२१,१७७
edits
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
Tulsibot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)) |
||
क्यान्सर नहुने प्रकृतिको प्रोस्टेट वृद्धिमा पुराना कोषिकाहरू मर्दैनन् तर नयाँ कोषिकाहरू लगातार वृद्धि हुँदै जान्छन्। कोषहरू धेरै मात्रामा वृद्धि भएपछि प्रोस्टेट ग्रन्थि बाक्लो हुन्छ, जसले मूत्रनलीलाई साँघुरो पार्छ र पिसाबको समस्या देखिन्छ। मान्छेको शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हर्मोन हुन्छन्। उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेनको मात्रा बढ्छ अनि प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रियालाई उत्प्रेरति गर्छ। फलस्वरूप, प्रोस्टेट ग्रन्थि बढ्छ। प्रोस्टेट बढ्नु क्यान्सर होइन र यसको कारण क्यान्सर हुने सम्भावना पनि बढ्दैन तर कहिलेकाहीँ प्रोस्टेट वृद्धि र प्रोस्टेट क्यान्सर एकैपटक पनि हुनसक्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाबमा संक्रमण हुने, पत्थरी हुने, मिर्गौला बिग्रने, पिसाबमा रक्त मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने आदि समस्या उत्पन्न हुन्छन्।
वृद्धावस्था, वंशाणुगत, मोटोपना, हर्मोनको असन्तुलन आदिले प्रोस्टेट क्यान्सर हुन्छ। रातो मासु, बढी चिल्लो पदार्थ, चुरोट आदिको सेवनले क्यान्सरको जोखिम बढ्छ। प्रशस्त तरकारी, फलफूल, अन्न, टुसा उमारेका गेडागुडी आदि खाने व्यक्तिलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ। गोलभेँडा, रातो अंगुर तथा खर्बुजामा '
== लक्षणहरू ==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/487120" बाट अनुप्रेषित