"धान" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: अंग → अङ्ग (2), अंक → अङ्क, मा → मा (3)
सा Bot: Fixing redirects
पङ्क्ति १:
'''धान''' विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम '''ओरिजा सेटिभा'''ले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै [[भारत]] र [[जनबादी गणतन्त्र चीन|चीन]]मा यसको खेती गरिन्थ्यो । धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । संसारभरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो । धानको पहिलो बीज कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै भन्न सकेका छैनन् ।
 
सम्भवत: १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको शुरुआत भयो । भारतमा हस्तिनापुर (उत्तर प्रदेश)-मा उत्खनन (१०००-७५० इसापूर्व)-को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो । जंगली धान पहिला [[बंगलादेश]], [[आसाम]], [[उड़िसा|उडिसा]] र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो । त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), [[अष्ट्रेलिया]], [[संयुक्त राज्य अमेरिका]] अनि [[स्पेन]], [[इटाली]] र [[फ्रान्स]]जस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार भयो ।
 
विकास
"https://ne.wikipedia.org/wiki/धान" बाट अनुप्रेषित