"सङ्खुवासभा जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
|होंच उचाई =
|जनजातीहरू = [[बाहुन]], [[क्षेत्री]], [[राई जाति|राई]], [[भोटे]] [[मगर]] [[गुरुङ]]
|भाषाहरू = [[नेपाली]],[[मगर भाषा|मगर]] [[राई भाषा|राई]] [[गुरुङ भाषा|गुरुङ]]
|माविसु = २८
|टेलिफोन कोड = ०२९
पङ्क्ति २५:
 
==जिल्लाको ऐतिहासिक पृष्ठभूमि==
वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्व रहदै आएको छ। सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान [[सिद्धकाली मन्दिर|सिद्धकाली]] जस्ता पौराणिक महत्व भएको स्थलहरूले सोको प्रमाणित गर्दछ।
 
एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो। किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरूमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरूको नामाकरण (हटियागोला गढि बजार र चैनपुर गाबिसको लोहाकोट आदि)ले पुष्टि गर्दछन्। जस अनुसार गढि तथा कोटमा शासकहरूको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो। हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई खादबारी १ ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरू त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन्। यस्ता गढि गोला तथा कोतहरूमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए।
 
नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघुराना लिम्वूको नेतृत्वमा गोर्खाली सेनाहरू र किराँत राज्यका कांगेसोरेको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरूले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाइन्छ। राणाकालमा यो क्षेत्र [[धनकुटा जिल्ला|धनकुटा]] गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो। त्यसताकाका वस्तीहरूलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरू दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि [[वाना गाबिस|लिङलिङ,वाना]] दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे।
 
==भौगोलिक अवस्था==
पङ्क्ति ४८:
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने [[सभापोखरि।संखुवासभा]] [[सिद्धपोखरी।चैनपुर]],पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
 
यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू [[मनकामना मन्दिर|मनकामना तुम्लिङटार]] मन्दिर, बानेश्वर महादेव, [[सिद्धकाली मन्दिर |चैनपुर]], [[बालेश्वर शिवलिङ्ग |खराङ]], [[सभापोखरी |बाह्रबिसे]], खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), [[मकालु-बरूण राष्ट्रिय निकुञ्ज]], लालीगुराँस संरक्षण क्षेत्र, [[अरुण उपत्यका]], मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।
 
[[सन्दर्भ]]
पङ्क्ति ९३:
[[श्रेणी:नेपालका जिल्लाहरू]]
[[श्रेणी:नेपाल]]
 
== सन्दर्भ ==
{{reflist}}