"श्रेणी:नेपालले लडेका युद्धहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
== ''१ नुवाकोट बिजय'' ==
 
नुवाकोट [[काठकाण्डौ]] उपत्यका नजिकै उत्तर पस्चिममा पर्ने रणनितीक महत्वको ठाँउ हो ।र त्यतीबेला यो काठकाण्डौकाठमाण्डौ अधिराज्य अन्तर्गत थियो । पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाह ले आक्रमण गरी असफल भएका थिए तसर्थ पृथ्वी नरायण शाहको पहिलो ध्यान नुवाकोट माथी नै गयो । [[पृथ्वी नरायण शाह]] को पहिलो प्रयास भए पनी गोर्खाली राजा हरूको नुवाकोट माथी को यो तेश्रो प्रयास थियो , यो प्रयासका सेना नायक काजी कालु पाण्डे थिए उनले राती नुवाकोटे हरू निदाइ रहेको बेलामा आक्रमण गरी त्याहाँ का सुरक्षा कर्मीले पत्तै नपाउने तथा प्रत्याक्रमण समेत गर्न नसक्ने गरी नुवाकोट को रणनितीक महत्वको माहामन्डल कब्जा गरीदीए ।नुवाकोटका कमान्डर संख मणी राना ले घाइते नुवाकोटे सैनीक लाइ प्रत्यक्रमणका लागी प्रोत्साहीत गरे तर त्यो प्रत्याक्रमणमा उनी आफै घाइते भइ दलमर्दन शाह (दल मर्दन पृथ्वी नरायणका भाइ त्यती बेला १३ वर्षका मात्र थिए) लाइ ललकार्न थाले अन्तत दलमर्दन ले उनको टाउको छिनाली दिदा मारिन पुगे ।
 
कालु पाण्डेको योजना सफल रहयो महदम कृती शाह (पृथ्वी नारायणका अर्का भाइ) ले नेतृत्व गरेको अर्को गोर्खाली टोली ले धरमपानी सर गर्दै अगाडी बढ्यो लडाँइ नुवाकोट का रक्षक हरूलाइ नमार्दा अथवा नभगाउदा सम्म जारी रह्यो ।संखमणी मरेको हावा चल्ने बित्तीकै रक्षक हरू लडन भन्दा बेलकोट तिर पछी हटन थाले ।काजी कालु पाण्डे एक सानो गोर्खाली फौजको टोली लिएर नुवाकोट पुगे ।महदम कृती शाह पनी पृथ्वी नारयण शाह संगै नुवाकोट पुगे र नुवाकोट किल्ला भित्र पसे र नुवाकोट लाइ गोर्खा राज्यमा मिलाइयो , नुवाकोट को बिजय नै नेपाल एकिकरण अभियानको पहिलो खुडकिलो बन्नपुग्यो ।
 
 
== ''२ मकवानपुर विजय'' ==