"पाताल भुमेश्वर महादेव मन्दिर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
==महत्त्व==
म त्यस्ता प्रकृति प्रेमीहरूका लागि यो जानकारी गराउन चाहन्छु, जो प्रकृतिका विचित्र स्वरूपहरूको अथवा रहस्यमय वास्तविकता र सत्यताहरूको खोजि गर्नमा रमाएका हुन्छन्, जसलेवीरता, धैर्यता र साहसिक कार्य गरेर सन्तुष्टि लिन खोजिरहेका हुन्छन् । हो, तिनीहरूका लागि यो जानकारी हितकारीहुन सक्दछ ।
[[बैतडी जिल्लाकोजिल्ला]]को हालकोपाटनहालको[[पाटन नगरपालिकामानगरपालिका]]मा अवस्थित पातालभूमेश्वरको गुफा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले ज्यादै महत्वको भए तापनि सबै इच्छुक व्यक्तिले यस विषयमा जानकारी पाउन सकेका छैनन् ।
काठमाडौंबाट[[काठमाडौं]]बाट ७००कि.मी. भन्दा पनि धेरै सुदूरपश्चिमतर्फको तराईको यात्रा पुरा गरेपछि नेपालको पश्चिमी सीमानासंग जोडिएको [[कैलाली जिल्लाकोजिल्ला]]को उत्तर पूर्वतर्फ एउटा चौराह आउँछ जसलाई अत्तरिया बजारका नाउँले चिनिन्छ र जहाँबाट उत्तरपूर्वतर्फ [[गोदावरी नदी]] पार गरिसकेपछि पहाड सुरु हुन्छ ।
समथल तराईबाट उचालिँदै चुरे पार गरेर महाभारत पर्वत श्रृङ्खलातर्फ उकालिँदै जाने क्रममा ती पहाडहरूले हिमालय यात्रासम्मको अनुभूति दिने गर्दछन् ।
यस पर्वत श्रृङ्खलामा कस्मीरको अनुभूतिदेखि कन्या कुमारीसम्मको अनुभूतिको मिश्रित आनन्द प्राप्त हुन्छ । लगभग १०० कि.मि. पार गरिसकेपछि बिछट्ट भीरपाखा छिचोल्दै पहाडको धारैधार हुँदै चिसो मौसमको अनुभूति दिलाउने डडेलधुरा बजारमा पुगिन्छ ।
जसले जंगलको प्रभावलाई विचित्र रूपले चित्रण र जीवन्त रूपले प्रभावित गरेको अनुभूति हुन्छ । [[डडेलधुरा]] नेपालकै सबैभन्दा बढी जंगल भएको जिल्ला पनि हो । विविधताले भरिएको यस जंगल क्षेत्रमा अनेकौं प्रकारका जडिबुटीहरू पनि प्रचुर मात्रामा पाइन्छन् ।
यो जंगल प्राचीन कालदेखि नै यहाँ अवस्थित भएकाले प्राचीनताको दिव्य झलक बुझ्न खोज्नेहरूका लागि झनै यो गन्तव्य उत्तम हुनसक्छ । यहाँबाट उत्तर पश्चिम हुँदै बैतडी जिल्ला भेट्टाउँदा प्रकृतिको काखमा रहेको पाटन नगरीमा पुगिन्छ ।
पिपलको वृक्षमुनि शितलता लिन बसेका बटुवा हुन् वा खेतबारीमा भोक मेटाउन पसेका सुगा लगायतका चराका बथानहरूनै किन नहुन्, जब बटुवाको निन्द्रा भंग गर्दै पाटनको[[पाटन]]को आकाशमा उडेका तिनका बथान देखिन्छन् तब लाग्दछ, यस नगरीमा कोही असन्तुष्ट छैन ।
प्रकृतिको दिव्यसौन्दर्य पिएर तृप्त छन् । चौतर्फी पहाडहरूले घेरेको विचको समथल भूभागमा झुलिरहेका अन्नवाली देख्दा थकानपछिको भोक–प्यास र निन्द्राको निदान यहीँ मेटाई आराम लिन बनाएको कसैको किल्लाजस्तो लाग्दछ ।
पाटनको लगभग मध्यमाग हुँदै बगिरहेको [[सुर्नया नदीकोनदी]]को पवित्र जलमा पौडी खेल्दै र स्नान गर्र्दै आनन्द लिन पाउनेहरूले स्वीजरल्याण्डको[[स्वीजरल्याण्ड]]को सुइमिङ पुललाई महत्त्व नदेलान् पनि तर त्यहीँबाट उकालिँदै लगभग १२ कि.मी. उकालो चढेपछि आउने पातलभूमेश्वरको अद्भूत सौन्दर्यता र त्यसको गर्भभित्र अनन्त गुफा बनेर लुकेको रहस्यले भने अलौकिक कल्पनाको संसारमा पुगेको आभाष हुनबाट कसैलाई रोक्न सक्दैन ।
यस क्षेत्रमा रहेका अधिकांश बाँझका रूखहरू युगौं पुराना देखिन्छन् र ती वृक्षका जराहरूले बोकेको माटोको रंग पनि विचित्रको देखिन्छ । कतै दुधकुण्ड सुकेर बनेको सेतो चाँदीको जालोजस्तो त कतै अग्नीकुण्ड निभेर बनेको अंगारजस्तो कालो, कतै महासंग्रामपछिको रगत जमेको जस्तो रातो अथवा फलामको खिया जमेको जस्तो त कतै फुस्रो र उडेको खरानीजस्तो अनि कतै भने हरिया मसिना दुवोहरू कसैले मिलाएर बाग बगैंचा बनाए जस्तो पनि देखिन्छ ।
एउटै सानो भूमिमा देखिने विचित्र रंग बोकेको धर्तीको माटोले बर्षौंदेखि सम्हालेर राखेका वृक्ष र ती वृक्षबाट छुट्टिएर रहेका बुट्यानहरूले विचित्र प्रकारले कुँदिएका ठूला ढुंगाहरूमा स्वयंलाई अड्याएर मौसम परिवर्तनसंगै आफूलाई पनि परिवर्तन गरिरहेका हुन्छन् ।
किम्बदन्ती अनुसार भष्मासुरबाट बच्न महादेव यसै गुफामा आएर लुकेका थिए रे ! यो पृथ्वी र पाताल लोक जोड्ने मार्ग हो रे, राक्षसहरू यही मार्ग भएर पातालबाट धर्तीमा आउने जाने गर्दथे रे आदिआदि । यस विषयमा जानकारी राख्ने बुढापाकाहरू यस गुफामा हराएको चिजवस्तु सुर्नया नदीको दक्षिण पश्चिमतर्फको एउटा दहमा पुग्दछ भनेर पनि भन्दछन् । जव कि सुर्नया नदीको त्यो दह यस गुफाबाट सीधै नाप्दा पनि लगभग १८ कि.मि. भन्दा बढी टाढा पर्दछ तर गुफाको लम्बाई त्यो भन्दा अवश्य बढी नै हुन्छ किनकि यो गुफा नागबेली परेर गएको अनुमान गरिन्छ।
यस गुफाको पानी सुर्नया नदीको १८ कि.मी. टाढा दक्षिण पश्चिममा रहेको दहमा निस्कने हो भने यो गुफा विश्वकै सबैभन्दा ठूलो गुफा रहेको ठहरिनेछ । तर रहस्यनै नखुलेको यस गुफाको एउटै अन्त्य होला भन्न पनि सकिन्न किनकि यसमा सुरुवातबाटै अनेकौं साना ठूला गुफाहरू जोडिँदै छुट्टिदै गएका देखिन्छन् ।
[[बैतडी जिल्लाकाजिल्ला]]का तत्कालीन ''सभापति परमानन्द भट्टकोभट्ट''को सक्रियतामा २०५७ सालतिर यस क्षेत्रको संरक्षण गर्ने अभियान संचालन भएको थियो र सोही समयमा यहाँको भौतिक संरचनाको संरक्षण गर्ने, पर्यटकहरूलाई हिँड्नका लागि सिँढी र ग्राविल बाटो निर्माण गर्ने, तलाउ र मन्दिरको संरक्षण गर्ने जस्ता कार्यहरूको सुरुवात भएको थियो, जस अन्तर्गत गुफाभित्र पनि लगभग ४० वटा विजुलीका बल्वहरू जडान गर्ने साहसिक कार्य पनि भएको थियो ।
जसको कारण गुफाभित्रको तलाउ क्षेत्रसम्म जान आउनका लागि पर्यटकहरूलाई निकै सुविधा पुगेको थियो तर त्यसपछि माओवादीको कथित जनयुद्धको प्रभाव र यसको संरक्षणमा देखिएको उदासिताका कारण पुनः यस क्षेत्रमा भएको विकास भताभुंग भएको छ ।
पातालभूमेश्वर त केवल मैले देखेको र चिनेको सतही यथार्थता मात्र हो जव कि यस [[सुदूर पश्चिमाञ्चल विकास]] क्षेत्रभरि यस्ता कयौं रहस्य, प्राकृतिक सौन्दर्य, धार्मिक मूल्य र मान्यताहरू कसैलाई भाग्यमानी बनाइदिन अथवा आर्शिवाद दिनका लागि युगौंदेखि प्रतीक्षामा बसेका छन् ।
कोलम्वसले समुद्र छिचोलेर अमेरिका पत्ता लगाए, निल आर्मस्ट्रंगले आकास चिरेर चन्द्रमाको सतहमा पाइला टेके, युरि गागरिनले अनन्त शून्य छिचोलेर अन्तरीक्षमा पाइला टेके । आउनुस्, हामी पनि यस भूगोलको गर्भ च्यातेर नयाँ रहस्य र सत्यको पत्ता लगाउन मिलेर लागौँ । एक अभियान नै संचालन गरौँ ।
यो पताल भूमेश्वर क्षेत्र धार्मीकतथा पर्यटकीय क्षेत्रका रूपमा ठूलो महत्व बोकेको क्षेत्र हो। धार्मीक रूपमा भन्दा द्वापर यूगमा महाभारत का पात्रहरू "पाचपाण्डप" यसै क्षेत्रभित्ररहेको गूफा बाट स्वर्ग गएको जन विस्वास रहेको पाईन्छ। यो ठाऊमा साक्षात निलकण्ठ, सतीपती, जगतपीता तथा संहारकारक आसूतोस भगवान शिव को वास भएकाले स्वच्छ र पवित्रमनले पूजापाठ ध्यान गरे मनोकामना पूराहूनेपनी जनबीश्वास रहेको छ। यो क्षेत्र भित्र ठूलो गूफा रहेको र खाली पेट भगवान शिवको पूजाआजा गरी मात्र गूफाभीत्र प्रबेश गर्नूप्रने यहाको चलन रहेको छ। यो गूफा 800 मीटर सम्म अध्यान गर्दा 160 मीटर गहीरो पाईएको र अझ धेरै लामो र गहीरो हून सक्ने प्रबल सम्भावना रहेको हूदा यो नेपालकै तथा एसियाकै सबैभन्दा लामो गूफा हूनसक्ने अध्यान कर्ताहरेको दावीरहेको छ। यसको ऊचित अध्यान खोज गरी यहाको भौतीक विकास सडक, होटेलहरू निर्माण गर्ने कूरामा सरोकेरवाला निकाएको ध्यान जानेहो भने यो पर्यटकहरूका लागी नेपालकै प्रमूख गन्तव्यका रूपमा रहनेमा दूईमत देखिदैन। त्यै भएर यसको पर्यटकीय क्षेत्रकारूपमा ठूलो महत्व रहेको छ। @mr_pramod24
८९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/546031" बाट अनुप्रेषित