"विकिपिडिया:लेखन शैली" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४:
==शब्दको लघुरुप==
==''इटालीक्स'' : शब्द ढल्काइ लेख्ने==
'''दुङमा नाम कसरी रहन गयो''' मिथक दुङमा नाम कसरी रहन गयो त भन्ने प्रश्नमा विभिन्न ऐतिहासिक र पौराणिक कथा, मिथक समेत अध्ययन, खोज अनुसान्धन गरिएको थियो । अन्तमा शोधकर्ताहरु पौराणिक कथा सँग मात्र नजिक पुगिन्ने निकर्षका साथ यो दुङमा नाम यसरी भएको हो भन्न कर लाग्यो । कुनै समयमा भोजपुर (माँझ किरात) र धनुकटाको सीमानामा अवस्थित अरुण उपत्यकामा एउटा राक्षस बस्ने गर्दथ्यो । यो राक्षसले जहिले पनि यो गाँउका केटा केटीहरुलाई मार्ने र खाने गर्दथ्यो । लगभग यो गाँउ र वरिपरिका बालबच्चाहरु नै समाप्त हुन थाले पछि । त्यहाँका आसपासका मानिसहरु कचहरी बसी आफ्ना बालबच्चाहरुलाई राक्षसबाट कसरी बचाउन सकिन्छ भनि सल्लाह गरे । अन्तमा गाउलेहरुले बालबच्चालाई बचाउन एउटै मात्र उपाय निकाले त्यो राक्षसलाई मार्ने । त्यसका लागि बलवान र जनापा (जान्ने बिजुवा) को आवश्यकता पर्दथ्यो । त्यसका लागि व्यपाक जनापाको खोजी हुन थाल्यो । उनीहरुले भोजपुर जिल्लाको कटुञ्जे भन्ने ठाँउमा एक शक्तिशाली जनापा (जान्ने बिजुवा) फेला पारेछन् । उनी बान्तवा राई थरका जनापा रहेछ । उस्लाई आफ्नो गाउमा भएको विध्वशं र बाल बच्चाहरु राक्षसले मर्ने गरेको सुनाए र जनापालाई राक्षस मारिदिनको लागि अनुरोध गरे । बिजुवा धेरै शक्तिशाली थियो र त्यो राक्षसलाई सजिलै मारिदियो ।
जव बिजुवा राक्षसलाई मारेर हालको ठुलोदुम्मा वार्ड नं. ४ मार्ताङ हुदै आफ्नो घर फर्कदै थियो । उस्का केनछरीहरु चउ दुङमा भन्दै कराउन थाल्योे । त्यहाँ वरिपरि कुनै पानीको मुहान, कुवाहरु थिएन । उसले आफ्नो मुन्धुम फलाक्दै घुङरिङ र वासङ आकाशतिर प्रहार ग¥यो । केही माथि वासङ धर्तीमा खसेर गाडियो । त्यही गाडिएको ठाँउबाट मूल फुत्यो । सो पानी बिजुवा र त्यहाँका अन्य तिर्खाएका केनछरीहरुले पानी पिई आ–आफ्नो प्यास मेटाएर आनन्दित भए । प्यासले केनछरीहरु चउ दुङमा भनी कराएकोले वान्तवा भाषामा दुङमाको अर्थ पिउनु भन्ने हुन्छ
 
==लाइन ब्रेक ==
'''दुङमाली भाषा कसरी रहन गयो''' ''ढल्के अक्षर''