"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: ंड → ण्ड, शक्ती → शक्ति (2), पछी → पछि (2), अंचल → अञ्चल, बाट → बाट , संग → सँग (2), को → को
सा Bot: Fixing redirects
पङ्क्ति ४:
डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो । विकासका दृष्टीले केही पछि परेको भए तापनी क्रमश बिकसीत हुदैछ । जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनि चिनिन्छ । स्योर लगायतका अन्य साना ठूला खोला नदीहरू पनि यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अन्चल कै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर नगरपालिका|तुल्सीपुर]])रहेको यो उपत्यकामा बाणिज्य केन्द्रहरू समेत विकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुरले राप्तीका संपूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविद्यालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्याका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणिज्य केन्द्र समेत हो ।
 
बिकससिल भएर पनि राप्ती अन्चल र पश्चिम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्गसँग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पहडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यानसंग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखि सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पश्चिमी खण्डको महेन्द्र राजमार्गसंग जोडदछ । स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन ।
दुर सञ्चारमा टेलीफोन एस टि डि , आई एस टि डि तथा इमेल इन्टरनेटको सुविद्या पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुविद्या रहेको छ भने ग्रामीण क्षेत्र तिर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलित छन । दाडको बारेमा अझबढी जानकारीका लागि त्रिभुवन नगर नगर पालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अङ्ग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagar ले पनि मध्दत गर्न सक्छन ।
 
== [[देउखुरी उपत्यका|देउखुरी]] (राप्ती उपत्यका) ==
राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यका को मुख्यनदी राप्ती नदी नै हो । अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती मै मिल्दछन । दाङ उपत्यकाको पूर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ । राप्ती नदीले चिरेर गएको यो उपत्यका लाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा श्वास्थ्यको पनि विकास हुदैछ साथै [[लमही]], भालुवाङ तथा कुसुम जस्ता वाणिज्य केन्द्रको पनि विकास हुदै गइरहेको छ ।
 
== [[चितवन जिल्ला|चितवन उपत्यका]] (नरायणी पूर्वी राप्ती उपत्यका) ==
नेपालको मध्यभागमा पर्ने चितवन उपत्यकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनि भनीन्छ । पूर्वमा [[मकवानपुर जिल्ला]]को हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदी हरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यका को पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी आदी खोलाहरू प्रवाहीत हुदै राप्ती नदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला, लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन । त्यसैगरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेका छन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदी मा मिल्दछन । चितवन उपत्यकामा नन्द भाउजु, [[विस हजारी ताल]] लगायतका सानठूला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । यहांको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो । ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विविधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाण्डौ र पोखरा पछि नेपाल कै तेस्रो ठूलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अन्चल नारायणी र लुम्विनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुरमा प्रसासनीक बिभाजनमा परेको छ । पूर्वको हेटुडा बाट शुरू भइ पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पश्चिमको भूभाग लुम्विनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्लाका रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो । चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठूला नहर तथा कुला प्रणालीहरू खेतहरू सिंचित गर्न उपयो गरीएका छन । कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ ।
 
नेपालको पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवाससम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपाल कै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पूर्वी क्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने उपत्यकालाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौंडा नगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक संजालको ठूलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक, भरतपुर शक्तिखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग, टाडी विरेन्द्रनगर शक्तिखोर सडक ,भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठूला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसंग जोडीएको छ ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुविद्या यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यकामा ठूला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन । उद्योग वाणिज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालीका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौंडा नगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठूला वाणिज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा , अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जिल्लाका जनतालाई वाणिज्य सेवा दई रहेका छन । उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यका को सबै भन्दा ठूलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै [[काठमाडौं|काठमाण्डौ]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान]] पछिको सतौ ठूलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पूर्वी छेउमा अवस्थीत [[हेटौंडा नगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाडौं|काठमाण्डौ]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनग]] र [[बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देश कै प्रमुख औद्योगिकइन्डस्ट्रीयल सिटी हो । उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।
चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकीने छ ।
www.ddcchitwan.gov.np
पङ्क्ति ३६:
== [[माडी उपत्यका]] (चितवन) (रिउ उपत्यका) ==
मध्यनेपालको चितवन उपत्यका को दक्षीणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पनि भनिन्छ । यस उपत्यका को प्रमुख नदी रिउ हो । क्षेत्रफलमा सारै सानो यस उपत्यका को ठूलो भूभाग चितवन राष्ट्रीय निकुन्जमा पर्दछ पूर्व उत्तर तथा पश्चिममा चुरे पहाड दक्षीणमा सोमेस्वर पहासडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा [[चितवन जिल्ला]] अन्तर्गत पर्दछ र यहा चार वटा गाँउ विकास समिती रहेका छन । राष्ट्रीय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यका को समुचीत विकास हुन सकेको छैन । तर केही विद्यालय, उच्च माध्यामीक विद्यालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यकाको केन्द्र बसन्तपुर बजार हो । भरतपुरलाई जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यका को यातायात केही सहज भएको छ भने रिउ नदी मा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठूला खोलामा पनि पुल बनाउन बाकी नै छ । यस उपत्यकालाई पूर्व दक्षीण तीर जीतपुर ठोरी तथा भारतीय सिमा सम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ ।
== [[सिन्धुली जिल्ला|सिन्धुली]] (मरीनखोला उपत्यका ) ==
सिन्धुली उपत्यकालाई मरीनखोला खोला उपत्यका पनि भनिन्छ । वाग्मती नदी काटेपछिको पाहडी क्षेत्रको पूर्वपट्टी मरीनखोला उपत्यका शुरू हुन्छ मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र विकासका संरचना देख्न पाएको यो उपत्यका [[मकवानपुर जिल्ला]] पश्चिम तथा [[सिन्धुली जिल्ला]] पूर्वमा विभाजीत छ ।
== [[उदयपुर]] (कमला उपत्यका) ==
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित