"कालीगण्डकी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८०:
}}
 
'''कालीगण्डकी''' अथवा '''गण्डकी''' नदी नेपालको दोस्रो ठूलो तथा संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भैरहेको छ। यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ।
 
कालीगण्डकीको नदी [[तिब्बत]]मा उत्त्पत्ति भएर [[मुस्ताङ जिल्ला|मुस्ताङ]] जिल्ला हुँदै नेपाल छिर्छ। [[कागबेनी]] भन्ने स्थानमा [[मुक्तिनाथ]] मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ।
पङ्क्ति ८६:
[[जोमसोम]] र [[टुकुचे]] हुँदै बगेपछि काली गण्डकी संसार कै सबैभन्दा गहीरो गल्छी '''काली गण्डकीको खोंच''' भएर बग्छ जसको पश्चिममा [[धवलागिरी|धौलागिरी]] (८१६७ मी.) तथा पूर्वमा [[अन्नपूर्ण हिमाल|अन्नपूर्ण]] (८०९१ मी.) हिमाल पर्दछन्। उक्त गल्छीको उँचाई १३०० मी. देखि २६०० मी. सम्म छ जुन अन्नपूर्ण र धौलागिरीको चुचुरो बाट ५५०० देखि ६८०० मी. तल पर्दछ।
 
उक्त खोंचबाट निस्केपछि [[गलेश्वर]]मा राहुघाट खोला, [[बेनी]]मा म्याग्दी खोला, कुश्मा नजीकै [[मोदी खोला]], रूद्रबेनीमा बडी गाड, [[आँधिखोला]] आदि मिसिन्छन्। त्यसपछि काली गण्डकी पूर्व तर्फ मोडिन्छ जुन [[देबघाटमादेवघाट]]मा गएर [[सेती नदीसेतीगण्डकी]] तथा [[त्रिशुली नदी|त्रिशुली]] नदी सँग मिसिएर दक्षिण तर्फ बहन थाल्दछ। देबघाटबाट पहाडी भूभाग छिचलेर बहन थालेपछि यसलाई [[नारायणी]] तथा सप्त गण्डकी भनिन्छ। त्यसपछि दक्षिण पश्चिम दिशा तिर मोडिंदै [[चितवन जिल्ला|चितवन]] तथा [[नवलपरासी जिल्ला|नवलपरासी]] जिल्लाको सिमाना हुँदै [[भारत]] छिर्दछ। भारतको [[बिहार]] प्रदेशमा [[गंगाको मैदा]]न हुँदै दक्षिण पूर्व तर्फ मोडिएर [[पटना]] नजीकै गंगा नदीसँग मिल्दछ।
 
यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : [[लोमान्थाङ]], [[जोमसोम]], [[बेनी]], [[बागलुङ जिल्ला|बाग्लुङ]], [[कुश्मा]], [[रिडी]], [[देबघाट]], [[नारायणघाट]] तथा [[त्रिबेणी]]।