"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
नेपालमा वि.स. २०४७ सालको प्रजातान्त्रिक संविधानले नागरिकलाई लेख्ने र बोल्ने स्तन्त्रताको पत्याभुति दिलायो। यसको फलस्वरुप नेपालमा पत्र-पत्रिकाको प्रकाशन तिव्ररुपमा हुन थाले। त्यसै बेलादेखि [[नेपाल वातावरण पत्रकार समुह]] (नेवापस)ले नेपालमा एफ.एम. प्रविधीको रेडियो भित्र्याउन प्रयास शुरु गरेको थियो। वि. स. २०४९ सालमा राष्ट्रिय संचार निति २०४९ जारी भयो। यसमा एफ एम रेडियो सञ्चालन गर्न पाइने कुरा उल्लेख गरिएको थियो। यसैलाई आधार मानि नेवापसले एफ एम रेडियो संचालन अनुमति लागि सरकार समक्ष निवेदन दियो। निति थियो तर ऐन थिएन त्यसैले अनुमति पाउन सकेन। ऐन बन्यो। ऐन बनेपछि नेवापसले संचालन अनुमतिका लागि निवेदन हाल्यो। अब नियमावली नभएको कारणले एफ एम रेडियो संचालन अनुमति पाउन सकेन नेवापसले। नियमावलीका लागि नेवापसले नै लविङ शुरू गर्यो। नियमावली पनि आयो। तर पनि एफ एम रेडियो संचालन अनुमनि पाएन। यो अवधिमा नेवापसले एफ एम रेडयो लाई चाहिने सम्पुर्ण औजारहरू जुटासकेको थियो।
 
पटक –पटकको प्रयासमा पनि अनुमति नपाएपछि वि.स. २०५२ चैत्र १८ बाट गैर कानुनी तवरबाटै रेडियो सगरमाथाले प्रविधि परिक्षण गर्यो। थप दुइ वर्षको संघर्ष पछि वि. स. २०५४ जेठ ५ गते सरकारले एफ एम रडियो सगरमाथाको सञ्चालन अनुमति नेवापसलाई हस्तान्तरण गर्यो। त्यसको ४ दिन पछि जेठ ९ गतेबाट कानुनि रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा दक्षिण एसियाकै पहिलो एफ एम रेडियो भएर घन्कियो रेडियो सगरमाथा। शुरूमा दिनको ४ घण्टा कार्यक्रम प्रसारण गरेको रेडियो सगरमाथाले हाल दिनको १८ घण्टा कर्यक्रम प्रसारन गर्दै छ।<ref name="">नेपालमा सामुदायिक रेडियो इतिवृत्तान्त/लुइटेल घमराज/सामुदायिक रेडियो सहयोग केन्द्र</ref>
 
रेडियो सगरमाथाले बितेका ५० बर्षसम्म कायम रहेको सरकारी रेडियोको एकाधिकार तोडदै जनताको बोली बोल्न शुरू गरीदियो।