"घोरल" का संशोधनहरू बिचको अन्तर

सा spelling check
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
[[श्रेणी:जनावर]]
खोज - रबिन शर्मा चापागाई , जहदा नवलपरासीं
 
नवलपरासीमा घोरलको संरक्षण
 
नवलपरासीका बिभिन्न गाविसका वासिन्दाले महाभारत क्षेत्रलाई घोरल संरक्षण क्षेत्र घोषणा गरी लोपोन्मुख जनावर घोरलको संरक्षण गर्न थालेका छन् । घोरलको संरक्षणमा राज्यले चासो नदेखाउँदा शिकार बढ्न सक्ने भनदै स्थानीय वासिन्दा आफै घोरल संरक्षणमा लागेका हुन् ।
 
देउराली, धौवादी, नरम, रुचाङ्ग, रकुवा, हुप्सेकोट र पाल्पाको झिरुवासका वासिन्दाहरु दीर्घकालीन रुपमा राज्यले घोरलको संरक्षण गर्नुपर्ने माग सहित यो अभियानमा थालेका हुन् । अभियान अन्तर्गत स्थानीय वासिन्दाले तीन वर्षअगाडि धौवादीमा भेला गरेर आफैले घोरल आरक्षण संरक्षण क्षेत्र घोषणा गरेका थिए । शिकारका कारण संख्या घट्दै गएपछि संरक्षण अभियान थालेको महाभारत घोरल आरक्षण संरक्षण क्षेत्रका संयोजक झविलाल रानाले बताउनुभयो ।
 
नवलपरासीमा घोरलको बासस्थान
 
पूर्वपश्चिम राजमार्गको चोरमारावाट १३ किलोमिटर उत्तरमा घोरल क्षेत्र पर्छ । झट्टहेर्दा बाख्रा जस्तो देखिने घोरल विशेष गरी भीरपाखामा वस्ने जनावर भएकाले महाभारत पर्वत श्रृङ्खला अन्र्तगतको यस क्षेत्रमा प्रशस्त भेटिन्छ । नेपालमै अहिलेसम्म घोरलको यकीन तथ्याङ्क नभएकाले घोरल धेरै पाइने यस क्षेत्रबाट घोरल गणना हुनुपर्ने माग स्थानीय वासिन्दाले गरेका छन् ।
 
घोरल संरक्षणका लागि स्थानीय स्तरबाट भएको यो प्रयास सबैका लागि अनुकरणीय भएको जिल्ला वन कार्यालय नवलपरासीका जिल्ला वन अधिकृत सोहरथप्रसाद ठाकुरले बताउनुभयो । स्थानीय वासिन्दाले राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन राष्ट्रिय निकुञ्जसंग घोरलको संरक्षणका लागि आग्रह समेत गरेका छन् ।
 
समुन्द्र सतहदेखि पाँच/छ सय देखि १२ सय मिटरको उचाइसम्म घोरल पाईने जिल्ला वन कार्यालयले जनाएको छ । घोरल संरक्षणका लागि प्रचार गर्ने उद्देश्यले समुदायले त्यस क्षेत्रको पहिचान सहित दलदले, डण्डा, कावासोती, चोरमारा, झ्यालवास, पोखरीमा साँकेतिक संरक्षण प्रचार सामाग्रीहरु समेत राखेका छन् ।
"https://ne.wikipedia.org/wiki/घोरल" बाट अनुप्रेषित