"सीता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (13), को → को , जमिन → जमीन (5), रुप → रूप
पङ्क्ति १:
[[File:ramsita.jpg|200px|thumb|right| सीता र [[श्रीराम अवतार|राम]], [[स्वयंवर]]मा।]]
 
 
 
[[File:Sita(1).jpg|thumb|सीता]]
Line २८ ⟶ २६:
 
[[Image:Janki Mandir of Janakpur Dham(Nepal).jpg|thumb|220px|left|[[जानकी मन्दिर]], [[जनकपुरधाम]]]]
 
 
{{टेम्पलेट हिन्दूत्व}}<br />
Line ३४ ⟶ ३१:
 
'''सीता''' [[रामायण]] र रामकथामा आधारित अन्य रामायणहरुरामायणहरू जस्तै [[रामचरितमानस]] की मुख्य पात्रा हुन। सीता [[मिथिला]]को [[राजा जनक]]को सबैभन्दा जेठी छोरी थिईन। इनको विवाह [[अयोध्या]]को [[राजा दशरथ]]को ज्येष्ठ सुपुत्र [[श्रीराम अवतार|राम]] सित [[स्वयंवर]]मा [[शिव]]को धनुष भंग गरे पछि भयो।
 
भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिर् जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ । प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन् । उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन् ।
Line ४० ⟶ ३७:
== सिताको जन्म ==
 
आदर्श नारी सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपूर्ण हुनाका साथै रहस्यमयी छन् । साँच्चै भन्ने हो भने सीताका आमा, बाबु दुवै अज्ञात छन् । हुन त सीता नामले उनका बारेमा जान्नचाहनेलाई केही रहस्य उद्घाटन भने गरेकै छ । विभिन्न शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जोत्दा जमिनमाजमीनमा परेको हलोको डोब, जोतिएको जमिनजमीन, हलाको फालीबाट धर्तीमा निर्मित रेखा रहेका छन् । सीताको जन्म सन्दर्भमा यस्तै कथा पनि छ । यज्ञभूमि तयार पार्न राजषिर् जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ ।
 
सीताको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन । वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण -तमिलरामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन् ।
 
* देवी भागवतका अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान (कन्या)लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो । मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो । अद्भूतरामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो । ऋषि, तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो । तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भथ्र्‍यो । गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए । उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे । रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो । रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो । यस गर्भलाई उनले जमिनजमीन मुनि गाडिदिएकी थिइन् । राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन् ।
 
* आनन्द रामायण अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए । त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो । मिथिला भूमिमा सन्दुक गाड्ने काम चाहिँ रावणले गरेको थियो । गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्-'म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु ।' आनन्दरामायण कै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी 'पद्मा' राजा पद्माक्षरकी छोरी हुन् । पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाड मँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन् । केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरि आगामै हराएकी थिइन् । रावणले अग्निकुण्ड समेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्‍यो । सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन् । यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमिनमाजमीनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा (सीता)ले श्राप दिएकी हुन् ।
 
* कम्बरामायणका अनुसार शीरध्वज (जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् । यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन् ।
 
* अन्य किम्बदन्ति का आधारमा सीता लाई [[जनकपुरधाम|मिथिला]]का राजा जनककी छोरी भनिएता पनि [[रामायण]]का अनुशार सिताको जन्म [[रावण]]की धर्म पत्नी [[मन्दोधरी]]को गर्भबाट भएको हो।<ref>भानुभक्तीय रामायण</ref> त्रेतायुगमा [[श्रीलंका|लंका]]का तत्कालीन राजा रावणले आफ्नो ताकतको घमण्डमा पृथ्वी भरी उत्पात मचाएको थियो। रावणले प्रत्येक दिन जनताहरुबाटजनताहरूबाट कर असुलेर एक सेर सुन ल्याउने गर्थ्यो। यसरी बिथिती गरेका कारण सौनकादी ८८ हजार ऋषिहरुलेऋषिहरूले रावणको वंश नास गर्ना निमित्त सबैले आफ्नो-आफ्नो रगत अली- अली निकालेर एक पञ्चरंगी डिब्बामा एक सेरको तौल बराबर बनाएर राखे। केही दिन पछि रावण कर असुली गर्न ऋषिहरुऋषिहरू भए ठाउँ गयो। ऋषीहरुलेऋषीहरूले रगतको डिब्बा रावणलाई दिएर भने "महाराज हामीले यो डिब्बामा एक सेर सुन जम्मा गरेका छौँ। यो लिएर जानुस्।" यो सुनेर रावणले त्यो डिब्बा तराजुमा राखेर तौल गर्दा एक सेर पुरा भएकाले न खोलेरै आफ्नो घर ल्याएर आयो। रावणले सँधैको जस्तै त्यो डिब्बा आफ्नी धर्म पत्नी मन्दोधरीलाई राख्न दियो। मन्दोधरीले आज पञ्चरंगी डिब्बामा के रहेछ भन्ने बिचारले खोलेर हेर्दा रगत देखियो। मन्दोधरीले रगत रावणकी कोही अरु रानी अथवा कोही पर स्त्रीको भएको ठानेर रिसले त्यो रगत पिईन्। केही दिन पछि मन्दोधरीलाई गर्भ रहयो। मन्दोधरीको पेटमा धेरै पिडा भएका कारण रावणले ज्योतिषहरुलाईज्योतिषहरूलाई बोलाएर लक्षण हेर्न लगायो ज्योतिषहरुलेज्योतिषहरूले मन्दोधरीको गर्भबाट रावणकुलको नास गर्ने एक पुत्रीको जन्म हुने संकेत दिए। यो सुनेर रावणले मन्दोधरीको गर्भ पतन गराएर एक घडामा राखि आफ्नो पुष्पक विमानमा बसेर घडा छोड्ने उचित ठाउँ हेर्न लाग्यो। यसरी हेर्दा उसले जनकपुरमा राम्रो तलाउ देख्यो तलाउ गहिरो भएका कारण शिसु बाँच्ने सम्भावना कम भएको विश्वासले घडा तलाउमा छोड्यो। केही दिन पछि जनकपुरमा ठूलो खडेरीका कारण तलाउको पानी सुकेर गयो। यो खडेरीको निवारणार्थ राजा जनकले [[अश्वमेध]] यज्ञ निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्दा हलोको सियाबाट घडा निस्क्यो। राजा जनकले घडा खोलेर हेरे पछि कन्या शिशु भएको थाहा पाए। राजा जनकका अरु सन्तान नभएका कारण ती कन्याको पालन पोषण गरे। पछि गएर कन्याको नामकरण गरे। पहिले कन्याको जन्मको आधारमा "सिया" नाम राखे। पछि गएर "सिता" भन्ने गरियो। सितालाई "जानकी" पनि भनिएको छ।
 
सीताको जन्मसम्बन्धमा अनेक कथा रहेकाले यसै हो भन्न गाह्रो छ तर जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य छ । नेपालका राष्ट्रिय विभूतिमध्ये एक जनक हृस्वरोमाका पुत्र हुन् र जनकको पुराणप्रसिद्ध नाम शीरध्वज हो । राजा जनकको झण्डामा हलो चिहृन रहेकाले उनको नाम शीरध्वज हुनपुगेको हो । यज्ञका लागि जमिनजमीन जोत्दा फालीको टुप्पाका कारण सीता प्रकट भएकीले जनकको नाम शीरध्वज हुनपुगेको अड्कल काट्नसकिन्छ । जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो । वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख पाइन्छ । मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ । रामायण र याज्ञवल्क्यस्मृतिमा राजा मिथि अनुसार मिथिला नगरीको उल्लेख पाइन्छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको चर्चा पाइन्छ । राजाका नामबाट होस् अथवा ऋषिका नामबाट मिथिला नाम ज्यादै प्राचीन भएकोमा शङ्का रहँदैन ।
 
== वाल्यकाल र विवाह ==
जन्म नदिए पनि पालनपोषण गर्ने राजाजनक सीताका पिता र सुनयना माता हुन् ।सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला उनी सजिलै वर, पर राख्ने गर्थिन् । यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन् । स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए । रावण पनि आएको थियो तर शिवधनु हल्लाउन समेत सकेन । अयोध्याबाट आएका रामले उचाल्नासाथ भाँचिनपुग्यो र धुमधामसाथ विवाह भयो । यो बिहेको सम्झना अद्यापि गरिँदैछ । मार्गशुक्ल पञ्चमीका दिन राम-जानकी विवाह महान् अवसरका रूपमा मनाउने चलन छ । यसपालिको विवाह पञ्चमी यही मङ्सिर महिनाको २४ गते परेको छ । यसदिन नेपाल तथा भारतका श्रद्धालु भक्तजनको ठूलो मेला लाग्दछ ।
 
राजा जनकको पूजा कोठामा शिव धनुष राखिएको थियो। शिव धनुष विशाल भारी भएका कारण कोही पनि साधारण मानिसले उठाउन असम्भव थियो। सिताले संधै पूजा कोठाको सफाई गर्ने काम गर्थिन्। एक दिन राजा जनकले शिव धनुष राखेको ठाउँमा पोतेको देखेर अचम्म मान्दै सीतासँग शिव धनुषलाई कसरी सारेर पोत्यौ भनेर सोधे। सिताले पहिले धनुष उचालेर अर्को ठाउँमा राखेँ पोति सके पछि धनुष पहिले जस्तै गरी राखेको कुरा भनिन्। यो सुनेर राजा जनकले आजबाट सियाको नाम बदलेर सिता राख्नुका साथै जसले शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ त्यसै पुरुषसँग सिताको विवाह गरि दिने कुरा घोषणा गरे। एक दिन सिता बगैचामा एउटा रुखको छहारीमुनी बसिरहेको बेला रुखमा भएका सुवाको भाले पोथीहरुपोथीहरू सिताको वर्णन गर्दै थिए। उनीहरुउनीहरू एक आपसमा सिता लक्ष्मीको अवतार भएको र यिनको विवाह भगवान [[विष्णु]]को मनुष्य अवतार अयोध्या पति दरशरथका पुत्र [[श्रीराम अवतार|राम]]सँग हुने कुरा गर्दै थिए। यो सुनेर सिताले आफ्ना सखिहरुसखिहरू सँग ती पंक्षीहरुलाईपंक्षीहरूलाई समातेर ल्याउने आज्ञा दिईन्। यो सुनेर सबैले सुवाको जोडीलाई समात्ने कोसिस गर्न थाले। भाले सुवा उडेर गयो तर गर्भवती भएका कारण पोथी [[सुगा|सुवा]] उड्न नसकेका कारण सिताको सखिहरुलेसखिहरूले समातेर ल्याए। त्यस पछि सिताले रिसाएर सुवा सित "राम भनेको कोभनेकोको हो ? मेरा वुवाले मेरो विवाह शिव धनुष चलाउन सक्ने पुरुष सित गरिदिने निश्चय गरेका छन् तिमीहरुतिमीहरू जाबो पंक्षी भएर मेरो विवाह हुने पुरुषको तुलना गर्छौ" भनेर सोध्न लागिन् यो देखेर भाले सुवा आएर गर्भवती भएका कारण पोथी सुवालाई छोडि दिने बिन्ती गर्न थाल्यो। तर सिताले पोथि सुवालाई नछोडेकाले पोथी सुवाको मृत्यु भयो। त्यस पछि भाले सुवाले सितालाई गर्भवती अवस्थामा पति विछोडको श्राप दियो। त्यही सुवाको जोडीको पछि गएर अयोध्यामा धोबीको रुपमारूपमा पुनर्जन्म भयो।<ref>बाल्मिकी रामायण</ref> कालान्तरमा राजा जनकले सिताको सयम्वर गराए। अयोध्या राजकुमार रामले राजा जनकको प्रतिज्ञा पुरा गरेकाले सिताको विवाह रामसँग भयो|
 
उर्मिला, माण्डवी र श्रुतकीर्ति सीताकी बहिनी हुन् । यिनको बिहे पनि क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको हो । माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन् ।
Line ८० ⟶ ७७:
 
</gallery>
 
 
==सम्बन्धित लेखहरू==
"https://ne.wikipedia.org/wiki/सीता" बाट अनुप्रेषित