"सन यात सेन" का संशोधनहरू बिचको अन्तर

सा सम्पादन, replaced: सहिद → शहीद using AWB
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (5), मा → मा (6), जमिन → जमीन
पङ्क्ति ५:
[[File:Sun Yat-sen and Chiang Kai-shek.jpg|thumb|right|सन यात सेन]]
[[File:Sun Yat-sen 1924 Guangzhou.jpg|thumb|right|सन यात सेन]]
चीनको गोङडङ प्रान्तको जोङसानमा १२ नोवेम्बर १८६६ मा१८६६मा जन्मेका सेन चीन का प्रथम क्रान्ति नायक एवम राजनीतिज्ञ थिए| चीनको राज्यक्रान्तिका नायकहरूमा उनको नाम अग्रपङ्क्तिमा आउँछ । १२ मार्च १९२५ मा१९२५मा मृत्यु भएका डा. सन यात-सेनलाई चीनलगायत विश्वभरि नै अहिले पनि बडो आदरपूर्वक हेर्ने गरिन्छ । चीनको राजधानी बेइजिङको मुख्य भागमा उनको सालिक स्थापना गरिएको छ ।
 
उनी आफ्नो पढाइ र पेशाका कारणले पनि उदार र प्रगतिशील चिन्तन थिए । कुइङ राजाहरूको राज्यसत्ताको विरोध गर्ने र प्रजातान्त्रिक पद्धति अनुकूलको राजनैतिक सुधार हुनुपर्छ भन्ने कुरामा उनी विश्वास राख्थे ।उन्नाइसौं शताब्दीको अन्त्यतिर चीनमा पनि राष्ट्रिय पुँजीपतिहरूको क्रमिक विकास हुँदै थियो । चीनको विकासको अवरोधका रूपमा घरायसी सामन्तवाद र विदेशी शोषणले गर्दा चिनियाँ जनता कष्टपूर्ण जीवन बाँच्न बाध्य थिए । चीनको विकासका लागि चीनका राष्ट्रवादी मध्यमवर्गीय व्यक्तिहरूले आर्थिक तथा सामाजिक सुधारका माध्यमले सामान्तवादको अन्त्य गर्न चाहे तर तिनीहरूको मध्यमार्गी प्रजातान्त्रिक सत्ता ल्याउने सोच असफल भयो । संवैधानिक सुधार र आधुनिकीकरणको चाहना राख्ने क्याङ ओवी, लियाङ कुइचाओ, तान सिरोङ र यान फूजस्ता सुधारकहरूलाई कुइङ सरकारले लत्याई दियो । सन् १९९८१९९८मा मा विद्रोह कोविद्रोहको माध्यमबाट सुधारवादीहरूलाई सत्ताबाट हटाइयो र कतिलाई देश निकाला गरियो कतिलाई जेलमा कोचियो र केहीलाई भने मृत्युदण्ड पनि दिइयो ।
 
सुधारवादीहरूको असफलताले गर्दा केही क्रान्तिकारीहरूमा नयाँ चेतना आयो । शक्तिशाली साम्राज्यवादी देशहरूले चीनका विरुद्धमा डरलाग्दो आक्रमण सुरु गरे यी देशहरूको संयुक्त आक्रमणले गर्दा चीन अति नराम्रोसँग लुटियो । धेरै चिनियाँ नागरिकहरू मारिए । यसले गर्दा चिनियाँ जनताले प्रजातान्त्रिक आन्दोलन सुरु गरे । ज्याङ विङलिङ, जाउ रङ, चेन तिन्हुवा र कुई जिनसमेत नेताहरूले क्रान्तिको नेतृत्व गरे । उनीहरूले जनतालाई क्रान्तिको झण्डा उठाउन, तरबार समाउन र युद्धमैदानमा खडा भएर चीन लुट्ने साम्राज्यवादीहरू विरुद्ध उत्रन जनतालाई अपील गरे । ती क्रान्तिकारीका उद्देश्य र भनाइहरू, कामहरू बहादुरीपूर्ण बलिदानी र अनुकरणीय थिए । ज्याङ विङलिङलाई जेलमा हालियो र पछि देश निकाला गरियो । जाउ रङ एक्काइस वर्षकै उमेरमा जेलमै मरे । कुई जिनलाई शहीद बनाइयो । उनी त्यो बेला तेइस वर्षका मात्र थिए । ती क्रान्तिकारीहरू आफ्नो लक्षमा सफल नभए पनि उनीहरूले क्रान्तिलाई अग्रगति दिन सफल भए । उनीहरूले फैलाएको चेतना र प्रजातन्त्रका लागि खनेको क्रान्तिको गोरेटोले प्रजातान्त्रिक संस्था जन्माउने वातावरण बनायो ।
 
अगस्ट २०, १९०५ का दिन सन यात-सेनको नेतृत्वमा केही क्रान्तिकारीहरूले टङ मेङ हुई 'चाइनिज रिभोलुसनरी लिग' नाम गरेको चीनको पहिलो मध्यमार्गी पार्टी गठन गरे । सन यात-सेनले क्रान्ति सफल पार्न तीनवटा प्रमुख क्रान्तिहरू एकैसाथ हुनुपर्ने प्रस्ताव गरे । एकैपटक राष्ट्रिय, राजनैतिक र सामाजिक क्रान्ति गर्ने उनको प्रस्ताव थियो । चाइनिज रिभोलुसनरी लिगले क्रान्तिकारी कार्यक्रम प्रस्तावित गर्‍यो जसमा मन्चु वंशको अन्त्य, चीनको पुनर्उत्थान र गणतन्त्र स्थापना । आर्थिक कार्यक्रममा जमिनकोजमीनको स्वामित्वमा समानता भन्ने नारा थियो ।
 
सन यात-सेनले जनताका तीन सिद्धान्त अगाडि सारे जसमा राष्ट्रियताको सिद्धान्त, प्रजातन्त्रको सिद्धान्त र जनताको जनजीविकाको सिद्धान्त । यो सिद्धान्तलाई थ्री पिपुल्स पि्रन्सिपल नामले पनि चिनिन्छ । सामान्तवादी राजसंस्थाको अन्त्य र साम्राज्यवादी अतिक्रमणको अन्त्यका लागि हतियार बन्द क्रान्ति सुरु गरियो । सबै विद्रोहहरू असफल भए तर पनि क्रान्तिकारीहरूले आफ्नो धैर्य र धेय गुमाएनन् । रक्तरञ्जित विद्रोहहरू कायम नै रहे ।त्यो समयमा सम्पूर्ण चीन अभाव र अनिर्णयको बन्दी जस्तो देखिन थाल्यो । सन् १९०९ मा१९०९मा सम्पूर्ण चीनभरि १३० वटा विद्रोह भए भने सन् १९१० मा१९१०मा २९० भन्दा बढी विद्रोहहरू भए । सेनडोङमा सन् १९११ मा१९११मा थेग्न नसकिने कर र लेभी उठाएको विरोधमा कडा विद्रोहहरू भए । सन् १९११ को१९११को चीनको रेलवे राइट विद्रोहले चीनका धेरै प्रान्तलाई हल्लायो । यसको प्रभाव चीन बाहिर पनि सशक्तरूपमा फैलियो ।
 
अक्टोबर १०, १९११ को१९११को उचाङ आन्दोलनले विश्वलाई नै चकित बनायो । सन् १९१२ को१९१२को नयाँ वर्षको पहिलो दिनमा सन यात-सेनलाई नानजिङ प्रान्तको प्रान्तिय राष्ट्रपतिमा नियुक्त गरियो । त्यसै दिन गणतन्त्र चीन स्थापना भएको घोषणा गरियो । फेब्रुअरी १२, १९१२ का दिन कुइङ वंशका अन्तिम राजाले २६७ वर्षको कुइङ राजवंशको समाप्ति गर्दै राज्य त्याग गरे । चीनको दुई हजार वर्षको राजतन्त्रको इतिहास समाप्त भयो ।सन यात- सेनले एक महिना जति प्रान्तिय राष्ट्रपति हुन पाए । त्यसपछि उनलाई हटाएर युयान साहकाई नयाँ प्रान्तिय राष्ट्रपति भए । उनले कुइङ सरकारकै नीतिलाई निरन्तरता दिँदै जनविद्रोहको विपरीत काम गर्न थाले । सङ जिऔरन भन्ने एक जना क्रान्तिकारी नेताको हत्या भयो । उनी पनि त्रियासी दिनमा सत्ताच्यूत गरिए ।
 
सन. १९२५ को१९२५को मार्च १२ का दिन महान् प्रजातान्त्रिक योद्धा सन यात- सेनको मृत्यु भएपछि उनले गरेको मध्यमार्गी आन्दोलनको सोचले निरन्तरता पाएन । सन यात-सेनले चाहेको राज्य प्रणाली लागू भएन तर पनि चीन र विश्वले डा. सन यात-सेनलाई चीनको मध्यमार्गी प्रजातान्त्रिक आन्दोलनका जनकका रूपमा लिन्छ । यस अर्थमा चीनमा सन यात-सेनले चाहेको मध्यमार्गी प्रजातान्त्रिक व्यवस्था लागू हुन नसके पनि चीनमा उनलाई माओत्सेतुङ जस्तै महानतम चिनियाँ नेता गणना गरिन्छ ।
 
[[श्रेणी:इतिहास]]
"https://ne.wikipedia.org/wiki/सन_यात_सेन" बाट अनुप्रेषित