"महानन्द सापकोटा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (11)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''महानन्द सापकोटा''' नेपाली भाषा, साहित्य, संस्कृति, शिक्षा र जनजागरणरका अग्रणी व्यक्तित्व हुन। यिनको जन्म पूर्वी नेपालको [[इलाम जिल्ला]]को इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० गते पिता रामचन्द्र र माता सरस्वतीका सन्तानका रूपमा भएको थियो ।थियो। उनको न्वारानको नाम यज्ञनिधि हो ।हो।
 
साधारण निम्नवर्गीय कृषक परिवारमा जन्मेका महानन्दको बाल्यकाल गोठालाका रूपमै बित्यो ।बित्यो। नौ वर्षमा पितृ-वियोग सहनुपरेका महानन्दले ५३ अक्षर भएको त्यसताकाको नेपाली वर्णमाला गाउँघरमै अध्ययन गरे ।गरे। महानन्द आमासँगै [[भारत]]को आसाम राज्यको जोरहाट जिल्लामा पर्ने गोरुमारामा बस्न पुगे ।पुगे। पशुपालनमा दिन बित्न थाल्यो ।थाल्यो। त्यही क्रममा एक अङ्ग्रेज शिक्षकसँग सम्पर्क भई परिवारसहित महानन्द तेजपुर पुगे ।पुगे।
 
तेजपुरपछि [[दार्जीलिङ्ग|दार्जिलिङ]]को सरकारी विद्यालयमा १६ वर्षमा महानन्द अङ्ग्रेजी अक्षर सिक्न थालेका थिए ।थिए। [[भारत]]मा रहँदा [[महात्मा गान्धी]]को असहयोग आन्दोलनमा पनि भाग लिए। देहरादुनबाट प्रकाशित 'गोर्खा संसार' नेपाली पत्रिकामा पनि उनले सम्पादनकर्मीका रूपमा र केही समय एउटा जहाज कम्पनीमा काम गरे ।गरे। देश फर्केर इलाम जिल्लाको [[करफोक]]मा बसी २००७ सालको आन्दोलनमा सक्रिय रहे ।रहे।
 
यिनीले आफ्नो जीवनको अन्तिम समयमा धनकुटाको मुगा गाउँमा बसेका थिए।
 
उनका कृतिहरू - मनलहरी (झ्यारे गीत, वि.सं. १९८०), आहुति (२००६ साल), अपुंगो (दार्शनिक कृति, २००७ साल), विशाल नेपाल (कविता, २००८ साल), अन्न, आशा, आँसु (झ्याउरे र वाणिर्क कविता, २००८ साल), हाम्रो नेपाल (गीति-कविता, २००८ साल), आँटे (कविता, २००८ साल), सुखको बाटो र नेपाल कस्तो हुनुपर्छ (लेख, २००८), हाम्रो साहित्य भाग १-५ (सम्पादन, २०१५ साल), सरिशब्द (कोश, २०२१), ध्वनीको धन्दा (भाषा, २०२०), चानचुन, नेपाली धातु परिचय, जनजिब्रो (भाषा, २०२१), खस र खस भाषा (भाषा, २०२०), नेपाली निर्वचनको रूपरेखा (भाषा, २०२७), सापकोटा निबन्धावली (निबन्ध, २०२९), नेपाली शब्द-परिचय (कोश, २०३४), हुन भने सापकोटाका अप्रकाशित कृतिहरू - नेपाली भाषा, स्त्री शिक्षा परिषद्, क्रियान्वयी व्यञ्जना, बालोपयोगी र शब्दकोष हुन् ।हुन्। [[मोरङ जिल्ला]]को [[विराटनगर उपमहानगरपालिका|विराटनगर]]मा स्थायी बसोवास गर्न आइपुगेका सापकोटा २०३५ साल असार १ गते बिते।
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपाली साहित्यकारहरू]]
[[श्रेणी:मृत नेपालीहरू]]
 
 
[[en:Mahananda Sapkota]]