"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: बाट → बाट using AWB
सा Bot: Fixing redirects
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपाल भएको तीन तहका अदालतहरु मध्ये '''जिल्ला अदालत''' सुरु तहको [[अदालत]] हो । प्रत्येक [[जिल्ला]]मा एक एक वटा गरी नेपाल भरिमा पचहत्तर वटा जिल्ला अदालतहरुको स्थापना गरिएको छ । ति जिल्ला अदालतहरु सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ । तर श्री ५बाट मन्त्रिपरिषद्संग परामर्श गरी कुनै जिल्ला अदालतको मुकाम जिल्ला [[सदरमुकाम]] बाहेक अन्य कुनै ठाउँमा रहने गरी तोक्न सकिबक्सनेछ भन्ने व्यवस्था छ । सोहि बमोजिम हाल [[सङ्खुवासभा जिल्ला|संखुवासभा]] जिल्लाको सदरमुकाम बाहिर [[चैनपुर (स्पष्टता)|चैनपुर]]मा जिल्ला अदालतको मुकाम तोकिएको छ ।
 
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र [[जिल्ला न्यायाधीश]] रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी संख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरु समेत रहने व्यवस्था छ । ति न्यायाधीशहरु [[न्याय परिषद]] सिफारिशमा नियुक्ति हुने व्यवस्था छ । एक भन्दा बढी [[न्यायाधीश]] भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ ।
"https://ne.wikipedia.org/wiki/जिल्ला_अदालत" बाट अनुप्रेषित