"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
'''रेडियो सगरमाथा''' [[काठमाडौं]]बाट प्रशारण हुने रेडियो सगरमाथा दक्षिण एसियाको पहिलो एफ एम रेडियो हो। रेडियो सगरमाथाले वि. स. २०५२ सालबाटै परिक्षण प्रसारण शुरू गरेको भएपनि वि.स. २०५४ साल जेठ ९ गतेबाट बिधिवत रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा प्रसारण शुरू गरेको हो। सामुदायिक भावनाबाट संचालित रेडियो सगरमाथा गैरनाफामुलक एफ.एम. रेडियो हो।
 
== ऐतिहासिक पृष्ठभूमि==
१९९७मा स्थापित, रेडियो सगरमाथा दक्षिण एशिया मैं पहिलो स्वतन्त्र सामुदायिक रेडियो हो। ललितपुरको आफ्नो प्रसारण केन्द्रबाट प्रत्येक दिनको लागि हावामा ५ देखि ११ बजे सम्मको लागि सुरु गरियो। पछि यो एक साच्चै नै स्वतन्त्र र धेरै नै विश्वसनीय नेपालको सामुदायिक रेडियोको रूपमा विकसित भयो। रेडियो सगरमाथाले संघर्ष सुरु गरेको लगभग आधा दशक पछि मात्र अनुमती प्राप्त गरेको थियो, त्यो पनि १७ वटा सर्त पालना गर्ने प्रतिबद्दता गरेपछी मात्र। ती शर्तहरूमा रेडियो सगरमाथाले समाचार र समसामयिक कार्यक्रमहरूको प्रसारण गर्न नपाईने थियो, जवकी आर्थिक एजेंडालाई ठाउ दिदा चेतावनी आईरहन्थो। १०० वाटको ट्रांसमीटर प्रयोग गरेर दिनको दुई घण्टाको प्रसारण गर्ने अनुमती दिएर अनुमतीपत्र जारी गरीएको थियो। एउटा अर्को शर्त यो थियो कि कार्यक्रमको भाग हुने बिषय सरकारी अधिकारीहरूले जाच्ने छन।