"सङ्खुवासभा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे मिलाउँदै
सा (स्वचालित हिज्जे सम्पादन, replaced: ले → ले , । → । (32))
सा (हिज्जे मिलाउँदै)
|निर्वाचन क्षेत्र =
|अवस्थिति = [[हिमाली प्रदेश|हिमाल]] [[पहाडी प्रदेश|पहाड]]
|अग्लो उचाई =
|होंच उचाई =
|जनजातीहरू = [[बाहुन]], [[क्षेत्री]], [[राई जाति|राई]], [[भोटे]]
एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो। किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरूमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरूको नामाकरण (हटियागोला गढि बजार लोहाकोट आदि)ले पुष्टि गर्दछन्। जस अनुसार गढि तथा कोटमा शासकहरूको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो। हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरू त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन्। यस्ता गढि गोला तथा कोतहरूमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए।
 
नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघुराना लिम्वूको नेतृत्वमा गोर्खाली सेनाहरू र किराँत राज्यका कांगेसोरेको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरूले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाइन्छ। राणाकालमा यो क्षेत्र [[धनकुटा जिल्ला|धनकुटा]] गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो। त्यसताकाका वस्तीहरूलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरू दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि लिङलिङ दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे।
 
==भौगोलिक अवस्था==
राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल [[लाली गुराँस]] संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०.३१% वन क्षेत्र, ११.३७% चरन तथा झाडी क्षेत्र, २७.३९% हिम तथा जल क्षेत्र र १२.६६% भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।
 
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने सिद्धपोखरी,पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
 
यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू [[मनकामना मन्दिर|मनकामना]] मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), [[मकालु-बरूण राष्ट्रिय निकुञ्ज]], लालीगुराँस संरक्षण क्षेत्र, [[अरुण उपत्यका]], मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।
 
==प्रमुख नदी, ताल, तलैया==
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/281974" बाट अनुप्रेषित