"मीरा बाई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''मीराबाई'''(सन् १५०४-१५६०) [[कृष्ण]]-भक्ति संगीतकी प्रमुख कवयित्री थिइन्। उनको जन्म भारतको [[जोधपुर]] को नजिकै मेड्ता ग्राम मा भएको थियो<ref name="Hinduism 1996, Page 144">''An Introduction to Hinduism'', Cambridge 1996, Page 144, by Gavin Flood</ref>। उनको पिता को नाम रत्नसिंह थियो। उनको पति कुंवर भोजराज उदयपुर को [[महाराणा सांगा]]का छोरा थिए। विवाह को केहि समय नवित्दै उनको पति को देहान्त भयो। पति को मृत्यु पछि उनलाई पति सँगै सती जान कर गरियो तर उनी यसका लागि तयार भइनन्। त्यसपछि संसार देखि विरक्त भएर साधु-सन्तको संगतमा हरिकीर्तन गर्दै समय व्यतीत गर्न थालिन्। केहि समय पछि उनले घर त्यागेर तीर्थाटनमा निस्किइन्। उनी धेरै दिनहरु सम्म [[वृन्दावन]] मा बसिन् र फेरि [[द्वारिका]] गइन् जहाँ उनले बाँकी जीवन व्यतित गरिन्। मीराबाईले कृष्ण-भक्ति को स्फुट पदको रचना गरेकी छन्।
 
[[File:Meera Temple, Chittorgarh Fort, Rajasthan.jpg|left|220px|thumb|चित्तौढगढ किल्लामा मीराको कृष्ण मन्दिर]] मीरा बाई (बाई भने शब्द राजस्थानी भाषामा सामान्यतय आईमाईहरुको लागि प्रयोग गरिने शब्द हो) भग्वान कृष्णकी भक्तिनीका रुपमा प्रसिधि पाएकी महिला हुन् । १२०० -१३०० प्रार्थना गरिने गीत र भजनहरु उनका नामले एकदमै प्रसिध छन्।साथै ती सँसारका धेरै भाषाहरुमा रुपान्तरण पनि गरिएका छन्।भक्तिको परम्परानुसार तिनीहरुमा खासगरी भग्वान कृष्णको प्रसँशा गरिएको छ।ऊनले आफ्ना सम्पुर्ण कविताहरुमा आफ्नो मनमा रहेको कृष्णप्रतिको अगाध प्रेमलाई देखाएकि छ्न्। साथै कृष्णको भक्ति गरेर बाँच्नुनै जीवन बाँच्ने सबैभन्दा राम्रो तरिका हो भनेर हामिलाई सँदेश दिएकी छन्।उनका अनुसार कृष्णको भक्ति गर्नाले मनका सारा इच्छा-आकाँक्षा हराउँछन् र मोक्ष प्रप्ति हुन्छ।
 
मीरा कुर्कि भन्ने गाँउमा एक राजपुत राजकुमारी को रुपमा जन्मिएकि थिइन्। उनका पिता जय सिँह अमान थिए।बाल्यावस्थामा नै मीराले एक ऋषिबाट भग्वान कृष्णको सुन्दर मुर्ति उपहार स्वरुप प्राप्त गरेकी थिइन्। केही वर्षपछि ऋषिले तिमी यसलाई राम्ररी राख्न सक्दिनौ भनेर लिएका थिए। त्यसपछि मीरा, उनको साथी ललिता र आफ्नो पर्ने भाइ जयमाल सिंह सँग मुर्ति ल्याउन ऋषिका घर गए। त्याँहा पुगेपछि उनीहरुले त्यो मुर्ति रोइरहेको र चढाइएका कुराहरु पनि अस्वीकार गरेको देखे।त्यसको अर्को दिन ऋषिले मुर्ति मीरालाई नै फर्काएका थिए र त्यसपछि त्यो मुर्ति आफ्नो जीवनकाल भरि नै मीराले आफुसँग राखेकी थिइन् ।उनले पछि त्यो मुर्तिसँग नै अफ्नो विवाह पनि गरेकी थिइन् र आफुलाई कृष्णको पत्नी मानेकी थिइन्।उनी कृष्णभक्ति गर्न आफ्नै बाबुबाट पनि प्रभावित थिइन्।उनका पिता कृष्णका ठूला पूजारी थिए।
"https://ne.wikipedia.org/wiki/मीरा_बाई" बाट अनुप्रेषित