"निबन्ध" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: te:వ్యాసము
सा हिज्जे सम्पादन, typos fixed: तत्व → तत्त्व (8) using AWB
पङ्क्ति ४:
'''निबन्ध''' शब्द अङ्ग्रेजी Essay शब्दको नेपाली रूपान्तर हो । संस्कृतको 'बन्ध' धातु धञ् प्रत्यय लागेर 'बन्ध' शब्दको व्युत्पादन हुन्छ र त्यही 'बन्ध' शब्दमा संस्कृतकै 'नि' उपसर्ग लागेपछि 'निबन्ध' शब्दको व्युत्पादन हुन्छ । निबन्ध तत्सम शब्द हो र यसले बाँध्नु भन्ने अर्थ दिन्छ । अङ्ग्रेजी Essay शब्दले पनि छरिएर रहेका भावहरूलाई एकै ठाउँमा बाँध्नु भन्ने अर्थ दिन्छ । साहित्यका सन्दर्भमा यो अर्थ साभिप्राय पनि देखिन्छ ।
 
निबन्धलाई विभिन्न विद्वान्हरूले विभिन्न किसिमले परिभाषित गरे पनि यो आख्याननिरपेक्ष गद्यरचनाका रूपमा देखिन्छ र यसको तात्पर्यगत अर्थ पनि यही हो । वैयक्तिकता निजात्मकता, आत्मप्रकटीकरण, सङ्क्षिप्तता, विषयवस्तुगत स्पष्टता, बौद्धिकता, हार्दिकता, विचारको प्रतिपादन आदि निबन्धका आधारभूत तत्वतत्त्व हुन् भने संवेदना र अनुभूतिको सहजता, भावको सघनता, तार्किकता पनि निबन्धका उपकरण हुन् ।
==निबन्धको वर्गीकरण ==
निबन्धका प्रकार यति नै हुन्छन् भनेर यसको अन्तिम र सर्वसम्मत वर्गीकरण गर्न सकिँदैन । साहित्यका अन्य विधाजस्तै निबन्ध पनि परिवर्तन शील विधा भएकाले पछिल्लो समयमा यसका नवनव प्रयोगशील रूपहरू देखिएका छन् । यस अर्थमा पनि निबन्धका प्रकारहरू तद्नुरूप परिवर्तित भइरहेको देखिन्छ । विभिन्न विद्वान्हरूले निबन्धलाई विभिन्न किसिमले वर्गीकरण गरेका छन् र त्यसका लागि आधारहरू पनि प्रस्तुत गरेको देखिन्छ । बाहृय तथा आन्तरिक तत्वतत्त्व, विषयवस्तु, भाषा, शैली, व्यक्तित्वको प्रधानता वा गौणता, आत्मपरकता, वस्तुपरकता आदि विभिन्न आधारमा निबन्धलाई वर्गीकरण गरिएको पाइन्छ । पछिल्लो समयमा देखापरेका विधाञ्जन, विधामिश्रण, विधान्तरण आदिका कारण सिर्जित नवविधा प्रवर्तनका रूपमा पनि निबन्धका नवप्रकारहरू सिर्जिएको पाइन्छ । उदाहरणका लागि राजेन्द्र सुवेदीको 'गुडबाई छोडिजानेहरूलाई' (२०६५) भित्रका सबै निबन्धमा संस्मरण, समालोचना, जीवनी, निबन्ध, नियात्रा, रिपोर्ताज आदि सबैको त्यत्तिकै उपस्थिति पाइन्छ । यस आधारमा हेर्दा निबन्धको वर्गीकरणलाई एकै किसिमले हेर्न मिल्दैन र स्थूल वर्गीकरणले मात्र पनि निबन्धलाई प्रकारीकरण गर्न सकिँदैन ! तसर्थ विभिन्न आधारमा निबन्धको सूक्ष्म वर्गीकरण गर्नु समीचीन हुन्छ । निबन्धको वर्गीकरणका लागि निम्नलिखित आधारहरू उपयुक्त हुनसक्छन् :
 
*(१) आत्मपरकता वा निजात्मकताका आधारमा,
पङ्क्ति १२९:
**२.३.७. हास्यव्यङ्ग्यात्मक निबन्ध ः
 
हास्यतत्व र व्यङ्ग्यतत्वको उपस्थिति भएका वा यी दुई तत्वतत्त्व नै प्रमुखरूपमा रहेका निबन्धलाई हास्यव्यङ्ग्यात्मक निबन्ध भनिन्छ । यस्ता निबन्धमा भाषिक कलाका माध्यमबाट हास्यास्मकता र व्यङ्ग्यात्मकताको सिर्जना गरिन्छ । अत्यन्त अनौपचारिक भाषा प्रयोग गरिने यस्ता निबन्धमा विकृति र विसङ्गतिप्रति उपहास गरेर व्यङ्ग्य गरिने हुँदा अत्यन्त आकर्षक, रोचक र प्रभावकारी हुन्छन् । हास्यतत्व र व्यङ्ग्यतत्व दुवैको सन्तुलित संयोजन भएन भने यस्ता निबन्ध प्रभावकारी हुँदैनन् । रोचक र घोचक हुनु यस्ता निबन्धको विशेषता हो । यस्ता निबन्धका मुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः
 
***(१) हास्यव्यङ्ग्यात्मक शैलीका निबन्धमा हास्यतत्व र व्यङ्ग्यतत्वको समान उपस्थिति रहन्छ र मान्छेका वैयक्तिक कमजोरीलाई पनि देखाइएको हुन्छ ।
पङ्क्ति १५२:
 
***(१) निवार्तामा पहिले वार्ताकार प्रथम पुरुषका रूपमा र वार्तानायक तृतीय पुरुषका रूपमा उपस्थित भई पछि दुवै प्रथमपुरुषका रूपमा पनि उपस्थित हुन्छन् ।
***(२) निवार्तामा निबन्ध तत्वतत्त्व र अन्तर्वार्ता तत्वतत्त्व दुवै रहे पनि मूलतः अन्तर्वार्ता तत्वतत्त्व र अंशतः निबन्ध तत्वको उपस्थिति भई अन्त्यमा अन्तर्वार्ता तत्वको निबन्ध तत्वमा अन्तर्मिश्रण र विलयन हुन्छ ।
***(३) निवार्तामा वार्तानायकको भन्दा वार्ताकारको कला, कुशलता, कल्पनाशक्ति र प्रतिभाको बढी भूमिका र महत्त्व भई वार्तासमेत निबन्धका रूपमा रूपायित हुन्छ र यसमा केहीरूपमा संस्मरणात्मकता पनि हुन्छ, आदि ।
 
पङ्क्ति १६०:
 
***(१) निसमीक्षा/निसमालोचनामा वस्तुपरक र आत्मपरक दुवै शैलीको प्रयोग हुन्छ र समीक्षा/समालोचनामा निबन्ध तत्वको उपस्थिति हुन्छ ।
***(२) निसमीक्षामा निबन्धमा समालोचना तत्वभन्दा पनि समालोचनामा निबन्ध तत्वतत्त्व बढी हुन्छ र यसै गुणले गर्दा यो सम्प्रेष्य हुन्छ ।
***(३) निसमीक्षामा विषय, कथ्य र समीक्ष्यवस्तुको ठोस नभई तरल विश्लेषण हुन्छ, आदि ।
 
पङ्क्ति १७५:
नाटक/एकाङ्कीलाई बुझाउने 'रूपक' शब्दको 'रु' र 'निबन्ध' शब्दको 'बन्ध' शब्द मिलेर रुबन्ध शब्दको निर्माण भएको हो । रूपक वा नाटकीय शैलीमा लेखिएका निबन्धलाई रुबन्ध भनिन्छ । नेपालीमा 'रुबन्ध' शब्दको सर्वप्रथम प्रयोग बालकृष्ण पोख्रेलले गरेका हुन् । रुबन्धमा रूपकीय/नाटकीय संरचना र निबन्ध तत्वको सम्मिश्रण हुनेहुँदा यस्ता रचनामा संवाद र आत्मपरकता दुवैको प्रयोग पाइन्छ । रुबन्धका मुख्य अभिलक्षणहरू यसप्रकार छन् ः
 
***(१) रुबन्धमा नाटकीय तत्वतत्त्व र नैबन्धिक तत्वको उपस्थिति रहन्छ ।
***(२) यस्ता रचनामा संवादहरूको समेत प्रयोग गरेर निबन्धलाई नाटकीयता प्रदान गरिन्छ ।
***(३) यस्ता रचनामा आत्मालापीय र वार्तालापीय दुवै किसिमको संवाद हुन्छ, आदि ।
"https://ne.wikipedia.org/wiki/निबन्ध" बाट अनुप्रेषित