"धरान उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४२:
 
== इतिहास ==
पृथ्वीनारायण शाहले एकिकरण गर्ने क्रममा नेपाल अधिराज्यमा गाभिनु भन्दा अगाडी धरान [[विजयपुर राज्य]]मा पर्दथियो। यहा सेन बंशी राजाले शासन गर्दथे। यसको राजधानी वर्तमान धरानको उतर पूर्वी भागमा पर्ने विजयपुरमा थियो। वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरूवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री[[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेरलेशमशेर]]ले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ।
 
वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रूपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ। नेपाल गजेट (मार्ग ६ गते २०१६)मा धरान नगरपालिका घोषित भएको भनिएको छ। वि.सं. २०१७ मङ्सिर १ गते घोषणा भएको धरान नगरपालिकाको पहिलो नेतृत्व दिने व्यक्तित्वमा स्वर्गीय केदारनाथ खनाल (प्रमुख) र कृष्णप्रसाद श्रेष्ठ (उपप्रमुख) हुनुहुन्थ्यो। वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो।