"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: ले → ले , । → । (55)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १३:
|होंच उचाई = -
|जनजातीहरू = [[गुरूङ जाति|गुरूङ]], [[बाहुन]], [[क्षेत्री]], [[नेवार जाति|नेवार]], [[थारू जाति|थारू]], [[दराई जाति|दराई]],[[चेपाङ जाति|चेपाङ]], [[तामाङ जाति|तामाङ]]
|भाषाहरू = [[नेपाली]], [[थारू भाषा|थारू]], [[चेपाङ भाषा|चेपाङ]]
|माविसु = १२
|टेलिफोन कोड = ०५६
पङ्क्ति ४०:
 
== राप्ती उपत्यका ==
नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ। पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ। दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ। यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन। त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन। त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ। जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन। त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेकाछन। राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन। चितवन उपत्यकामा नन्द भाउजु, [[बिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन। य्हाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो। ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक बिबिधतामा धनी मानीन्छ। चितवन राष्ट्रीयराष्ट्रिय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाडौं र पोखरा पछि नेपालकै तेस्रो ठूलो पर्यटक गन्तव्य हो।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा परेको छन। पूर्वको हेटौडा बाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरे सम्म कहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।
पङ्क्ति ४८:
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालिका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौंडा नगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन। भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै [[काठमाडौं]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान]] पछिको सातौ ठूलो सहर हो।
 
त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत [[हेटौंडा नगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाडौं]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनगर (स्पष्टता)|महेन्द्रनगर]] तथा [[बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो। उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रीयराष्ट्रिय निकुन्ज]] पस्ने प्रवेशद्वार हो।
 
== सन्दर्भ सामाग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित