"इन्द्रबहादुर राई" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Fixing redirects |
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (3), मा → मा (2) |
||
पङ्क्ति ६:
वि.सं.१९८४ साल माघ १७ गते दार्जिलिङको बालासन खोलाको बगरमा जन्मिनुभएका इन्द्रबहादुर राई आफ्नो जन्मका सम्बन्धमा भन्नुहुन्छ- "मेरा बाबुआमा उक्त खोलाको पुल निर्माणको काममा खटिरहेका बेला त्यहीँ बगरमा जन्मिएको अरे" | निम्न आय भएको परिवारमा जन्मे पनि उहाँको शिक्षादीक्षामा भने कुनै कमी हुन पाएन । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएपछि प्राध्यापनमा लाग्नुभयो । पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय ई.सन्. १९६१मा आएको हो । उपन्यास चाहिँ ई.सन् १९५८ मै लेखिसिध्याएको भएता पनि तर प्रकाशित हुँदा भने ई.सं. १९६४ पुग्यो । यिनै कृतिले राईलाई चिनाए ।
उहाँ आफूलाई प्रभाव पारेका लेखक र कृतिका सम्बन्धमा भन्नुहुन्छ- " मैले त्यसबेला पढेको कितावमा ई.सन्
लीलालेखनको प्रथम आधारकृतिका रूपमा उहाँको 'कठपुतलीको मन' कथासङ्ग्रहलाई लिइन्छ । अहिलेका उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई नै उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन् । 'नेपाली उपन्यासका आधारहरू' समालोचना कृतिका लागि सन्
उहाँका सबै कृतिहरू पाठकले अब्बल ठहर्याएका छन् । अहिले भर्खरै पनि उहाँका छानिएका प्रतिनिधि कथाहरूको सङ्ग्रह निस्किएको छ नेपालबाटै । लेखकलाई त झन् आफ्ना सन्तान सबै बराबरी नै लाग्छन् तर पनि रोज्नैपर्दा लेखकले एउटालाई रोज्छ नै । उहाँ पनि पाठकीय मूल्याङ्कनलाई पछ्याउँदै भन्नुहुन्छ-पि्रय कृति यही नै एक हो भन्न मलाई गाह्रो लाग्छ । बरू पाठकले कुन कृतिलाई धेरै रुचाएको देखियो, त्यताबाट उत्तर गर्न सजिलो होला । उता भारततर्फकाले 'दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी' कृतिलाई धेरै रुचाएको पाइयो । यता नेपालतर्फ आउँदा क्याम्पसका प्राध्यापकहरूसँग कुराकानी हुँदा समालोचनाका पुस्तक ज्यादा रुचाएको पाइयो ।
पङ्क्ति १४:
तेस्रो आयामको एक अभियन्ता का रुपमा स्थापित राई का अनुसार आयामको प्रारम्भ सन् १९६३मा समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा वैरागी काइँलाको , इन्द्रबहादुर राई र ईश्वरवल्लभ तीन जनालाई भेट गराइदिनुभए पछि भएको हो । तीनमध्ये जेठो राइ त्यस बखत ३०/३१को मात्रै थिएँ । उहा का अनुसार " काइँलाले टी.एस.इलियटको किताब पढ्नुभएछ । वेन जोन्सनका बारेमा लेखेको कुराले प्रभाव पारेको हामी दुईलाई बताउनुभयो । त्यसमा तेस्रो आयाम अर्थात् लेखाइमा लम्बाई, चौडाई र मोटाई -गहनता) हुनुपर्छ भनिएको रहेछ । अनि हामी काँचा केटा पनि मोटाईको खोजीमा लाग्यौँ । त्यसैसाल काइँलालाई सम्पादक राखेर 'तेस्रो आयाम' पत्रिका निकाल्यौँ । हामी चार आयामका छौँ तर बोल्दा-लेख्दा दुई आयाम मात्र हुन्छ । त्यसैले सम्पूर्णतालाई नारा बनायौँ । 'मध्यरातपछिको सडकसित मातेको मान्छेको भाषण' कवितामा काइँलाले यही आयाम भित्र्याउनु भयो र 'बन्द कुइरोमा नानीको पाइला' शीर्षक कवितामा पूर्ण अर्थात् चारै आयामको मान्छे बन्न नानीलाई आहृवान गर्नुभएको छ वल्लभले । यो भनेको पूर्णताको खोजी हो । मान्छे कालमा, समयमा बाँचेको हुन्छ र समय एउटै छ । अविभाजित समयलाई लेख्ने प्रयास हो यो । फेरि मिथकको टेक्निक खोजी भयो साथीहरूबाट र सम्पूर्णताको खोजीमा चित्रकारहरू सहयोगी भए । दायाँ, बायाँ, तल, माथि जताबाट हेर्दा पनि चित्र फरक देखिन्छ तर रूप सिङ्गो एउटै हो । यो सम्पूर्णताको कोसिस 'क्युविजम्' हो । मनले गरेको अनुभवअनुसारको लेख्नुपर्छ । यसको मूल आधार भनेको बौद्धिकता हो ।"
तेस्रो आयामले एक किसिमको चर्चा पाइसकेपछि त्यो त्यतिकै छोडिएजस्तो भयो । उता इन्द्रबहादुर राईले यसैबीचमा लीलालेखनलाई चर्चामा ल्याउनुभयो । उहाँ नै मुख्य हुनुभएको र उहाँले नै बेवास्ता गरेर तेस्रो आयाम धरापमा परेको त होइन भन्ने
*[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=1386&cat_id=44]-नेपाली साहित्यको वारिपारिको सम्बन्ध सेतु :तुलसीहरि कोइराला
|