"भूमे" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
सा Bot: Fixing redirects
पङ्क्ति ५:
भूमे भन्ने शब्द भूमी अर्थात् जमिनबाट अपभ्रम्सित भएर आएको हो | खाम क्षेत्रका मगरहरु कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन | भूमी बराहा, सिद्ध बराहा आदिको पूजा गर्नु यसका उदाहरणहरु हुन्| हरेक बर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ, साथै वर्षभरिको कामको थकान मेटाउने काम पनि हुन्छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमी माताको असार मसान्तमा पूजा गरि करिब हप्ता दिनसम्म नाँचेर धुमधामसंग मनाउँदछन् र त्यसबेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ त्यसकारण यस भूमे पर्वलाई कसै कसैले भूमे मेला भनेर पनि भन्दछन् | '''अन्न जोगाउन प्रकृतिको पूजा''' :खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ,' मगर संघ संग सम्बद्द कीर्तिमान पुन का अनुसार 'खेतीपाती गर्दा केही कीरा-फट्यांग्रा पनि मरेका हुन सक्छन् । त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ ।' बालीनालीमा कीरा नलागोस्, बाढी-पहिरोले नोक्सान नगरोस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ।
 
असार १ गते सुरु हुने भूमे महोत्सव विगतमा रुकुम, रोल्पा आदि पहाडी जिल्लामा एक महिनासम्म मनाउने चलन थियो, तर अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ । आजभोलि यो चाड तीनदेखि सात दिनसम्म मनाइन्छ । पूर्खादेखि मनाइँदै आएको यो पर्वलाई मगर समुदायले सहायक पर्व मान्छ। मगर संघ संग सम्बद्द मनबहादुर पुन का अनुसार 'मुख्य पर्व [[माघे संक्रान्ति|माघेसंक्रान्ति]] हो, त्यसपछिको पर्व भूमे नै हो । पूर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको हो। भूमे पर्वमा मगर समुदायका सबै मानिस तालमा ताल मिलाएर नाच्छन् । वर्षभरि अन्य पहिरन लगाउनेहरूले पनि यो पर्वमा मगर समुदायको पहिचान दिने पटुकी, फेटा लगाउँछन् । मगर युवायुवतीदेखि वृद्धव द्धाहरूसम्म एउटै थलोमा लहरै उभिएर एकनासले नाच्छन् । नाच्दानाच्दै दोहोरी सुरु हुन्छ मगर [[खाम कुराभाषा|खाम भाषामै]] । कसैले गत वर्ष भेटेको दिन सम्झना गर्छन्, कसैले वर्षभरि भोगेका दुःखसुखका कुरा निकाल्छन् त कसैले प्रकृति र अन्न-पानीका।पहाडी जिल्लाहरूमा महिलाले दुई दिन लगाएर जलजलाको बुकी फूल टिपेर पुरुषलाई सिउरिदिने चलन छ । पुरुषले पनि वन प्याज लिएर चौरमा छिल्ने र त्यही नाचगान गर्ने चलन छ । मगर खाम भाषामा वन प्याजलाई 'नो' भन्ने चलन छ । त्यसैले यसलाई खाम भाषामा 'नोको बाङे नाच' पनि भनिन्छ । नाचका क्रममा २२ ताल मिलाउनुपर्ने नियम हुन्छ, जसमा हात, खुट्टा र कम्मरले ताल मिलाउनुपर्छ । नाचसँगै गाइने दोहोरीमा वर्षभरका दुःखसुखका कुरा आउने गरेको घोराही १० की पूर्णकुमारी पुन बताउँछिन् ।
 
यसै क्रममा खाम मगरहरुले
==यो पनि हेर्नुहोस्==
*[[मगर जाति|मगर]]
*[[मगर भाषा]]
*[[खाम भाषा|खाम कुरा]]
 
[[श्रेणी:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/भूमे" बाट अनुप्रेषित