"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
==परिचय==
===भानुभक्त आचार्य (१८७१–१९२६ )===
'''भनुभक्त आचार्यकाआचार्य'''का कवितात्मक छिटाद्वारा सिञ्चित नेपाली भाषा र साहित्य आज फुल्न र फल्न थालिसकेको छ, त्यसैले आदि कवि नभएर पनि उनले आदि कविको सम्मान पाइरहेका छन् । खुकुरीका भरमा नेपाललाई नेपाल बनाई नेपाली एकताको स्थापना गर्ने पृथ्वीनारायण शाह र हातमा कलम लिएर नेपाली भाषा र साहित्यको एकीकरण गरी विश्वसाहित्यमै नेपाली भाषाको परिचय स्थापित गराउने भानुभक्त आचार्य दुबै हाम्रा प्रातःस्मरणीय एवं बन्दनीय हुन् । भानुभक्त त्यस्ता व्यक्तित्त्व हुन् जसले एउटा घाँसीको सत्प्रेरणाबाट अध्यात्मरामायणको अनुवाद गरी नेपाली भाषामा रामायण तयार गरेर नेपाली साहित्यको भन्डार भर्ने अति महत्त्वपूर्ण र महान् कार्य गरेका छन् । यसहुनाले कार्यबाट उनी लोकप्रिय र धन्य बनेका छन् ।
 
===गोस्वामी तुलसीदास (वि.सं.१५५४—१६८०)===
हिन्दी साहित्यका महाकवि तुलसीदास संस्कृत साहित्यका समेत टुला विद्वान् हुन् । वेदवेदाङ्गका गहन अध्येता हुनुका साथै श्री रामका अनन्य भक्त एवं उपासकका रूपमा यिनी विश्व प्रसिद्ध मानिन्छन् । विक्रम संवत् १५५४, श्रावण शुक्ल सप्तमीका दिन भारतको प्रयाग जिल्ला अन्तर्गत राजपुर भन्ने स्थानमा यिनको जन्म भएको हो भने वि.स.१६८० मा वाराणसीको असीघाटमा रामनामको मन्त्र जप्दै यिनले आफ्नो नश्वर भौतिक शरीरलाई विसर्जन गरे । सांसारिक सुखभोग र विषयवासनालाई चट्ट त्यागेर भक्तिमार्गमा लाग्ने पे्ररणा तुलसीले आफ्नी पत्नीबाट प्राप्त गरेका थिए भन्ने कुरा उनको जीवनीबाट अवगत गर्न सकिन्छ ।उनको जीवनीका अनुसार एकपटक तुलसीदासकी प्रिय पत्नी माइत गइछन् । आशक्तिका कारण उनी पनि बेलुका टुप्लुक्कै पुगेछन् ससुराल । उनलाई देखेपछि उनकी पत्नीले अचम्म मान्दै भनिछन्— धिक्कार छ तिमीलाई र तिम्रो स्त्रीलम्पटतालाई । मेरो हाड र मासुको शरीरमा जति तिम्रो आशक्ति छ, त्यसको एक चौथाइ मात्र भए पनि भगवान्मा हुन्थ्यो भने तिम्रो बेडापार हुनेथियो । त्यसबेला तुलसीदासकी प्रियतमाका ती शब्दवाणहरू सोभैm आएर उनका कोमल हृदयमा गाडिए । घायल तुलसी एकक्षण पनि नरोकिई त्यहाँबाट फर्किए । तत्काल उनले गृहस्थ वेश परित्याग गरी साधुवेश धारण गरे । भनिन्छ तुलसीदासलाई काक भुसुण्डी, हनुमान्, रामलक्ष्मण, याज्ञवल्क्य समेतको दर्शन गर्ने सुअवसर प्राप्त भएको थियो । पूर्ववर्ती महाकाव्यकारको अनुसरण गरी प्रारम्भमा तुलसीले संस्कृत भाषामा रामकाव्य रचना गरे, तर रात्रिका समयमा ती सबै हराउँथे । आठौं दिनसम्म त्यही घटना दोहोरिरह्यो । सोही रात सपनामा शङ्कर भगवान्ले तुलसीलाई अयोध्या गएर बस्न र आफ्नै भाषामा काव्य रचना गर्न आदेश र आशीर्वाद दिए । सपनाको सो आशीर्वादपछि वि.सं.१६३१ रामनवमीका दिन आरम्भ गरेर १६३३ रामविवाहका दिन तुलसीदासले रामचरितमानसलाई पूर्णता प्रदान गरेको देखिन्छ ।