"विद्यापति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:bidhya pati.jpg|thumb|300px|[[नेपाल]]को [[हुलाक टिकट]]मा विद्यापति]]
 
 
 
==परिचय==
 
 
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्। आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ। मैथिली भाषा र साहित्यमा यिनले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ-आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर अङ्कीत गरेका छन्।
 
नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो। स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको यो आयोजना नेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घषातथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो।
==योगदान==
 
विद्यापतिले सम्पूर्णजीवन साहित्यलाई अर्पित गरे। मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहे। भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उनलाई आभाष भइसकेको थियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गंगालाभका लागि प्रस्थान गरेका थिए। अलि वाजितपुरसम्म पुग्दा उनको शक्ति पूर्णतया क्षीण भयो र अगाडि बढ्न असमर्थ भए। त्यतिबेला उनले गरेको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हो।
 
Line १२ ⟶ १७:
भनिन्छ, उहाँको भक्तिपूर्ूणावन्दनापछि गङ्गाको धार विद्यापतिसम्म घुमेर गयो र गङ्गालाभ गर्दै उनले देहत्याग गरे। वाजितपुरको त्यो स्थानमा अहिले विद्यापति नगर रेल्वे स्टेसन छ। जीवनको अन्तिम क्षणसम्म रचनाको प्रमाणका साथै यसले उनको आध्यात्मिक उच्चता पनि स्पष्ट गर्छ।
 
==कृतिहरु==
विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो। उनका रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन्। मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुर्इवटा खण्डकाव्य कर्ीर्त्तिलता र कर्ीर्त्तिपताका तथा संस्कृत-प्राकृत-मैथिलीमा गोरक्षविजय र संस्कृत-प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन्। संस्कृतमा उनले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेखेका थिए। तीमध्ये शिक्षाप्रद रोचक कथा संकलन पुरुषपरीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ। विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दुर्गाभक्ति तरङ्गनि, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड. भक्तितरङ्गनि आदि अमर कृति छन्।
 
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित