"इलाम जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३१:
 
==जिल्लाको नामाकरण==
हालको इलाम [[जिल्ला]] [[नेपाल]] एकिकरण हुनु भन्दा अगाडी [[राई जाति|राई]] र [[लिम्बु जाति|लिम्बु]] जातिहरूको [[किराँत]] [[प्रान्त|राज्य]] थियो। त्यसमा पनि प्राचिन समयमा [[लिम्बु जाति|लिम्बु]] जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण [[लिम्बु जाति|लिम्बु]] भाषाबाट भएको मानिन्छ। [[लिम्बु जाति|लिम्बु]] भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भइ भएको मानिन्छ। जसमा "इ"को शाब्दिक अर्थ "घुमाउरो" र "लाम"को शाब्दिक अर्थ "बाटो" अर्थात इलामको अर्थ "घुमाउरो बाटो" हुन जान्छ। यस अर्थलाई पुष्टि गर्ने साँच्चै नै [[झापा जिल्ला|झापा]] देखि इलाम आउँदा धेरै घुमाउरो बाटो तय गर्नु पर्दछ। यसरी हेर्दा यस जिल्लाको नाम इलाम राखिनु उपयुक्त नै देखिन्छ। तर इलामको पुरानो नाम खलङ्गा भएको केही प्राचीन लेखहरूबाट प्रमाणित हुन्छ तथा जुन "घुमाउरो बाटो"को कुरा गरिन्छ त्यो बाटोको निर्माण विक्रम संवत् २०१५ तिर भएको पाइन्छ सो पूर्व नै [[इलामईलाम (स्पष्टता)|इलामईलाम]] शब्दको प्रयोग भएको पाइन्छ। यसैले यो भन्दा पनि विश्वस्त प्रमाण यो पाइन्छ कि [[इलाम (स्पष्टता)|इलाम]]को विभिन्न ठाउँमा रहेका [[भट्टराई]] [[ब्राह्मण]]का वंशज [[आदि गुरु शङ्कराचार्य]]को समयमा [[भारत]]को केरल प्रान्तबाट आएका थिए जसलाई [[केरल]]मा भट्टतिरि भनिन्छ भट्टतिरि कै अपभ्रंश [[भट्टराई]] भएको पुष्टि भईसकेको छ तथा [[केरल]]मा [[ब्राह्मण]]हरूका घरलाई ईल्लम भन्ने गरिन्छ। यही ईल्लम शब्द अपभ्रंश भएर इलामईलाम भएको र कालान्तरमा दीर्घ "ई" लाई लेख्न छोडियो र इलाम लेखिन थालिएको हो भन्ने भनाइ पनि कतैकतै सुन्न पाइन्छ। [[File:kanyam1.jpg|thumb|right|250px|कन्याम चियाबारीः यो इलाम जिल्लाको आकर्षक पर्यटकीय ठाउँ हो।]]
 
== भौगोलिक अवस्थिति ==
"https://ne.wikipedia.org/wiki/इलाम_जिल्ला" बाट अनुप्रेषित