"देवदह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४९:
==वैरीमाई/ कन्यामाई ==
वढीमाई “मायादेवी” र कन्यामाई “प्रजापति गौतमी” को जन्मथलो मानिएको र उहाहरुकै मुर्ति सहितको मन्दिर भनी पूजा गरिने चलन यहाँ छ । तर वैरीमाई र कन्यामाई भन्नासाथ कस्मिर देखि गण्डक क्षेत्रसम्म पुजिने बडीमालिका देवीका मन्दिरहरु समेत हुनसक्ने देखिन्छ । यसै स्थानमा पदमपाणी अबलोकितेस्वरको भाचिएको विसाल प्रस्तर मुर्ति पाईएको छ । यसै ठाउँमा प्राचिन कालका इट्टाहरुको खण्डहर पनि भेतियेकोछ । यसै स्थानलाई प्राचिन धर्मग्रन्थ हरुमा उल्लेखित ब्यग्रपुर/ब्यग्रपथ (हाल बंगला/बंगाली) मानिएको छ ।
 
==भवानीपुर/देबीदमार==
बैरिमाइ कन्यामाइबाट करिब १ कि.मि. दक्षिणमा पर्ने भवानीपुर देबिदमारलाई पहिलेको देवदह भन्ने पनि चलन छ । यस ठाउमा सेंनकालिन सुर्यको मुर्ति र साथै एक पत्थरको स्थम्ब पनि छ । जसलाई मौर्य सम्राट अशोकले गाडेको लुम्बिनीपछिको दोस्रो अशोक स्तम्भ मानिएको छ र उत्खनन गरेमा यो लुम्बिनीको स्तम्भ जत्तिकै लामो हुन सक्ने अनुमान पनि गरिएको छ । माथि भाचिएकोले त्यो लामो हुन नसक्ने भन्नेहरु पनि छन् । यहाँ एक प्राचिन इनार पनि भेटिएको छ ।
 
==माथागढी==
माथागढी चुरे पहाडको टुप्पोमा भएको यो गडी अति नै ठुलो शक्तिपिठ मानिन्छ । त्यसैले यसको नाम नै माथा अर्थात माता (देबी) गढी रहेको छ । यहाँ हरेक वर्ष मेला लाग्छ र भब्य पुजा हुन्छ । यहाँ अति पुराना हातहतियार पनि छन् । यो ठाउँ कपिलबस्तु र देवदह राज्यको उत्तरापथ मार्गको द्वार थियो । यहाँ नजिकै दक्षिणपुर्बको दाउन्ने गाउमा सिन्जाका खस राजाहरुको राजधानी रहेको पनि इतिहासमा उल्लेख छ ।
 
 
 
"https://ne.wikipedia.org/wiki/देवदह" बाट अनुप्रेषित