"मुस्ताङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
पङ्क्ति २३:
'''मुस्ताङ''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्रको [[धौलागिरी अञ्चल]]को सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ। करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ।
 
यसको सदरमुकाम [[जोमसोम]] हो। यस जिल्लाको पूर्वमा [[मनाङ जिल्ला|मनाङ]], पश्चिममा [[डोल्पा जिल्ला|डोल्पा]] दक्षिणमा [[म्याग्दी जिल्ला|म्याग्दी]] र उत्तरमा [[तिब्बत]] पर्दछन्। यसको उत्तर-दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ। यो जिल्ला [[अन्नपूर्ण हिम श्रृङ्खला]]को उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ। यसको करिब करिब बिच भाग भएर [[कालीगण्डकी नदी|काली गण्डकी]] नदी बग्दछ। यस नदीलाई स्थानीय भाषामा [[थाक खोला]] पनि भनिन्छ। यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन्।
 
यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई [[लोमान्थाङ]] भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो।
पङ्क्ति ३५:
*सिमाना:- पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा म्याग्दी जिल्ला
*क्षेत्रफल: ३५७३ वर्ग किलो मिटर
*भौगोलिक विभाजन: हिमाली प्रदेश <ref name=intro>{{cite web|url=http://ddcmustang.gov.np/infopage.php?pagename=Brief_Introduction
|title=मुस्ताङ जिल्लाको संक्षिप्त परिचय | publisher='''जिविस मुस्ताङ'''}}</ref>
 
==प्रमुख नदी==
पङ्क्ति ६४:
 
==सामाजिक जनजीवन==
उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङगुरूङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास भएको पाईन्छ। गुरुङ्गुरूङ् तथा थकाली जातीहरू वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन।
===भेषभूषा एंव भाषा===
स्थानीय बासिन्दाले प्रयोगमा ल्याउने भेष भूषा र पहिरन यहाको परम्परा, मौसम तथा हवापानी अनुरूप रहेको पाईन्छ। उत्तरी भेगका पुरुषहरूको पहिरनमा खाम्से, साम्सेर, ढोचा, उनी टोपी प्रमुख रहेका छन, भने स्त्रीहरूको पहिरनमा बख्खु, होङजु, पाङदेन, किटी लगाउने गर्दछन। तल्लो भेगका थकालीहरूमा पुरुषहरूले दौरा, सूरुवाल, कोट लगाउने गर्दछन भने महिलाहरूले गुन्यू, न्होकन, टेकी, फिकी, पटुका, चोलो मुख्य पहिरन हुन। पारम्परिक गहनामा मुगाको माला, सुनको विविध गहनाहरू लगाउने गर्दछन।
उत्तरी सिमा क्षेत्र तर्फतिब्बती भाषासँग मिल्दो गुरुङगुरूङ भाषा बोलिन्छ भने दक्षिणि भेगमा थकाली भाषा बोल्ने गरिन्छ। तल्लो मुस्ताङ्ग क्षेत्रका १० गा. वि. स. हरूमा नेपाली भाषाकै प्रयोग वढी हुने गर्दछ।
===रीतिरिवाज===
जिल्लाको जातिगत विविधिताको कारण सामाजिक रीतिरिवाज र प्रचलन फरक रहेको छ। उत्तरी भेग, तिबतियन संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा छिमेकी जिल्लाको पनि केही प्रभाव परेको छ। बौद्ध धर्म बढी मान्ने हुनाले घ्याङ र गुम्बामा पूजा आजा गर्ने लामा,झुमा बस्ने परम्परा रहेको छ। छोर्तेन,म्हाने निर्माण गर्ने चलन छ। घरको र गाउको रक्षार्थ मुल ढोकामा याक, भेडाको टाउको झुन्ड्याउने, गाउको वरपर ढुंगाको धार्मिक ग्रन्थका मन्त्रहरू लेख्ने,परम्परागत म्हाने निर्माण गर्ने र हिडदाखेरी म्हानेलाई दाहिने पारेर हिडने चलन छ।
पङ्क्ति ८२:
'''तिजी'''
 
तिजी पर्व माथिल्लो मुस्ताङमा वसोवास गर्ने गुरुङगुरूङ, विष्टहरूको मुख्य पर्व हो। समान्यतया : अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान गर्ने गर्दछन्।
 
यसका अलावा वार्‍ह गाउँलेहरूको वसोवास रहेकेा मुक्तिक्षेत्रमा यार्तुङ, धच्याङ, त्हेकप, बक्छाम -(लामा नाच), फाँङगेल -(खेतीपातीको काम सिद्धिएपछि खाँदै गरिने रमाइलो र आराम) आदि चार्डपर्वहरू मनाइन्छ। यस बाहेक स्थानीय हिन्दू धर्मावलम्वीहरूले दशै,तिहार र तीज तथा हरितालिका जस्ता चाड पर्वहरू मनाउने गर्दछन।