"नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), मा → मा (3)
सा स्वचालित हिज्जे सम्पादन, replaced: नजिक → नजीक
पङ्क्ति २२:
पृथ्वीनारायण शाहका अनुयायीहरू यही झ्ण्डा बोकेर एकीकरण अभियानमा निस्किएका थिए। पृथ्वीनारायणदेखि सुरेन्द्रविक्रम शाहको राज्यकालसम्म राजभवनमा चन्द्र-सूर्याङ्कित झ्ण्डा नै फहराइन्थे। प्राइममिनिस्टर जङ्गबहादुर कुँवर राणाले कास्की र लमजुङको श्री ३ महाराज पदवी ग्रहण गरेपछि आफ्नो भवनमा ध्वजा समातिरहेको सिंहको आकृति बनाएका थिए। उनका भाइ प्राइममिनिस्टर रणोद्दीपसिंह कुँवर राणाको प्रशासनकालसम्म राणा प्रधानमन्त्रीका महलहरूमा सिंह-ध्वजा नै फहराइन्थे।
 
राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्यवीरविक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वीवीरविक्रम शाहलाई सुरक्षाको बहानामा प्राइममिनिष्टर रणोद्दीपसिंहले नारायणहिटी नजिकैकोनजीकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्राइममिनिस्टर वीरशमशेर कुँवर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ।
 
वि.सं २००७मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झ्ण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झ्ण्डाको रूपमा स्वीकार गरिएको हो। विश्वरङ्गमञ्चमा आज यही झ्ण्डा विशिष्ट सानका साथ फहराइरहेको छ।