"बूढानीलकण्ठ मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन
पङ्क्ति ५:
भगवान् नीलकण्ठको प्रस्तुत शेषशायी पोखरी परिसरमा अन्य देवीदेवताका मूर्तिहरू एवं शिवलिङ्गहरू पनि छन् । सत्तल, पाटीहरूका साथ यज्ञशाला, होम कुण्डहरू पनि छन् । भगवानको दर्शन पूजन गर्नाले धन धान्यादिले परिपूर्ण हुनुका साथै स्त्री पुत्रबाट सुख सन्तोष भई अन्तमा नारायण गति प्राप्त हुन्छ भन्ने नेपाल महात्म्य, हिमवत्खण्डमा उल्लेख गरिएको छ ।
 
भगवान् बूढानीलकण्ठको मूर्ति निकै पुरानो हो । यो कुन समयमा, कसले बनाएका हुन् सो कुरा कसैलाई ज्ञात छैन । किंवदन्ती अनुसार एक जना किसानले आफ्नो खेत खन्दा उक्त मूर्तिको खुट्टाको औँलामा चोट लाग्न गई रगत समेत देखिएकाले पछि सो स्थानमा उत्खनन गरी हेर्दा उक्त विशाल मूर्ति भेटिएको हो । त्यसैगरी देवमाला वंशावलीमा राजा श्रृषभदेवले बूढानीलकण्ठको स्थापना गरेका हुन् भन्ने कुरा पनि उल्लेख छ तर उनले उत्खनन गरी जमिनमुनिबाटजमीनमुनिबाट पाएको वा कुनै शिल्पीद्वारा बनाउन लगाई प्रतिष्ठित के गरेका हुन् स्पष्ट लेखिएको छैन । विक्रम संवत् ३९८मा राजा मानदेव प्रथमले धेरै शिवलिङ्गहरूको स्थापना गरे भन्ने त छ तर नीलकण्ठबारे केही उल्लेख छैन ।
 
राजा प्रताप मल्ल बूढानीलकण्ठको उक्त भव्य मूर्तिलाई त्यहाँबाट हनुमानढोका दरबार लगी चोकमा राख्न एवं प्रतिष्ठापन गर्न चाहन्थे । यत्तिकैमा राजालाई सपनामा यो मूर्ति यहाँबाट कहीँ नलग्नु, स्थानान्तरण नगर्नु र तिमी र तिम्रा उत्तराधिकारीहरूले यो मूर्तिको दर्शन पनि नगर्नु, गरेमा अनिष्ठ हुनेछ भन्ने किंवदन्ती छ । आज सम्म हनुमानढोका दरबार परिसरमा बूढानीलकण्ठकोको प्रतिमूर्ति रहेको छ| र नेपालको गद्दिनसिन राजा लाई बूढानीलकण्ठको दर्शन वर्जित रहेको थियो|