"श्रेणी:नेपालको एकीकरणकाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(/* नेपाल एकिकरण मा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने ना)
कुनै सम्पादन सारांश छैन
आधुनिक नेपालको एकिकरण सत्रौ सताब्दीमा शुरूभइ अठारौ सताब्दीको शुरूवात तिर पुर्ण विराम लागेको थियो । नेपालको एकिकरण अभियानकमा हजारौ टिष्टादेखी कांगडा सम्मका नेपाली सहभागी भएका थिय त्यसैगरी हिमाली जाती देखी तराइका [[थारू]] तथा [[दनुवार]] जातीको समेत सहभागीता थिय । नेपाल एकिकरण अभियान जांहा पुग्थ्यो त्यहीका नेपाली हरू त्यसभन्दा अगाडीको बिजय अभियानका लागी सहभागी हुने गर्थे । आधुनिक नेपाल एकिकरण अभियानको उत्सर्गमा पुग्दा नेपाली हरू पस्चिममा कांगडा तथा पुर्वमा टिस्टा नदी तरेर पारी पुगेका थिए ।
 
पृथ्वी नारायण शाह ले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुंग गोरखा) मा राज्य गरिरहेको शाहवंस लाइ पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदीए । पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनी नेपाल एकिकरण अभियान बुहारी राजेन्द्र लक्ष्मी, छोरा बाहदुर शाह लगायत ले अगाडी बढाइ रहे । नेपाल एकिकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती गिर्वाण विक्रम शाहका पालमा भएको नेपाल अंग्रेज युद्ध जस्लाइ [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]] पनी भनिन्छ पछी भयो ।
 
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठुलो बिशाल नेपाल को इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पाहडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जिलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराइ तथा पाहडी भुभाग [[ब्रिटिस इस्ट इण्डिया कम्पनि]] कम्पनी सरकार लाइ सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनी त्याग्नु पर्यो । तर बृटीस ले नेपाल लाइ १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जंग वाहदुर को क्रिया कलाप बाट खुसी भएर राप्ती देखीमाहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए ।
 
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/21458" बाट अनुप्रेषित