"सीता" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४३:
 
== वनवास ==
रानी कैकेयीकोकेकैको वचन हारेका राजा दशरथको आज्ञा अनुसार राम १४ वर्ष वन जाँदा जिद्दी गरेर सीता पनि सँगै गइन्। साथमा लक्ष्मण पनि गएका थिए। अत्रि ऋषिका आश्रममा हुँदा सीताले सती अनुसूयासँग पातिव्रत्यधर्मको उपदेश लिएकी थिइन्। लक्ष्मणले नाक काटिदिएपछि रावणकी पत्नी शूर्पणखाले राम, लक्ष्मणलाई मार्न खर, दूषण र त्रिशिराको १४ हजार सैनिक ल्याई तर रामका प्रतापका अगाडि ती टिक्नसकेनन्। शूर्पणखाले दाजु रावणलाई उचाल्नपुगी। एकदिन राम वनमा गएका बखत 'मारिच'ले छल गरी रामकै स्वरमा लक्ष्मणलाई पुकार्दा सीता विहृवलित भई लक्ष्मणलाई कर गरी त्यतै पठाउँछिन्। मौका ढुकिरहेको रावण जोगीको भेष गरी आएर लक्ष्मणले बनाएको रेखा पार गरेमात्र भिक्षा लिने बताउँछ। सीताले त्यसै गर्दा रावणको फन्दामा पर्छिन्। आकाशमार्ग हुँदै रावणले सीताहरण गर्दा अगाडि आएका जटायुलाई घाइते बनाई अशोक वाटिकामा पुर्‍याउँछ र अर्धाङ्गिनी बनाउन अनेक तिगडम चाल्नथाल्छ। सीताको सतीत्व डगमगाउन ऊ सफल हुँदैन। मन्दोदरी र त्रिजटाको कोमल वाणीले सीतालाई केही राहत पुग्छ।सीताको खोजीमा निस्किएका राम, लक्ष्मण सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तयार गर्छन्। रामद्वारा पठाइएका दूत हनुमानलाई देख्दा उनी दङ्ग पर्छिन्। सीता सतीसाध्वी भएकीले हनुमानको पीठमा बसेर पतिछेउ पुग्न अस्वीकार गर्छिन्। राक्षसद्वारा पुच्छरमा आगो लगाइएपछि हनुमानलाई लङ्कादहन गर्ने अवसर प्राप्त हुन्छ। रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ। मेघनाद, कुम्भकर्ण, रावण आदि सबै दुष्ट मारिन्छन्। सन्तस्वभावका विभीषणलाई लङ्काको राजा बनाइन्छ।
 
सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन्। अग्निपरीक्षामा सीता निष्कलङ्क ठहरिएपछि आफ्नो पतिका साथ पुष्पक विमानद्वारा अयोध्या पुग्छिन्। लोकापवादले त्यहाँ पनि उनलाई छाड्दैन। रामले सीतालाई पुनः वनबास पठाउँछन्। गर्भवती सीतालाई महषिर् वाल्मीकिको आश्रय प्राप्त हुन्छ। यहीँ उनले लव र कुश सन्तान जन्माउँछिन्। रामले अश्वमेध यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन्। सीताको आज्ञा पाएपछि मात्र घोडा छाड्छन्। दरबारमा यी बालकले रामायण सुनाउँदा राम विहृवल हुनपुग्छन्। आफ्नो छोरा भएको ज्ञान भएपछि सीताको खोजीमा दौडन्छन्।
 
== अन्तर्ध्यान (स्वर्गाहरण) ==
"https://ne.wikipedia.org/wiki/सीता" बाट अनुप्रेषित