"बाबुराम आचार्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Fixing redirects |
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (3), जागिर → जागीर, removed orphan tag |
||
पङ्क्ति १:
'''बाबुराम आचार्य''' नेपालका इतिहास शिरोमणि हुन् ।
==जन्म==
Line ७ ⟶ ५:
प्रारम्भिक शिक्षा बाजे पशुपति आचार्यबाट प्राप्त गरेपछि उनले संस्कृतमा व्याकरण र ज्योतिष विषयको औपचारिक शिक्षा हासिल गरे । पछि बनारस गएर उनले उच्च शिक्षा हासिल गरे ।
==जीवन==
उनी ३२ वर्षको उमेरदेखि इतिहासको अन्वेषण गर्ने कार्यतर्फ आकषिर्त भए र आफ्नो सम्पूर्ण जीवन यही कार्यमा खर्चे । त्यो बेला देशमा राणाशासन थियो । त्यसैले इतिहास विषयमा हात हाल्नु तत्कालीन अवस्थामा खतरा मोल्नु थियो । त्यस बेला देशको इतिहास लेख्न त के, थाहा पाएको विषयमा बोल्नसमेत नहुने जमाना थियो । त्यसो भए तापनि बाबुराम आचार्यले खतरा उठाए । सुब्बा वीरेन्द्रकेशरी अज्र्यालको उपदेशअनुसार छरिएर रहेका अभिलेख, शिलालेख, वंशावली, हस्तलिखित ग्रन्थ खोज्ने पढ्ने काम उनले सुरु गरे । लुकेर रहेको उनको इतिहास विषयको रुचि र प्रतिभालाई पण्डित भगवान्लाल इन्द्राजीको नेपालको इतिहास विषयक खोजकार्यले प्रेरणा मिल्यो । वि.सं. [[१९३७]]
बाबुराम आचार्य असाधारण प्रतिभासम्पन्न तीव्र स्मरणशक्ति र प्रखर कल्पनाशक्ति भएका प्रतिभा थिए । उनको अध्ययन क्षेत्र केवल इतिहास विषयमा मात्र सीमित नभई मूर्ति, मुद्रा, नापतौल, जीवनी, धार्मिक स्थल परिचय,
शिलालेख तथा नेपालको भाषा, साहित्य आदि विषयमा उत्तिकै चलेको पाइन्छ । इतिहासको सम्बन्धमा उनी आधुनिक कालको इतिहास मात्र होइन लिच्छवि, मध्य, मल्ल तथा [[बाइसे-चौबीसे]] राज्यहरूका बारेमा पनि त्यत्तिकै ज्ञान राख्थे । कोही पनि उनीकहाँ पुग्दा निरुत्तरित हुनुपर्दैनथ्यो । जान्न चाहेको कुरा विनास्वार्थ, विनासङ्कोच सम्पूर्ण बताइदिन्थे । त्यति मात्र होइन, उनको सम्पर्क र सानिध्य पाएर कति व्यक्ति नेपालको इतिहासको खोज, अन्वेषणमा लागेको पाइन्छ ।
विश्वको सर्वोच्च शिखर [[सगरमाथा]]को नामकरण पनि उनले नै गरेका थिए । त्यसभन्दा अगाडि यसलाई पन्ध्रौँ चुली र माउन्ट एभरेस्ट नामले मात्र पुकारिन्थ्यो । आफ्नो सम्पूर्ण जीवन इतिहासको अध्ययनमा नै खर्चिंदा वि.सं. [[सन् १९९७|१९९७]] देखि आँखा धमिलिँदै गएर वि.सं. [[सन् २००८|२००८]]
[[श्रेणी:जीवनी]]
|