
भारतखण्ड, मानसखण्ड, केदारभूमिको इतिहासको जगमा हुर्केका यहाँका आदिवासी मानिने कैलाली कंचनपुरको भूमिसँग विभिन्न किसिमले नाता सम्बन्ध गाँसीएका डोटी राज्यका डोटेली नागरिकहरुको प्राचीनकाल देखि सिकार खेल्ने र पशुपालन गर्ने क्षेत्र कैलाली कंचनपुरको भूमि हो | डोटी डडेल्धुराका हजारौ मान्छेका हजारौ गोठ गोठेरीहरु यहाँका वन-जंगलहरुमा हुने गर्दथे | तत्कालिन अबस्थामा स्कुल थिएनन् | पढाई लेखाई थिएँन् लाटो जमाना थियो | पशुधनलाई ठूलो धन मानिन्थ्यो त्यसैले जुन मान्छेका भैसी धेरै हुन्थे , त्यो मान्छे खोला रोडा गाउँ घरको धनि मानी मान्छे हो भनिन्थ्यो | त्यो समयमा मान्छेहरु पशुपालन तथा भैसीमा लगानी गर्थे | भैशी पालन तिनको मुख्य रोजगारी मानिन्थ्यो | भैशीको घिउ बेचेर नगद आम्दानी गर्दथे, घिउ बेच्नको लागि पनि सबै ठाउँमा बजार थिएँन् | पश्चिममा भारतको टनकपुर पूर्वमा बर्दियाको राजापुरमा लगेर घिउ बेचेर नगद धन थुपार्थे | डोटी राज्यकालमा भैसी तथा पशुपालन गर्ने गोठाला भनिएकाहरु तत्कालिन डोटी राज्यकालका डोटी र डडेल्धुराको भूगोलमा बसोबास गर्ने ब्राह्मण, ठकुरी ,छेत्री ,बैस्से ,दलतिहरु थिए | पहाडबाट गाई - भैसी तराई (माल)मा झार्दा कैलाली उत्तरमा पर्ने मोहन्याल गौडोमा कलेल जातिको मान्छेले सबै भन्दा पहिले त्यहाँ दुध हालेर गौडो खुलाउँनु पर्ने अनि सबैले गाई -भैसी तराई(माल) झार्न पाउँने हुन्छ | त्यस्तै कंचनपुर झलारी उत्तरमा पर्ने मुड्का जाँतमा डडेल्धुराका नागरिकहरुले हिउँद भरी गाई-भैसी मालमा रहँदा कुनै रोग ब्याधि आग-बाघ लागेन राम्रो भयो भनेर खुसि हुँदै मुड्का भनिने स्थानिय देवतालाई पहाड फर्कदा धुपबत्ती र पूजागर्दै पहाड उक्लने चलन तल्ली मल्लि माल-मधेसमा पशुपालन गर्न आउँदा जाँदाका पुराना मान्यतामा आधारित चलन हुन् | यी कुरा यहाँका इतिहास हुन् |
वर्तमानको कैलाली जिल्लाको भूमि बोगटान तप्पा र प्रतिहार तप्पा गरि दुई खण्डमा बिभाजन गरेर दुई नामले चिनिने गर्दथ्यो | बोगटान तप्पामा डोटी क्षेत्रमा राज्यगर्ने सिंहँदेव पाल, ब्रह्मदेव पाल, जगति पाल, निरयपालका वंशज मानिने शौनक गोत्रीय ,सूर्यवंशी रघुकुलका ठकुरी बोगटी रजवार/ बम ठकुरीहरुको राज्य थियो | यो तप्पामा चौधरी महादेव, चौधरी बालासिंहको मौजा र जिम्दारी चलेको थियो | चौमालाको पुर्ब उत्तरको टाकखोला, राजिपुर गाउँ र मंगलपुर् गाउँको बीचबाट बग्ने गौरिगंगा नदी देखि पूर्व कर्णालीनदी र दक्षिण मोहनासम्मनको भूमि बोगटान तप्पामा पर्दछ | डोटी बोगटानसँग सम्बन्धित यो भूमिको पश्चिममा पर्ने प्रतिहार तप्पामा डोटी बोगटानका भानादेव /झापरदेवका वंशज मानिने गौतम गोत्रीय चन्द्रवंशी प्रतिहार चन्दको भूगोल मानिन्थ्यो | यो प्रतिहार तप्पाको उत्तरमा पर्ने खैराला गाउँ विकास समिति अन्तरगतको गर्भ गाउँमा राणा प्रधानमन्त्री जुद्द शमशेरको पालामा बि.स १८८९ /९० मा निर्माण भएको गर्भ दरवार छ | यस्तै दरवार चौमालामा पनि थियो | चौमलाको दरवार भत्कीसक्यो यसको नाम निसाना छैन | प्रतिहार तप्पा गौरिगंगानदी देखि पश्चिम कैलाली कंचनपुरको सिमाना मोहनासम्मन हो | मोहनानदीको नामाकरण पनि मोहन्यालको नामबाट भएको हो, भने त्यो भन्दा पश्चिम बर्तमानको कंचनपुर मानिने तथा रैका तप्पामा रैका मल्ल /शाह राजाको शासन थियो | रैका भन्ने शब्दबाट रैकावर/रैका तप्पा नामाकरण भएको हो | दार्चुलाका मलिकार्जुन देवतासंग सम्बन्धित छिपलो (रैका) रैकर उठाउँन माल थली गएको मौकामा मलिकार्जुनले छिपलाकी श्रीमती लगे भन्ने किवदन्ती रैकाले छोएको स्थान असुद्द ठानी मलिकार्जुन देवता शिखरमा गएर बसे भन्ने मान्यता यही रैका राजाको रैकवारसंग सम्बन्धित इतिहास हो |
मोहनानदी देखि पश्चिम रैकातप्पा महाकालीनदी सम्मनको भूमिमा पर्दछ | कैलालीको मालवर भन्ने नाम पछि आएर नामाकरण भएको हो | राणा राज्यकालमा त्यो भूमिमा पनडौंनका धनसिंह मल्ल, मेघसिंह मल्लहरुको जिम्दारी चल्यो, डोटीबोगटानका मल्लहरु जिम्दार बने तब तिनको नामबाट मल्लको मल्वार भनिएको थियो | यो क्षेत्रमा मल्लहरुको जिम्दारीको अवशेष अझै पनि छ |
 
==संपर्क गर्न==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/550485" बाट अनुप्रेषित