"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २१:
{{DistrictsOfNepal}}
 
'''रामेछाप''' '''सिन्धुली''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]मा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो। राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले एक विकट क्षेत्र हो। राजधानी छोएको [[काभ्रेपलाञ्चोक जिल्ला]], चीनसँग सीमा जोडिएका [[दोलखा जिल्ला|दोलखा]] र [[ओखलढुङ्गा जिल्ला]] र तराई छोएको [[सिन्धुली जिल्ला]]को बीचको १,५४६ वर्ग किलोमिटरको यो जिल्ला पर्याप्त श्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ।
रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ। नेपाली साहित्यका प्रथम शहीद सुब्बा [[कृष्णलाल अधिकारी]], शहीद [[गङ्गालाल श्रेष्ठ]] र [[नेपाल कम्युनिष्ट पार्टी]]का संस्थापक महासचिव [[पुष्पलाल श्रेष्ठ]]को जन्म रामेछापमै भएको हो। रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, सञ्चारकर्मी सबै प्रतिभा जन्माएको छ।
भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो। विक्रम सम्बत २०५६को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ। मध्य [[महाभारत पर्वत श्रृङ्खला]]देखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ। कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ।