'''भोटेकोशी''' नदी तिब्बतमा उत्पति भएर [[नेपाल]] प्रवेश गर्ने नदी हो ।हो। यो नदी [[सप्तकोशी]] नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ ।छ। [[नेपाल]]को मध्यमाञ्चल विकास क्षेत्र, [[बागमती अञ्चल]]को [[सिन्धुपाल्चोक जिल्ला]] अवस्थित यो नदी बन्जी जम्पका लागि पनि प्रख्यात छ ।छ।
[[काठमाडौं]]बाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोसीमा बन्जी जम्पिङ गरेर, [[तिब्बत]]को सिमानामा रहेको [[तातोपानी]]मा नुहाएर एकै दिनमा काठमाडौं फर्कन सकिन्छ ।सकिन्छ। बिहान सबेरै काठमाडौंबाट हिँड्यो भने करिब डेढ घण्टामा [[दोलालघाट]] पुग्न सकिन्छ ।सकिन्छ। दोलालघाटबाट अरू डेढ घण्टामा [[बाह्रबीसे]] हुँदै भोटेकासी बन्जी जम्पमा पुग्न सकिन्छ ।सकिन्छ। भोटेकोसीमा बन्जी जम्पको सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले ।रिसोर्टले। नेपालमा बन्जी जम्पिङको सुरुवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको हो ।हो। करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्वपूर्ण काम गर्यो ।गर्यो। करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले ।पुलले। पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा एक सय मिटरसम्म मात्र जम्प गराइन्छ ।गराइन्छ। एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लाग्छ ।लाग्छ।<ref>{{cite web|url=http://www.onlinesahitya.com/magazine/readarticle.php?AID=2556|title=भोटेकोसी र बन्जी जम्पको रोमान्स | publisher='''onlinesahitya.com'''}}</ref>