"गोवत्स द्वादशी" का संशोधनहरू बिचको अन्तर

सा →‎गोवत्स द्वादशीको पूजा विधि: हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
प्राचीन समयमा भारतवर्षको पूर्वीक्षेत्रमा पर्ने सुवर्णपुर नामको सहर थियो। त्यस नगरमा देवदानी नामका राजा राज्य गर्दथे। ती राजसँग एउटा गाई र एउटा भैंसी थिए। राजाका दुईवटी रानी थिएँ। एउटीको नाम सीता र अर्कीको नाम गीता थियो। सीताले भैंसीलाई एउटी साथी(सखी)लाई झैं प्यारो मान्ने गर्दथिन्, त्यस्तै गीता भने गाई र त्यसको बाछोलाई यसरी नै माया गर्दथिन्। एक दिन भैंसीले आफ्नी मालिक्नी सीतासँग भन्यो- गाईको बाछोसमेत भएकाले तपाईंकी सौता गीता मसँग अलि ईर्ष्या गर्दछिन्। भैंसीका यस्ता गुनासा सुनेपछि रानी सीताले असाध्यै दुःख मानिन् र आफ्नो प्यारो भैंसीलाई खुसी पार्न गीताले छोरोसरह माया गर्ने बाछोलाई काटेर गहुँको थुप्रोभित्र छोपिन्। यस घटनाको पत्तो कसैले पाएन। दिउँसो भोजनादि ग्रहण गर्ने बेलामा जब राजा भोजन गर्न बसे, अचानक खानामाथि मासु र रगतको वर्षा हुन थाल्यो। दरबारमा चारैतिर रक्त तथा मांस देखिन थाल्यो, राजाकै भोजनपात्रमा मलमूत्र बर्सियो। यस्तो दृश्य देखेर राजा असाध्यै डराए र उनलाई ठूलो चिन्ता भयो। त्यसै समयमा आकाशवाणी भयो- हे राजन्! तिम्री रानी सीताले गाईको बाछोलाई काटेर गँहुको थुप्रोभित्र लुकाएकी छन्। त्यसै अनिष्टका कारण यी घटना घटेका हुन्। संयोगले भोलि गोवत्स द्वादशीको पुण्य दिन परेको छ, त्यसैले भोलिका दिन भैंसीलाई सहरबाट निष्काशन गरिदेऊ र गाई र मृत बाछालाई विधिपूर्वक पूजा गर। भोलि तिमीले गाईको दूध र हतियारले काटेर पकाइने फलफूल र तरकारी नखानु। यस कृत्यलाई सम्पादन गरेपछि तिम्रा र तिम्री रानी सीताका समस्त पाप नष्ट हुनेछन् र बाछो पनि बाच्नेछ।
 
राजाले आकाशवाणीबाट व्यक्त भएका सबै कुरा निष्ठापूर्वक पालना गरे र भनेजस्तै भयो। धेरै वर्षसम्म पृथ्वीतलमा शासन गरी राजा देवदानी सपरिवार मृत्युपछि गोलोकधाममा जाँदा भए।<ref>http://sajhasanskrity.blogspot.com/2012/11/govatsa-dwadashi-vrata.html</ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
==सन्दर्भ स्रोत==
<references/>