"इटालेली समाजवादी पार्टी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''इटालियाली समाजवादी पार्टी''' [[इटाली]]मा एउटा राजनैतिक दल थियो | पार्टी सन् १८९२ मा स्थापित गरिएको थियो । पार्टीको स्थापनाकालदेखि नै पार्टीभित्र अवसरवादी तथा क्रान्तिकारी यी दुवै धाराहरूबीच तीव्र वैचारिक संघर्ष चल्न थाल्यो । सन् १९१२ म रेनो-एमिलियामा सम्पन्न भएको महाधिवेशनमा वामपन्थीहरूको जोडले युद्धका समर्थकहरू तथा सरकारसँग र पुँजीजीवीवर्गसँग सहयोगका पक्षयसमर्थनकहरू अर्थात् ज्यादै नै ठाडा सुधारवादीहरू पार्टीबाट निकालिए । [[प्रथम विश्वयुद्ध]]को सुरुदेखि र युद्धमा इटालीको प्रवेशसम्म इटालियाली समाजवादी पार्टीले युद्धको विरोध जनाएको थियो र "युद्धको विरुद्ध, तटस्थताको निमित्त !" भन्ने नारा दिएको थियो । सन् १९१४ को डिसेम्बरमा पुँजीजीवीवर्गको साम्राज्यवदी नीतिको पक्ष्यसमर्थन गर्ने र युद्धको वकालत गर्ने गद्दारहरूको एक दललाई पार्टीबाट निष्कासित गरियो । [[ऐंटेंट]]को पक्षमा इटालीले युद्धका प्रवेश गरेपछि (सन् १९१५ को मई महिना) इटालियाली समाजवादी पार्टीभित्र टड्कारो रूपमा तीनोटा धाराहरू देखापरे - पुँजीजीवीवर्गलाई युद्धमा सहायता पुर्‍याउने दक्षिणपन्थी धारा, पार्टीका बहुसंख्यक सदस्यहरूलाई एकगठ पार्ने केन्द्रवादी धारा र युद्धको विरुद्ध बढी निर्णायक स्थिति अपनाउने वामपन्थी धारा । यद्यपि यो तेस्रो धारा युद्धको विरुद्ध अनवरत संघर्षको आयोजना गर्न असमर्थ नै रह्यो । सन् १९१६ को अन्त्यमा इटालियाली समाजवादी पार्टीले सामाजिक शान्तिवादको बाटो लियो ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४८२-४८३</ref>
 
पार्टीले 'अभान्ति !' प्रकाशन गर्दैथियो | यो पार्टी [[समाजवादी इन्टरनेसनल]]संग आबद्ध थियो ।
 
पार्टीको आधिकारिकता १९९४मा सकियो |