"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा Removing links to spamming site facebook.com
पङ्क्ति १९:
प्राचीन कालमा सुमन्त नामको एक जना तपस्वी ब्राह्मण थिए। तिनको पत्नीको नाम दीक्षा थियो। तिनकी एउटी परम सुन्दरी धर्मपरायण तथा ज्योतिर्मयी कन्या थिइन्, जसको नाम सुशीला थियो। सुशीला किशोरी अवस्थाकी हुन नपाउँदै उनकी माता दीक्षाको मृत्यु भयो। पत्नीको मरणोपरान्त सुमन्तले गर्कशा नामक अर्की स्त्रीसित दोस्रो विवाह गरे। उता छोरी सुशीलाको विवाह ती ब्राह्मणले कौडिन्य ऋषिका साथमा गरिदिए। विदाइमा दाइजो पठाउने सिलसिलामा सुशीलाकी सौतेनी आमा गर्कशाले केही ईंटा र ढुङ्गाका टुक्रा बाँधेर दिइन्। ससुरालीले दिएको पोको लिई कौडिन्य ऋषि दुखी हुँदै नवविवाहिता पत्नीका साथ आफ्नो आश्रम प्रस्थान गरे, बाटैमा रात पर्यो। ऋषि कौडिन्य नदीका तटमा सन्ध्या गर्न बसे। त्यसै नदीको अर्को छेउमा धेरै स्त्रीहरू सुन्दर वस्त्र धारण गरी कुनै देवताको पूजा संलग्न रहेको दृश्य सुशीलाले देखिन्। सुशीलाले ती स्त्रीहरू भए ठाउँमा गएर आफ्नो जिज्ञासा राख्दा तिनीहरूले विधिपूर्वक अनन्त व्रतको महत्ता बताए। संयोगले त्यही दिन अनन्त चतुर्दशी थियो, त्यसैले सुशीलाले त्यहीं त्यस व्रतको अनुष्ठान गरिन् र चौधवटा गाँठा भएको डोरो हातमा बाँधिन्। उनीहरू घर पुगे। यस व्रतको फलस्वरूप माइतिले दाइजोमा दिएका ईंटा र ढुङ्गा हिराजवाहिरात भए तथा केही दिनमा नै तिनीहरूको घर पनि धनधान्यले भरिपूर्ण भयो। एकदिन कौण्डिन्य मुनिको दृष्टि आफ्नी पत्नीको देब्रे हातको पाखुरामा बाँधिएको अनन्त सूत्रमा पुग्यो। त्यस धागोलाई देखेर ऋषि भ्रमित भए र उनले पत्नीसित सोधे - होइन तिमीले मलाई वशमा राख्न यो सूत्र बाँध्यौ कि कसो? कौडिन्यले सुशीलासित त्यसरी पाखुरामा बाँधिएको डोराका बारेमा प्रश्न र जिज्ञासा राख्दा सुशीलाले विनम्रतापूर्वक आफूले भर्खरै थाहा पाएका यावत् वृत्तान्त बताई दिइन्। ऐश्वर्यको मातमा अन्धा भएका कौण्डिन्य ऋषिलाई त्यस डोरोप्रति विश्वास भएन र उनले आफ्नी पत्नीको सही कुरालाई पनि गलत ढङ्गले बुझे। अनन्त सूत्रलाई जादुमन्त्रबाट सिद्ध गरिएको वशीकरण गर्ने डोरो ठानेर चुँडाल्दै त्यसलाई आगोमा हाल्दिए। यस जघन्य कर्मबाट भगवान् अनन्तको अपमान भयो। परिणामत: शीघ्र नै तिनको सारा सम्पत्ति नष्ट भयो। यस दरिद्रताका सम्बन्धमा उनले आफ्नी पत्नीसित कारण सोद्धा सुशीलाले अनन्त भगवानको डोरो डढाएको प्रसङ्ग कोट्याइन्। ऋषिलाई पछुतो भयो र उनी अनन्त डोरो खोज्दै वनमा गए। वनमा धेरै दिनसम्म भौंतारिदै निराश भएर निर्बल हुन पुगेका ऋषि एक दिन जमीनमा पछरिए। त्यसपछि अनन्त भगवान् प्रकट भएर भन्नुभयो - 'हे कौडिन्य! तिमीले मेरो तिरस्कार गरेका थियौ, त्यसैले तिमीले यत्तिका दुःख र कष्ट भोग्नुपर्यो। तिमी दुःखी भयौ। अहिले तिमीले पश्चाताप गरेका छौ, त्यसैले म तिमीसँग प्रसन्न छु। अब तिमीघर गएर विधिपूर्वक अनन्त व्रत गर। चौधवर्षसम्म प्रतिवर्ष विधिविधानपूर्वक यो व्रत सम्पादन् गर्यौ भने तिम्रा समस्त दुःख नष्ट हुनेछन्, तिमी धनधान्यबाट सम्पन्न हुनेछौ। कौडिन्यले भगवन् अनन्तले बताएबमोजिम गरे र उनले सारा क्लेशहरूबाट मुक्ति प्राप्त गरे।' भगवान् श्रीकृष्णको मुखारविन्दबाट यो कथाप्रसङ्ग सुनेपछि युधिष्ठिरले पनि अनन्त भगवानको व्रत लिए र व्रतका प्रभावले पाण्डवहरू महाभारतको युद्धमा विजयी भए तथा चिरकालसम्म राज्य गर्ने अवसर प्राप्त गरे।<ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
==स्रोत==
<references/>