"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (112), ले → ले (2), तालिम → तालीम, रुप → रूप, सहिद → शहीद, हरु → हरू, सन...
सा हिज्जे मिलाउँदै
पङ्क्ति ६:
जनगणना २०५८को तथ्याङ्कअुनसार नेपालका ९९ भाषा बोल्ने तथ्य स्वीकार गरे पनि 'एथ्नोलग-२००५'ले नेपालमा १२३ वटा भाषा हालसम्म जीवित रहेको तथ्य सार्वजनिक गरेको छ। नेपाल आदिवासी भाषा विज्ञान समाजले भने नेपालमा १४३ भाषा रहेको दाबी गर्दै आएको छ। जसमध्ये ८० वटा भाषा मात्र जीवित अवस्थामा रहेको बताइएको छ। कतिपय भाषा लोपोन्मुख अवस्थामा पुगेका छन्। नेपाली मगर भाषाको अवस्था पनि करिब करिब यही अवस्थामा रहेको छ। कुनै पनि भाषा बचाउने त्यस भाषाको साहित्य नै हो। मगर भाषाको जनसङ्ख्याको तुलनामा साहित्य नगण्य अवस्थामै रहेको छ। विगतको तुलनामा यस भाषा साहित्यको पाठक केही वृद्धि भएको छ तर अझै पनि चेतनाको अभाव यथावत नै छ।
 
मगर भाषा साहित्यको प्रारम्भ काल २०१२/२०१४ सालतिर मगर समाज सुधार समिति निर्माण भएपछि २०१९ सालताका मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरद्वारा 'मगर भाषाङ लहीङ र टुक्काउ किताब' 'मगर कुराङ पि्रय टुक्का ल्हिङ' प्रकाशित भयो। त्यसपछि २०३९ सालमा केशरजङ्ग बराल मगरको 'मगर कुरा कुटजाटम ङाक्के' नामक पुस्तक प्रकाशित भयो र २०३९ सालमै यमबहादुर आलेमगरको सम्पादनमा 'सेहेचलामाङ हवाइङ' प्रकाशित भयो। मगर भाषा साहित्यमा यही पत्रिकाबाटै बिट मारेको अवस्था रहृयो। मगर जातिले बोल्ने भाषामध्ये ढुट भाषामा मात्रै साहित्यको लेखन कार्य भएको पाइएको छ। अथार मगरात क्षेत्रमा खाम्पाङ र काइके मगर भाषाको भने यस समयमा लेख्य परम्परासमेत भएको पाइँदैन। यही समय अवधि नै मगर भाषा साहित्यको प्रारम्भकाल हो।
 
'''आधुनिक काल'''
२०३९ सालबाट सुस्ताएको मगर भाषा साहित्यले २०४९ साल पछि पुनः अगाडि बढेको देखिन्छ। खासगरी लोकबहादुर थापामगरद्वारा मगरभाषा लेखेर आम मगर समुदायलाई जागरण ल्याउन हिँडेका थिए। यही कारण राज्यको चरम दमन सहन नसकेर बेपत्ता भएका मगर भाषा साहित्यका आदिकवि जितबहादुर सिजाली मगरको जीवनी प्रकाशनमा आएपछि भने मगर भाषामा लेख्ने साहित्यकारहरूमा एक किसिमको उत्साह छायो। बैरागी नाता मगरको 'छीनीकूङ पु्रङ' कवितासङरग्रह २०४८ र 'मोइओ मीराप' खण्डकाव्य यो नै मगर भाषा साहित्यमा लेखिएको प्रथम खण्डकाव्य हो। यहीँबाट मगर भाषा साहित्यको आधुनिक काल सुरु हुन्छ। २०४८ सालभन्दा पहिले मगर भाषा साहित्यमा कविता मात्रै लेखिएको पाइयो।
 
== गद्य कविता/गीत गजल ==
पङ्क्ति १५:
२०४८ सालमै झुस्या मगरको 'रङ्सीचकूङ लरहीङ' प्रकाशन भयो। त्यसै वर्ष शिवलाल थापामगरको 'ग्याहोट लख छान्नी' प्रकाशन भयो। २०४७ सालदेखि नै रोल्पाका बमकुमारी बुढामगरको सम्पादनमा 'कोन्जा मोरुम' साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन हुँदै आएको छ जसमा विभिन्न मगर भाषामा फुटकर कविता प्रकाशन हुँदै आएका छन्।
 
मगर भाषामा कवितासङ्ग्रह लेखेर प्रकाशन गर्ने अन्य कविहरूमा बैरागी नाता मगर (तनहुँ) 'छीनीकूङ पूरररुङ' (आजको कोपिला) २०४८, मोईओ मीराप (आमाको रोदन- २०४९), लीस -देश-२०६१, खड्क आलेमगर सेन टाहाके ? (कहिले पुग्ने), रुद्र हितान मगर (कास्की) 'लाङ्घाके आररमेट्नाङ' (गाउँलाई सम्झँदा-२०५०) स्व. रेखबहादुर थापामगर (नवलपरासी) 'फन्च ठलरके' (जन्मभूमिको-२०५१) सन्तोष बुढामगर 'मोई' (आमा-२०५३) सन्जोग लाफामगर (उदयपुर) 'जीव-सीम' (बाँचेर मर्नु-२०५५) रुद्र सन्देशमगर (स्याङ्जा) 'बीकोलेसा' (दुख्दो रहेछ-२०६५) झुस्यामगर (स्याङरजा) बुढा ईम (बुढो घर-२०५७) उजीर रानामगरको 'माम्याक्नी' (नबिर्स-२०५८) र ए डाजे डईको (ए दाजु दिदीहरू-२०६४) उमेश थापा हीस्की 'लाटो' मगर (रूपन्देही) 'उमेसओ सीरजनाको' (उमेशको सिर्जनाहरू-२०६१) जीतबहादुर सिन्जाली मगर (स्याङ्जा) 'लरहेसरम राहानाङ' (फर्किएर आउँदा), मीन थापामगर (तनहुँ) 'जीहरच ङऊ लीस' (तड्पिएको मेरो देश-२०६३) पूर्ण थापामगर 'ङा मगर' म मगर २०६४ (तनहूँ), मेकबहादुर पुनमगर रूपन्देही 'भड्कोड्चको' (बाँच्न चाहनेहरू-२०६४) कवियत्री मनु ठाडामगर (धनकुटा) 'काटलीसार' (एउटा कोपिला-२०६४), सहीडकूङ मानाम (शहीदको सपना-२०६५), बेग आलेमगर नाम्खान (धनकुटा) 'मीकडीयाङ फोररझोच रीकरमा' (आँसुमा उफ्रिएको कलम-२०६४) नेपाल मगर सङ्घ, जिल्ला कार्यसमिति ललितपुरले २०५३ सालदेखि आफ्नो वाषिर्क उत्सवमा जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। प्रथम जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिताका सहभागी कविताहरूको सङ्ग्रह (२०६४) प्रकाशित गरेको छ।
 
मगर भाषामा कविताहरूको सँगालो वैरागी नाता मगरको संयोजनमा मगर भाषाका आदिकवि स्व. रेख ब. थापामगरको स्मृतिमा 'मगर रीलरहीङ गोमक' मगर भाषा कविताहरूको सँगालो (२०६३) प्रकाशित छ। जीतबहादुर सिन्जालीमगर साहित्य प्रतिष्ठानद्वारा आयोजित सञ्जोग लाफामगरको संयोजनमा प्रथम राष्ट्रव्यापी मगर भाषा कविता प्रतियोगितामा सहभागी कविताहरूलाई सङ्गृहीत गरी पाहुर (कोसेली-२०६३) प्रकाशित गरिएको छ। खामपाङ मगर भाषामा रोल्पाका जीवन रोक्कामगर र तारा माझिलीको संयुक्त कविता सङ्ग्रह गिन्मी (ङाता कोस्याली २०६२) सङ्ग्रहको रूपमा प्रकाशित छ भने काईके मगर भाषामा कविता सङरग्रह प्रकाशित भएको छैन। त्यसका अलावा २०५५ सालमा रोल्पाका बमकुमारी बुढामगरद्वारा लिखित खस नेपाली भाषामा प्रकाशित कविता सङरग्रह जीतहारमा ३ वटा मगर खामपाङमा प्रकाशित छ। रूपन्देहीका मेजन पुनमगरको भटकोसरचको कवितासङ्ग्रहमा गरिएको मगर खामपाङले मगर खामपाङमा लेख्न हौस्याएको छ।
पङ्क्ति ६६:
 
==निवन्ध==
मगर भाषामा शिवलाल थापा गुरुछानकोगुरूछानको मीरीक 'निबन्धसङ्ग्रह, २०६६' प्रकाशित भएको छ। अन्य मगर निवन्धकारहरूले कलम चलाउने प्रयास गरेको देखिन्छ। लोकबहादुर थापामगर (स्याङरजा), यमबहादुर आलेमगर (तनहुँ)ले निवन्धको महìवमाथि कलम चलाएको छ। त्यसैगरी खीम थापामगर (स्याङरजा), धनसिं रानामगर (बाँके), पदरमबहादुर चितौरे रानामगर (तनहुँ), पूर्णबहादुर डिसुवामगर (नवलपरासी, प्रेमबहादुर थापा तारुङमगर (तनहुँ), सोम रानामगर (धनकुटा)ले फुटकर रूपमा निवन्ध लेखेका छन्। खाम-पाङ मगर र काईके मगर भाषामा निवन्ध सङ्ग्रह र निवन्धहरू लेखिएको छैन।
 
===चिनारी/जीवनी===
मगर भाषामा मगर व्यक्तिहरूको जीवनीलाई आधार मानेर चिनारी लेख्ने कामको सुरुवात गरिए पनि निरन्तरता हुन सकेको छैन। मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगर र स्व. रेखबहादुर थापा मगरलाई मगर भाषाका आदिकवि भनेर चिनारी गराउने उद्देश्यले लोकबहादुर थापामगरले 'मगराती ढटाङ जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापामगर' पुस्तक लेखेका छन्। विमरलीक पत्रिकामा उहाँद्वारा नै लिखित मिझार रील्हीङ्या रेखबहादुर ठापामगर बारे चिनारी लेखेका छन्।
 
===समालोचना===
समालोचना विधामा कलम चलाउनेमा यामबहादुर थापामगर (स्याङ्जा) रहेको छ। लोकबहादुर थापामगरद्वारा लिखित 'रङसीचकुङर ल्हीङर' कविता सङ्ग्रहको समालोचना हो। समालोचनाका रूपमा उनीमात्र अहिलेसम्म देखिएको छ।
 
==उखान टुक्का/गाउँखाने कथा/चुट्किला==
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित